परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

गठबन्धन नभको भे एमालेहर्ले सक्ने रान!

फुटानी

चुनाको नतिजा अाम्न थाली सक्यो । अब कापी निकालेर रेडियो सुन्दै हिसाब गर्न थालिन्छ । अाँसी-हम्मर र कलम चिन्हमा अत्यधिक मत अाम्ने सम्भावना बढेर गयो । जनताको लागि अाकर्षणको केन्द्र नै हाम्रो माउवादी र माधव काम्रेसको एस पार्टीको फुल्टिनतिर थियो । भोटहाल्न जाने धेरैजसोले अाँसी-हम्मर, फुल्टिन र प्याला, छाता र हलो, विरुवा र लाठो भन्दै थिए । अाम्ने भो है अाम्ने भो । नअाउनु पनि किन ! जनताको काम जति सप्पै हाम्रो माउवादी काम्रेसहर्ले गर्देको छ । भौतिक कार्वाहीका छिटफुट घटनामा हाम्रो काम्रेसहर्को संलग्नता स्वभाविकै हो । उनार्ले भनेर हुने होर ! जे जानेको छ त्यही गरिन्छ । कि त बाक्सा साटिन्छ, कि त मान्छे काटिन्छ । खै कुरो बुझेको ? चुनाउ भरि कांग्रेसले निहुँ खोज्यो । हामीले सत्तामा राखेको विर्सिएछ । यो कांग्रेस भन्नेको फेरि ढाडको करङ गन्ने बेला भए जस्तो छ ।

एकजना कांग्रेसी मित्रले अस्ति फुनमा भने ३६ प्रतिशत एमालेको र ४६ प्रतिशत हाम्रो  कांग्रेसको भागमा मत खस्छ । बाँकी २१ प्रतिशत अरुको भागमा बाँडिन्छ । त्यसबेला मलाई झडङ्ग रिस उठ्यो र भनिदिएँ – ३७ प्रतिशत मत हाम्रो माअोवादी केन्द्रलाई झर्छ भनेर । होइन कस्तो रिस उठ्ने कुरा गर्न सकेका हुनन् ! हाम्रो काम्रेसहर्ले अस्ति शुक्रवार विहानसम्म रुकुम पूर्व र पश्चिम रुकुमा एमाले र कांग्रेसका कार्जेकर्तालाई गामबाटै लखेटे । धन भने धन, बल भने बल । मतपेटिकामा अत्यधिक मत अाँसी र हम्मरमा खसेपछि अरुको टाउको दुखेर के नाप्छ ! ३७ प्रतिशत मत हाम्रैमा दिन्छन् । महानगर मध्य भरतपुर हाम्रो र पोखरा माधव काम्रेसको उम्मेदवारले जितेपछि त्यो पनि हाम्रै भन्नु पर्ने भयो । ३३ प्रतिशत काम्रेसले ल्याउला, १० प्रतिशत एमाले, बाँकी मध्य १२ प्रतिशत नेकपा समाजवादी र बाँकी  ८ प्रतिशत अरु दलतिर बाँडिएला ।

नमस्कार है विध्वंसे काका ! होइन चुनाउ सकिएको तीन दिन भै सक्यो अब त भरतपुर, पोखरा, काठमाडौंतिरको मोटामोटी थाहा भयो होला । के भन्छन तिम्रा माउवादीका नेताहरू ? कि अब चुरिफुरी चिलिमच्वाँट भयो । रुकुम रोल्पातिर त राम्रै सिट अाउला ।

हेर भिरघरे ! हामीले यो पटक अोलीको रिसले तिमार्को पार्टी कांग्रेसलाई अत्यधिक भोट हालेकै हो । तर, कांग्रेस लुच्चा पार्टी रछ । हामीलाई ठामठाममा धोका दियो । हामीले इमान्दारी पूर्वक मत हालेर जिताएका छौ । हेर्दै जाअो तिमारूलाई हाम्रो अध्यक्ष काम्रेडले फनफनी नघुमाए त मेरो नाम विध्वंसे नै होइन ।  काठमाडौं जस्तो महानगरमा तिमारूले गठबन्धनको उपमेयरलाई भोट दिएनौ हामीले चाहिँ तिमार्को मेयरलाई दियौ । विराटनगर र अन्त पनि त्यस्तै गरे छौ । तैपनि हाम्रो माअोवादी केन्द्रको राम्रो भोट अायो । एमालेलई हराउनु थियो अाफू हारेर पनि एमालेलाई हराइयो । झापादेखि कन्चनपुरसम्म हाम्रो विजय भयो । गठबन्धन नगरेको भए हाम्रो प्रचन्न र तेरो देउवा दाइको राजनीति अोलीले समाप्त पार्थे ।

नचाहिने कुरो नगर काका ! भरतपुर महानगरमा हाम्रो कांग्रेसको सप्पै भोट छोरीलाई वइराको होइन । नत्र भने तिम्रा पड्के कसरी त्यत्रो भोट अाम्थ्यो ! ह्वाँ दमकमा राप्रपामा सप्पै मिलेर खन्याको होइन । अहिले अार तिम्लाई बाँउडे कुरा गर्न लाज लाग्दैन ?

