परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

हाम्रो प्रचन्नलाई अब `रेणुको बाउ´ भन्न थाले!

फुटानी

दिमाख चक्राएर अाम्च । मनभित्र खुलदुलीको भेल उर्लिन्च । राजनीतिमा लागियो, सफल पनि भइयो । यत्रो बडेमाको गणतन्त्र पनि हाम्ले नै ल्यायौ । हाम्रो पार्टी हेर्दै रहर लाग्दो, सप्रेको, हलक्क बढेको मुला जस्तो भा थ्यो ।तर, दुखको कुरो सुमसुम्याउदा सुमसुम्याउदै जिङग्रिएर अायो । हेर्दाहेर्दै हाम्रो त्यत्रो बढेमाको माअोवादी पार्टी त खिनौटे, दुब्लो, कुपोषणले ग्रसित हुदै खुम्चिएर इत्रु स्यानो पो भयो । चुनाउका मुखमा अाफ्नो पार्टीको हाड र छाला मात्र रहेको देख्दा नराम्रोसँग चित्त फाटेर अाम्च । होइन जन्ता पनि केभाका हुनन हाम्रो नेताको त विश्वासै गर्दैनन् ।एमालेका अोलीको भासन सुन्न सप्पै वैरिन्छन् । हाम्रो नेता बोलेको सुनाम्न मान्छे सिला खोज्नुपर्छ । हामीलाई समयले पछार्यो । जन्ताले पत्याउन छाडेपछि कस्को के लाग्छ ! उनारुलाई चुनाउ लागिसक्यो । नारा र जुलुस गरेर हिडेका छन् । हामी भने चिलले भुत्ल्याएको कुखुराको चल्लो जस्तो भएर झोक्राएर बसेका छौ । 

     

हाम्रो गौरवशाली पार्टीका सदावहार अध्यक्ष, विश्व सर्वहारा वर्गका एक मात्र क्रान्तिकारी नेता, जातीयतालाई फुकाउने, वर्गलाई सुकाउने र उच्च छलाङ मार्दै `अाइस् व्रेक´ गर्न सक्ने प्रचन्नपथका प्रवर्धक काम्रेड प्रचन्नलाई अहिले हेप्न थालेका छन् । फेरि पार्टी स्यानो हुनुमा हाम्रो प्रचन्नको अभिव्यक्ति पनि एउटा कडी हो । कहिले के बोलेको छ कहिले के बोलेको छ । बोलीको ठेगान भा पो  जनताले विश्वास गर्छन् । एमसिसीकै विषयले पार्टीलाई नरामरी घाटा पुगायो । अाखेरी पास गर्नै रछ, अाफैले `एमसिसी राष्ट्रका लागि घातक हो´ भनेर किन खोक्नु ! झन त्यो पारदर्शी लगौटीले चौपट पार्यो । कसैले पत्याएको भए त मरी जाउ । त्यही एमसिसीमा ढाँटेको कारणले यतातिर चुनाउ जितेर राम्रै ठाउँमा पुगेकाहर्ले पनि हाम्रो पार्टी छोडेर एमालेतिर टाँसिन पुगे । हामीलाई छाड्दै जादै गर्दैछन् । नजाउन पनि किन ! हामी नै झिटीमिटी बोकेर कांग्रेसको रुखमा `लाई´ लागे जस्तो टासिन पुगेका छौ । खै एकखाले कांग्रेसहरू हाम्रै विरोध गर्दै छन् । 

यस्तो जटिल परिस्थितिमा हाम्रो महान गौरवशाली पार्टी, माअोवादी केन्द्रका एक मात्र अध्यक्ष काम्रेड प्रचन्न भने राष्ट्र, जनता, पार्टी र कार्जेकर्ताको नेताबाट बेस्कन विरक्तिएर `रेणुको बाउ´ मा  सिमित हुन पुगे । लत्तो छोडेपछि कसको के लाग्छ ! त्यस्तो तामझाम थियो । केहीका लागि `महान नेता´ र केहीका लागि `अाततंक´ को रुपमा जगजगी गर्नु भकै हो । त्यस्ता हाम्रा महान र प्रचन्नको नामले विख्यात बनेका व्यक्ति अहिले अाएर `रेणुको बाउ´ मात्र भए भन्दै छन् । स्थानीय चुनाउ अाइसक्यो । एक महिना मात्र बाँकी छ । चितवने कांग्रेस `रेणु र रेणुका बाउलाई जिताउने ठेक्का हामीले लेको छैन्´भन्दै जड्याहा बाहुन जस्तो परक्क बटारिएका छन् । अझ अघि बढेर यसपालि बाउ छोरीलाई नै डाडा कटाउछौ भनेर  कोकोहोलो गरेका छन् । किनारा लगाए भने रेनुको बाउको पनि राजनीति यात्र समाप्त हुन्छ ।

