परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

ओली प्रतिष्ठानको नवौं पुरस्कार समारोह सम्पन्न : विभिन्न विधिका व्यक्तित्वहरु पुरस्कृत

काठमाडौं । ‘रुद्र–गौैरी, श्री–अम्बिका ओेली प्रतिष्ठान’ ले नवौं पुरस्कार समारोह आयोजना गरी विभिन्न विधाका मुर्धन्य व्यक्तित्व तथा संस्थाहरुलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानका अध्यक्ष गंगा प्रदास ओलीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम पूर्व प्रधानमन्त्री तथा बरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दको प्रमुख आतिथ्य र बरिष्ठ पत्रकार भैरव रिसाल तथा पूर्व मन्त्री भद्रा घलेको विशिष्ट आतिथ्यमा काठमाडौंमा सम्पन्न पुरस्कार वितरण समारोहमा विगत नौ वर्षदेखि दिइँदै आएका तीन वटा र यस वर्ष थप गरिएको एउटा गरी चार वटा पुरस्कार वितरण गरिएको थियो ।

यस वर्षदेखि शुरु गरिएको श्री श्रीप्रसाद ओली स्मृति राष्ट्रिय÷अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कारबाट नेपाल राष्ट्र बैंकका प्रथम गर्भनर काठमाडौं निवासी हिमालय शम्सेर जवरालाई पहिलो पटक पुरस्कार राशी रु. ५,००,०००/ (पाँच लाख) तथा सम्मानपत्रसहित सम्मानित गरिएको छ । विषम र प्रतिकूल परिस्थिति तथा चुनौतीहरुका बीच नेपालमा पहिलो पटक विनिमय दरको व्यवस्था गरी भारतीय मुद्राको प्रचलनलाई निरुत्साहन गरी नेपाली मुद्रालाई चलनचल्तीमा ल्याउन उल्लेख्य कार्य गरी नेपालमा आधुनिक तथा स्वतन्त्र अर्थतन्त्रको जग बसाउन आधारस्तम्भको काम गर्नुका साथै नेपालको अर्थ व्यवस्थाको संस्थागत सुधारमा योगदान पु¥याएवापत उहाँलाई यो पुरस्कार प्रदान गरिएको हो ।

विगतका वर्षदेखि दिइँदै आएको ‘रुद्रप्रसाद ओली राष्ट्रिय कृषि पुरस्कार’ बाट सुभद्रा–मदन फाउण्डेसन र चन्द्रागिरी मेशिनरी उद्योगलाई संयुक्त रुपमा प्रदान गरिएको छ । ५० भन्दा बढी जिल्लाका बालबालिकालाई समावेशी ढङ्गबाट विगत ७ वर्षदेखि खोटाङ जिल्लामा जीवन उपयोगी व्यावहारिक ज्ञानसहित व्यावसायिक कृषिलगायतका विषयमा शिक्षा प्रदान गरी श्रमप्रति सम्मान गर्ने प्रवृत्ति विकासका गर्न अनवरत रुपमा कार्य गरेवापत कृषि विज्ञ श्री मदन राईको नेतृत्वमा स्थापित ललितपुरस्थित सुभद्रा–मदन फाउण्डेसन र कृषि पेशामा यान्त्रिकरणका माध्यामबाट उत्पादकत्व अभिबृद्धि, विद्यमान अधिक श्रम तथा समय खर्चिने परिपाटीमा सुधार गर्न सानादेखि ठूला कृषि औजारसमेत उत्पादन गरी देशको कृषि क्षेत्रमा तथा अर्थतन्त्रमा टेवा पु¥याए बापत काठमाडौंस्थित चन्द्रागिरी मेशिनरी उद्योगलाई संयुक्त रुपमा पुरस्कार राशी रु. १,०१,१११/ (रु.एक लाख एक हजार एकसय एधार) तथा सम्मानपत्रसहित सम्मानित गरिएको छ ।

यसैगरी अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिकलाई पुनस्र्थापना तथा सेवा, महिलाहरुको आर्थिक सशक्तिकरण, पारिवारिक स्वास्थ्य सेवा, प्राकृतिक तथा सामाजिक प्रकोपका पीडितहरुको उद्धार, सामाजिक कुसंस्कार विरुद्धको अग्रसरताका साथै धार्मिक अनुष्ठानहरुमा पु¥याउनु भएको योगदान वापत काठमाडौं निवासी श्री युवती खड्का केसीलाई रु. १,०१,१११/(रु.एक लाख एक हजार एकसय एधार) पुरस्कार राशी तथा सम्मानपत्रसहित ‘गौरादेवी ओली स्मृति राष्ट्रिय आमा पुरस्कार’बाट सम्मानित गरिएको छ ।

विभिन्न साहित्यिक कृतिहरुको प्रकाशनसहित विगत साढे चार दशकदेखि निरन्तर नेपाली साहित्यको विकासमा क्रियाशील हुनुभई नेपाली साहित्यको श्रीवृद्धिमा उल्लेख्य भूमिका निर्वाह गर्दै आउनुभएका कवि, कथाकार, निबन्धकार, समालोचक र नाट्यकर्मी मोरङ विराटनगर निवासी विवश पोखरेललाई रु. १,०१,१११/ (रु.एक लाख एक हजार एकसय एधार) राशीको पुरस्कार तथा सम्मानपत्रसहित ‘अम्बिका ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार’बाट सम्मानित गरिएको छ ।

यस वर्ष देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार प्रतिष्ठानले स्थापनाकालदेखि रू ५१,१११÷– प्रदान गर्दै आएकोमा यस वर्षदेखि उक्त पुरस्कारको राशी बृद्धि गरी रू १,०१,१११/ प्रदान गर्ने निर्णय गरिएको तर प्राविधिक कारणले गर्दा यस पटक सम्मान तथा पुरस्कार प्रदान गर्न नसकिएकोमा प्रतिष्ठानका अध्यक्ष गंगा प्रसाद ओलीले खेद व्यक्त गर्नुभएको छ ।

समाजमा भएका अनुकरणीय कार्यहरूको प्रबद्र्धन गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको गैरनाफामूलक सामाजिक संस्था हो । वि.स. १९८८ श्रावण १६ गते शुक्रबारका दिन तेह्रथुम आठराई, छातेढुङ्गा गा.वि.स. वडा नं. ६, होडागाउँमा पिता रूद्रप्रसाद ओली र माता गौरादेवी ओलीको ज्येष्ठ पुत्ररत्नको रूपमा जन्मनु भएका समाजसेवी श्री श्रीप्रसाद ओलीको अग्रसरता तथा प्रेरणा साथै वहाँका सन्ततिहरुको स्वआर्जनबाट स्थापित यस प्रतिष्ठानका प्रमुख उद्देश्य समग्र मानव हित तथा सकारात्मक समाजिक विकासमा अनुकरणीय र उल्लेख्य योगदान पु¥याउनु हुने व्यक्ति तथा संस्थालाई सम्मान गरी समाजलाई यस्तै उल्लेख्य योगदानको लागि अभिप्रेरित गर्नु रहेको छ ।

Facebook Comments