परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

अोलीका रिसले भड्डु कुच्याएपछि…!

फुटानी

हाम्मा पनि इतिहास थिए । १० वर्षे `जनयुद्ध´को अाफैले पहिरेको यमानको फेटा थियो । `राष्ट्र र जनताका लागि´ भन्दै `चन्दा देखि धन्दासम्म, खुकुरी देखि डण्डासम्म´ चलाएकै थियौ । गाउँका विरोधीको `माथिजाने भिसा´हाम्रै हातमा थियो । भूमिगत अवस्थाबाट बाहिर अाम्दा टन्न धन सम्पति लिएरै प्रकट भएका थियौ । २०६४ सालको संविधानसभाको चुनापमा हाम्मो महान काम्रेड प्रचन्नले भने जस्तै `मत पेटिका साटेर, ताल्चा काटेर, सुरक्षा निकाय मिलाएर, मासु र रक्सी पिलाएर´ गज्जबले जितेकै थियो । अहिले पनि हाम्रा उनै महान राष्ट्रनायक, विश्व सर्वहारा वर्गका एकमना नेता, फुरुङ्ग मनका धनी काम्रेड प्रचन्नले अबको `चुनाउमा सबैभन्दा ठूलो पार्टी हाम्मै एमाअोवादी बन्ने´अाश लाग्दो ठोकुवा गरे । त्यो पनि अाफूलाई प्राप्त विस्वस्त सूचना अनुसार भन्दै स्थायी कमिटी बैठकमै गोप्य रुपमा त्यस्ता असल कुरा खुसुक्क सुनाएका हुन । चुनाउ हो घचाकघुचुक गर्न पाइयो भने सबै ठाउँ सर्लक्क जितिन्छ ।

यता हाम्मा काम्रेडहर्ले `अर्ली इलेक्सन´ को कुडा उप्काएका छन् । कुडो राम्मो हो । तर, सर्वोच्चको फैसलाले ऐठन गराम्छ । फेरि भएन चुनाउमा कांग्रेसले साथ दिएन भने हामी त तराईतिर भने जस्तो `गेल भैंस पानी मे´ भै जान्छौ । बडो अप्ठ्यारो अवस्था छ । यता फर्कियो एमाले, उता फर्कियो कांग्रेस । गाउँघरमा हाम्मो पार्टीको कुडो कन्थो नाई एमाले र कांग्रेसको मात्र कुडो गर्छन् । उहाँ काठमाडौंमा भने चुनाउको कुडो अायो कि फुलेल भएर `भरसक पहिलो नत्र दोस्रो त पक्का´ भनेर हाम्मो काम्रेड रमाइलो गर्छन् । अरुलाई सुनाउन पो नहुने `मनको वह कसैलाई न कह´ भने जस्तो छ । फेरि एमसिसी नगिजोलेको भए पनि ठिकै थियो । हाम्माहरू राम्रै राष्ट्रवादी र क्रान्तिकारी भै टोपले । अोलीले जस्तो बेलामा राष्ट्रवादी हुन सक्नु पर्छ, कुबेलाको ट्यार्रट्यार्रको महत्व नै रहदैन ।

हामी टाढा बस्ने कार्जेकर्ताहर्ले `हाम्मो प्रचन्न महान, नेपालको राजनीतिलाई चलायमान बनाई राख्ने एकमात्र सफल व्यक्ति´ भन्न बाहेक अरु के नै लछार्पाटो लाम्छौर ! कार्जेकर्तालाई पम्पु भरेर भा पनि फुलाउन र भुलाउन सक्ने खुवी हाम्मो प्रचन्नमा छ । तर, चुनाउ पछि पो के हुने हो पत्तो नाई । कांग्रेसले हप्काएर दासको जस्तो व्यवहार देखाउदै छ । जे गरे पनि अहिले सहनु पर्ने अवस्थामा हामी छौ । त्यो धनराज र गगन भन्ने कांग्रेसको नेताहर्ले `चुनाउमा कम्युनिष्टहर्लाई बोकेर हिड्न सकिदैन´ भनेर प्याच्चै भन्यो । जे भने नि सहनै पर्छ । फ्याट्ट जवाफ दिने ठाममा हामी छैनौ ।

नमस्कार है काका काकी ! अनि हौ विध्वंसे काका ! खबर खाबर केछ ? झोक्रार बसीरा छौ त ।  तिमी पनि दार्शनिक  बन्छौ होला ! पहिला प्रचन्नले विश्वकै लागि काम लाग्ने भनेर `प्रचन्न पथ´ बनाको हल्ला गरेका थिए । अब तिमी चाहिँ ब्रह्माण्डकै लागि काम लाग्ने `विध्वंस पथ´भन्ने विचार निर्माण गर ।