केको लाज ! कनकाई र धुलिखेल नगरपालिकामा विद्रोही, जनकपुर उपमहानगरपालिका र भरतपुर महानगरपालिकामा विद्रोही उठाउने कांग्रेस होइन ? बरु भन काठमाडौंमा हाम्रो माधव काम्रेडको उपमेयरलाई गठबन्धनले किन त्यसरी थाङनामा सुतायो ?

काठमाडौंमा सचेत मतदाताले वालेन साह, सुनिता डंगोल जस्ता युवालाई मतदान गरेछन् । अब स्थानीय तहमा उम्मेदवार छान्दा पहुँच, पैसा र बलको भरमा होइन स्थानीय जनताले रुचाएको र योजना अनुसार काम गर्न सक्ने युवालाई छान्नुपर्छ । अर्को कुरा काका !  मतदाताले पनि नयाँ अनुहार खोज्न थालेछन् । यसलाई नेताहर्ले गम्भीरता पूर्वक सोच्नुपर्छ ।

भिरघरे दाइको कुरो ठिकै हो । पार्टीहरू प्रति युवामा वितृष्णा फैलिएको पाइयो, अबका युवा पुरानो पारा, पुरानो अनुहार, मतदान गर्ने पुरानो तरिका र पुरानो सोच भएका भाँडा -वर्तन मन पराउदैनन् भन्ने प्रष्ट भयो । डिजिटल मतदानमा जानैपर्छ । नत्र अर्को चुनावमा मतदाता संख्या झन घट्ने छ । अर्को कुरा जनताले भाषनको सुशासन होइन साँच्चैको सुशासन खोजेकाछन् ।

हेर सण्डे भतिज ! तिमारू युवाहर्को सोच हाम्रो भन्दा भिन्न छ । वास्तवमा देशको विकासकालागि युवा अगाडि बढनै पर्छ । तर, युवाले अाफूमा नेतृत्व विकास पनि गर्न सक्नुपर्छ । यो कुरा पछि गरौला बरु चुनाउको नतिजा कहाँ कहाँको अायो  कसले छलाङ मार्यौ । भन्त भिरघरे !

हाम्रो देउवा दाइलाई धेरैले पत्याएको थिएन । जब दाइले तिमार्को माअोवादी र एसको माधव नेपालहर्लाई नत्थी लगाएर एमसिसी पास गर्न र गठबन्धन गरेर कांग्रेसलाई जिताउन जुन भूमिका खेले त्यो अतुलनीय छ । प्राडो र पजेरो मात्र भन्थे अब हाम्रो दाइलाई के भन्दा रान म पनि हेर्छु । हाम्रो दाइले माउवादीलाई प्रसस्त सिट दिए र माधवको पार्टीलाई पनि अौकात भन्दा धेरै बढी देको छ । एक्ला एक्लै लढेको भा अोलीको पार्टी यी पाँचोटा पार्टीलाई पिंडालु बारी फाँडेसरि फाँड्ने रान । देखेनौ हामी पाँचोटा पार्टी मिल्दा पनि गारो परेको ! यदि गठबन्धन नहुदो हो त एक्लो एमाले गाँठे ।

गठबन्धन जोगाइ राख्न हाम्रो महान काम्रेस प्रचन्नले तिकडम नगरेको भए सबै स्वहा हुने रछ । अब प्रचन्नले २० वर्षसम्म गठबन्धनलाई तन्काउछन् ।

काका पनि वाइयात कुरा गर्छौ । अब संगिय चुनाउमा हाम्रो कांग्रेसको बहुमत अाम्छ । त्यस पछि केको गठबन्धन ! कांग्रेस अाफू एक्लै अगाडि बढने छ । लु हौ सण्डे अब लागौ उभिण्डे खोलातिर । अब कसले कहाँ कहाँ कति जित्यो भनेर टिभी हेरेर बस्नु पर्छ ।

काका जै नेपाल !

Facebook Comments