परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

चितवने कांग्रेसीको चुनाव चिन्ह हँसिया-हथौडा ! 

एमाले सकियो, ओलीको बाकसमा जिरो मत आम्छ, चुनाउ पछि एमालेलाई लाल्टिन बालेर खोज्नुपर्छ, हाम्रो पार्टी भरसक पहिलो नभा पनि दोस्रो बन्छ भन्दै नेताहरू भाषन गर्छन । र, अर्कोतिर चुनाउमा जसरी पनि गठबन्धन गर्नैपर्छ भनेर कांग्रेस सामु लम्पसार परेर विन्ती बिसाउन छाडेका छैनन् । माधव नेपाल `कलमले कमाल गर्छ´ भन्छन । हाम्रो प्रचन्न `बालुवाटार नभए बालकोट छ´ भनेर देउवालाई घुर्क्याउछन् । ओलीले कार्यकर्ता बाहेक नेतालाई प्रवेश निषेध भनी सके । हाम्रा नेता भने अझै बालकोटतिर हेरेर घुटुघुटु थुक निलेर बसेकाछन् । हाम्रा नेताहर्ले यस्तो सकसपूर्ण समय भोग्छन् भन्ने लागेकै थिएन । हाम्राहर्ले कांग्रेसको बैसाखी पाएनन भने चुनाउमा गाह्रो छ । चुनाउपछि नतिजा आम्दा एमाले र कांग्रेसको नाम मात्र सुनेर बस्नु पर्यो भने हामी पश्चिमकाले उभिण्डे र पूर्वतिरकाले अधुवा खोलामा डुबेर मरे पनि हुन्छ ।

चुनावी गठबन्धन कमजोरहर्का बिचमा हुने हो । जो सक्षम छ उसले गठबन्धन-सठबन्धन गर्दै गर्दैन । हाम्रो महान काम्रेड प्रचन्नले हेत्तिनजेलसम्म गज्जबले राजनीतिक खेल खेले । अब भने उनले राजनीतिमा हरुवा खेलाडी बन्ने दिन आए जस्तो छ । तर, अझै कोसिस त गर्दै पो छन् गाँठे । हाम्रो महान नेता मान्छे त ज्याद्रै हुन । उता कांग्रेसका धनराज र गगनहर्ले कम्युनिष्टहर्को टिप्पा लेकाछन् । यता हाम्रो माओवादी र नेकपा समाजवादी भने कांग्रेसका अगाडि लम्पसार परेर `त्वमेव माता च: पिता त्वमेव´ भनेर स्तोत्र पाठ गर्दैछन् । धनराजले त हाम्रो प्रचन्न जस्तो महान मान्छेलाई `कटौरा बोकेर कहिले बालुवाटार, कहिले बालकोट धाउदै छन्´ सम्म भने । अब गठबन्धन नै भए पनि कांग्रेसी मतदाताले माओवादी र एस पार्टीलाई भोट दिन्छन् जस्तो मलाई चाहिँ लागेन । गगन लगायत कोइराला कांग्रेसहर्ले आफ्ना मतदातालाई रुखमा बाहेक अन्त भोट नहाल्ने बनाइसके ।

कांग्रेसले साँच्चै हामीसँग निहुँ खोज्दै छ । हामीसँग पहिला जस्तो शक्ति भको भए कांग्रेसलाई ठाम्को ठाम ढालिने थियो । तर, के गर्नु हाम्रो शक्ति खोसेर ओलीले लगिहाले । हाम्रो ह्याको त प्रदेशको सांसद, सचेतक नै राजिनामा दिएर तामझामसाथ एमालेतिर गए । लोभी-पापी मात्रै गए भन्न पनि मिलेन । राम्रो लाभको पद पाएर सुखभोग गरिरहेकाहरू पनि  टाप ठोके । भन्न पो नमिल्ने सबैको भन्दा सुदृढ कार्यकर्ता पङत्ति, दह्रो संगठन र विशाल पार्टी नेकपा एमालेको देखेपछि भविष्यको चिन्ता हुनेहरू उतै जान्छन् ।

हौ विध्वंसे काका नमस्कार है ! चिन्तामग्न देखिन्छौ त विसन्चो भयो कि कसो ? राजनीति कुरो सोचेको हो भने तिम्रो माओवादीमा पहिरो गयो । कार्जेकर्ता जति सप्पै हाम्रो एमालेमा आम्छन् ।