नमस्कार है विध्वंसे काका ! चुनाउ अाइसक्यो तिमी भने घरमै झोक्राएर बसी राछौ । उहाँ रेणुको बाउ चितवनतिर दौडीदत्त बनेका छन् । एमालेका नेता र कार्जेकर्ता चुनाउ प्रचारमा खटेका खटेइछन् । नेपाली कांग्रेस पनि लागेकै छ । माअोवादीका मान्छे भने चुनाउ प्रचारमा हिडेको देखिदैन ।

हेर भिरघरे भतिज ! कांग्रेस र  एमालेको सय चोट, हाम्रो माअोवादीको एकै चोट । जनताले हामीलाई नै रोज्ने हुन । तिमर्को कांग्रेस र सण्डेको एमालेलाई अब पत्याउदैनन् । हाम्रो माअोवादी भनेसी उल्कै मन पराउछन् । केही दिन अघि रेणुको बाउले चितवनका मान्छे गुटुङटुङ प्रवेश गराए, अन्ततिरका नि माअोवादीमै अाम्ने भनेर खुरुन्धार गरि राछन् रे । ए…झुम्री चिया बानान हौ उ… ! 

अाम्ने भन्दैछन् कि माअोवादी पार्टी छोडेर एमालेतिर जाने भन्दैछन् काका ! माअोवादीबाट जितेका हाम्रै छिमेकी गाउँ पालिका जन्जिरेको गाविस अध्यक्ष, उपाध्यक्ष र चारजना वडा अध्यक्ष पनि अस्ति विहिबारकै दिन एमाले प्रवेश गरे अरे । उता तल बाँके र वर्दियाका पनि टाप ठोकेछन् ।

हेर सण्डे ! तँ एमालेको भक्त होस् । सप्पै एमालेमा प्रवेश गरेको देख्छस् । यो भिरघरे कांग्रेसको नेता हुँ भन्छ । यदि गठबन्धन भएन भने कांग्रेस सकिन्छ भन्ने कुरो बुझ्दैन । फेरि भएन प्रधानमन्त्री देउवा पनि उस्तै बोल्ने । `एमाले पहिलाको भन्दा झन शक्तिशाली भयो´ भनेर नेपाली कांग्रेसको सभापति जस्तो मान्छेले भन्नै नहुने । रेणुका बाउले चुनाउ पछि माअोवादी पहिलो, माधवको पार्टी दोस्रो र कांग्रेस तेस्रो हुने भनेर घोषणा गरी सकेपछि त्यही लाइनमा नबोलेर अर्को लाइनमा किन बोल्नु ? 

लु चिया खाँदै गफ गर । अब चुनाउ लाग्यो । अनि भिरघरे ! पानदलेबाट  यो गाउँ पालिका अध्यक्ष को उठने निर्णय भयो ? हुन त जो उठे पनि हाम्रो एमालेले जितिहाल्छ । 

यो झुम्री पनि कन्सिरी तात्ने कुरो गर्छे । गठबन्धनबाट म उठ्छु । चुनाउ पनि सजिलै जित्छु । गठबन्धन भित्र नेता खोज्दा यो गाउँपालिका भरिमा म मात्र रछु ।

तिमी उठेर के गर्छौ बुढा ! भोट कसैले दिदैन । एमालेपछि अलि भोट भको भनेको कांग्रेसको हो । त्यो पनि छासमिसेलाई नदिने भनेर गाउँलेहर्ले निर्णय गरे अरे । यो गाउँका बाँकी रहेका माअोवादी एमालेतिर छिरी हाले । अब बाँकी तिमी हौ । कि कसो भिरघरे ? 

काकीको कुरो ठिकठिकै हो । तर, हाम्रो कांग्रेसलाई कमजोर छ भनेर नठाने हुन्छ । यहाँ मात्र होइन देशै भरि कांग्रेस पहिलो एमाले दोस्रो हुन्छ । छवटा महानगरपालिका मध्य काठमाडौं, ललितपुर, विराटनगर र वीरगंज हाम्रो कांग्रेसले जित्छ । सबैलाई थाहा भकै कुरा हो पोखरा र भरतपुर एमालेले जित्छ ।

के कुरा गर्छ यो भिरघरे ! भरतपुरमा हाम्रो माअोवादीकी रेणुले जित्छिन । यदि कांग्रेसले सहयोग गरेन भने एक्लै उठेर पनि जित्ने योजना बनी सकेको छ । चितवने कांग्रेसीको निर्णयले हुदैन । नत्र रेणुको बाउले सरकार ढाल्दिन्छन् । हाम्रो रेणुको बाउले सम्पूर्ण शक्ति भरतपुरको मेयरमा खन्याएका छन् ।  त्यो मेयर पनि नपाउने हो भने कांग्रेसलाई बोकेर हिड्नुको के फाइदा ! 

काका अब कांग्रेसलाई तिमारू चाहिदैन ।  स्थानीय निकायको चुनाउ सकिनासाथ हाम्रो देउवा दाइले प्रतिनिधिसभाको चुनाउ घोषणा गर्छन् । रेणुको बाउ हेरेको हेरै । लौ काका म त भोट माग्न हिंडे ।  

 

जै नेपाल !

Facebook Comments