वाइयात कुरा नगर है भिरघरे ! हाम्मो प्रचन्न नभेको भे तिमार्को कांग्रेस पनि यतिन्जेल सकिने थियो । अहिले सरखारको नेतृत्व पाका छौ । नत्र हाम्मो डोल्पाको उभिण्डे र झापाको अधुवा खोलाको पानीले मुख धुदै कमण्डलु बोकेर हिडने थियौ । अब बडेर कुरो नगर । स्थानीय चुनाउ भन्दा अगाडि प्रतिनिधिसभाको चुनाउ हुने भयो । गठबन्धनले मलाई टिकट दिन्छ जस्तो छ ।  तिमार्को कांग्रेसको भोट पनि मैले नै पाम्ने भएँ । हाम्मो प्रचन्न र माधवले `अर्ली इलेक अझ माधव काम्रेडले त अहिले पनि अोलीले अाफूहर्लाई सदनमै टिक्न नदिने गरी `डोमिनेट´ गरेको, हेपेको, ताडना दिएको हुदा प्रतिनिधिसभा विघटन गर्नैपर्छ । सण्डेले पनि सुनिस् होला नि !

सुने काका ! उनको अासय पनि स्थानीय चुनाउ भन्दा अघि नै प्रतिनिधिसभाको चुनाउ भए गठबन्धनेहर्ले साथ दिने थिए र, १/२ सिटमा भा पनि चुनाउ जित्ने थिएँ भन्ने नै हो । तर, जति बल गरे पनि नेकपा एस पार्टी पहिलो नबन्ने भयो । तिम्रो प्रचन्नले अाफ्नै पार्टी चुनाउमा पहिलो बन्ने घोषणा गरिसके । हाम्मो एमालेलाई तेस्रो र कांग्रेसलाई चौथोसम्म बन्न दिन्छन् कि भन्ने छ । नेकपा एस चाहिँ दोस्रो बन्ने भयो ।

ठिक भन्यो है सण्डे भाइले ! अहिले पनि अाकर्षणको केन्द्रमा प्रचन्न र माधव नै छन् । एमाअोवादी र नेकपा समाजवादीमा प्रवेश गर्नेहर्को पनि  लर्को लागेको छ । स्थानीय निर्वाचनमै जनताले देखाइ दिने निर्णय गरेका होलान । गफै त हो विध्वंसे काका ! जे बोले पनि भयो । `नमच्चिने पिङको सय झड्का´ भनेको यही हो ।

हो नि भिरघरे ! `अाफू छ छारमा खुट्टा टेक्छ भारमा´ भन्थे बुढापाका, प्रचन्नको अवस्था ठ्याक्कै त्यस्तै छ । अब त अाफ्नो पार्टीको दयनीय अवस्था हेरेर चेत्नु नि । अनि यी हाम्रा बुढा जस्ता स्वाँठ कार्जेकर्ता भएपछि माअोवादी पार्टीमा कसरी उभो लाग्छ !

बढी नबोल झुम्री ! प्रचन्नले जे बोल्छन् त्यो पुरा भएरै छाड्छ । तँ अोली भक्तहर्लाई धुलो चटाउने दिन अाम्दै छ । हाम्मो काम्रेडहरू गाम-गाम वैरिएपछि एमाले र कांग्रेसको रुवावासी हुन्छ । दोटै पार्टीको सप्पै कार्जेकर्ता एमाअोवादीतिरै अाम्छन् । पूर्व झापादेखि पश्चिम दार्चुलासम्मका कांग्रेस र एमालेका कार्जेकर्ता माअोवादीमा वैरिएपछि तिमारू त रमिते ।

अलि होइन होला हौ काका ! तिमारूको पार्टीबाट चुनाउ जितेकाहरू एमालेतिर हुलबाँधेर प्रवेश गरेको खबर अाम्दै छ । प्युठान, पोखरा, वीरगंज, मोरंगलगायतका ठामबाट अोलीले एमालेमा प्रवेश गराए अरे । अरु त अरु मोरंग जिल्लाभरिमा रंगेली नगरपालिकामा एमाअोवादीले मेयरलगायत पद जितेको थियो तीहरू पनि एमालेमै प्रवेश गरेछन् । माअोवादीबाट पालिकाहरूमा विजयी अाधा जति प्रमुख गए । काका ! माअोवादी त `इदम समाप्त उदम समाप्त´ पो भयो । अोलीको रिसले भान्साको भड्डु कुच्याउनेहरू समाप्त हुने भए।

मनपरी नबोल भिरघरे ! कांग्रेस भर अोलीको प्रशंसा गर्छ । यस्तो कुरा सुन्दा मेरो पारा चढेर अाम्छ । त्यसमा पनि अोलीको प्रशंसा सुनेपछि अाफ्नै खप्पराँ मुङग्रोले बजार अात्माहत्या गर्न मन लागेर अाम्छ । हाम्मो जस्तो ठूलो पार्टीमा अाम्ने जाने क्रम चलीरहन्छ ।

हो नि काका ! तिम्रो ठूलो पार्टीले यसपालिको चुनाउमा खालो सार्छ जस्तो छ । जुन गोरुको सिङ छैन उसैको नाम तिखे । तिमी यस्तै कल्पना गर्दै बस । सण्डे र म भने लाग्यौ अब उभिण्डे खोलातिर !

 जै नेपाल ।

Facebook Comments