हेर ! सण्डे भतिज ! तँ जस्ता आलाकाँचा युवाले हाम्रो महान काम्रेड प्रचन्नले राजनीतिमा मार्ने उच्च छलाङ र आइस् ब्रेकको भेउ पाउनै सक्तैनौ । आर्को कुरो देउवासँग हाम्रो काम्रेडको कुरो मिलीसक्यो । चितवनमा बाउ छोरीकै `ग्यारेन्टी´ भन्ने खबर आइ सक्यो । कांग्रेसहर्ले आँखा चिम्लिएर माओवादीलाई भोट दिनै पर्छ । नत्र कंग्रेसको पनि खैरियत छैन् । अब माधव नेपालको एस पार्टीलाई पनि पोखरा र काठमाडौं महानगर पालिका भागबण्डामा दिनै पर्छ । भविष्यसम्म हाम्रो गठबन्धन अटुट रहने निश्चित भयो । तेरो एमालेले अब जिरो सिट ल्याम्ने निश्चित छ । कुनै पनि हालतमा हाम्रो प्रचन्नले छोड्नेवाला छैनन् ।

नमस्कार है काका ! कसले छोडनेवाला छैन भन्दै छौ काका ! माओवादीले पहिला कसलाई छाडेको थियो र । तर, यसपालिदेखि तिमार्ले धेरै कुरा छाड्दै छौ ।

हेर भिरघरे ! तँ जस्ता राजनीति विश्लेषक प्रचन्नका अगाडि धेरै फेल खाए । अब आउने जेठ २ गते भरतपुर महानगर पालिकाको मतगणना भईसक्छ । त्यसपछि तँ जस्ता चकित हुने गरी हाम्रो हँसिया-हथौडामा कांग्रेसले भोट हालेको अनुभव गर्ने दिन आम्छ ।

काका ! यो त तिम्रो दिवास्वप्न हो । यसपालि पनि भरतपुरका कांग्रेसले हँसिया-हथौडामा भोट हाल्ने हो भने उनीहरू माओवादीकै कार्जेकर्ता हुन्छन् । लगातार १० वर्ष अर्काको चुनाउ चिन्नमा पनि कसैले भोट हाल्छ ? यदि अर्काको चुनाउ चिन्नमा भोट हाले भने तिनारू कांग्रेस होइनन् । प्रत्येक पार्टीको आफ्नै सिध्दान्त हुन्छ, विचार र लक्ष हुन्छ, आआफ्नै चुनावी घोषणा पत्र हुन्छन् । त्यही अनुसार विाचार बनाएर व्यक्तिले पार्टी रोजेको हुन्छ । अनि कसरी अर्काको पार्टीलाई भोट हाल्नु ?

हाल्नुपर्छ । हाम्रो प्रचन्नले देउवालाई बोलाई बोलाई प्रधानमन्त्री बनार सत्तासवार गराएपछि त्यसको साँवा ब्याज तिमरू कांग्रेसीले तिर्नुपर्छ । कि कसो सण्डे भतिज !

तिम्रो कुरो त ठिकै हो काका ! तर, कांग्रेसीहरू ५ वर्ष अघिका जस्ता छैनन् । आफ्नो चुनाउ चिन्न रुखमा छाप हान्न नपाए सूर्य चिन्नमा मतदान गर्छौ भन्न थाली सके । कि कसो भिरघरे दाइ !

हेर सण्डे भाइ ! रुखमा भोट हाल्न पाम्ने ठाममा कांग्रेसीहरू भोट हाल्न जान्छन् यदि रुखमा भोट हाल्न नपाम्ने ठाम छ भने घरको काम गरेर कांग्रेसीहरू बस्छन । यसपालि अर्काको चुनाउ चिन्नमा भोट हाल्न कांग्रेसीहरू जादैनन । माओवादी र माधव नेपालको एस पार्टीले कांग्रेसी भोटको फिटिक्कै आश नगरे हुन्छ । कांग्रेसी कार्जेकर्ताको देशै भरि यही खालको अघोसित भावनात्मक निर्णय भै सकेको छ । कांग्रेसको चुनाउ चिन्न हँसिया-हथौडा र कलम होइन रुख हो ।

निहुँ खोज्ने कुरो नगर भिरघरे । यस्तो कुरा सुन्दा मेरो कन्सिरी तातेर आम्छ, टुप्पीबाट धुवाँको मूस्लो छुट्छ । अहिले हाम्रो अवस्था नाजुक भाको बेला कांग्रेसले पूर्ण सहयोग गरेर धेरैजसो ठाममा हँसिया-हथौडामा भोट हालेर माओवादीलाई जिताउनै पर्छ । नत्र….!

नत्र के ! चितवनका कांग्रेसी माओवादी कार्जेकर्ता हुनर हँसिया-हथौडामा भोट हाल्ने ? यस्ता वाइयात कुरा सुनेर बसिदैन । लौ हिड सण्डे बरु उभिण्डेतिर बल्छी खेल्न जाम । लौ काका !

जै नेपाल !

 

Facebook Comments