परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

गठबन्धनमा चमेराको दुर्गन्धे फोहोर !

नेकपा एमालेले छ महिना अघिदेखि सदन अवरुध्द गर्दै अाएको छ । उसले अाफ्नो पार्टीबाट निष्कासित १४ जना सांसदलाई पद मुक्त गर्नु पर्ने माग राखेर संसदमा विरोध जनाएको हो । सभामुख अग्निप्रसाद सापकोटाले एमाअोवादीले पार्टीबाट कारवाही गरेका सांसदलाई तुरुन्त कारवाही गरेर निष्कासन गर्नु भयो भने एमालेले कारवाही गरेकाहरूलाई निष्कासन गर्नु भएन । मुख्य रुपमा यही विषयले एमालेलाई संसदका कारवाहीमा भागलिनबाट रोकेको हो । अब पनि यो सदन सुचारु रुपमा चल्न सक्ने अवस्था निर्माण भएको छैन । कि त सभामुखले राजिनामा दिनु पर्ने कि त माधव नेपालसहित १४ जना सांसदलाई निष्कासन गर्नु पर्ने एमालेको माग निरन्तर यथावत् रहेको छ ।  संसद्को सबैभन्दा ठूलो दलले अवरोध खडागर्दै सदन चल्न नदिएपछि कि त उसको माग पुरा गर्नुपर्छ, कि त प्रतिनिधिसभा विघटन गरिनुपर्छ, होइन भने वर्तमान सरकारले राजिनाम गर्नुपर्छ । यो बाहेक अर्को विकल्प वर्तमान गठबन्धन सरकारसँग छैन ।

अहिले अाएर माधव नेपाल र पुष्पकमल दाहाल `प्रतिनिसभाको अर्ली इलेक्शन´ भन्दै हुनुहुन्छ । उहाँहरू स्थानीय चुनावदेखि तर्सिएर संसद भंग गर्ने र काङग्रेसको साथ पाए पुन प्रतिनिधिसभा सदस्य बन्ने उपक्रममा हुनुहुन्छ । स्वभाविक हो शक्ति क्षिण भएपछि, जनताले विश्वास नगरेपछि, संगठित कार्यकर्ता नरहेपछि र विश्वास जित्न नसकेपछि जसले पनि अर्काको भर पर्नुपर्छ । तर, `प्रतिनिधिसभाको अर्ली इलेक्शन´ भनेर जोसुकै उफ्रिए पनि एमालेले नचाहेसम्म प्रतिनिधिसभा भंग हुन सक्तैन । किन कि एकातिर अदालतको फैसला छ भने अर्को तर्फ संसदको दुईतियाईले भंग गर्न सक्ने अवस्था देखिन्छ । तसर्थ ठोकेर भन्न सकिन्छ - बैशाख ३० गते स्थानीय तहको निर्वाचन भई सकेपछि एमाले र नेपाली काङग्रेस लगायतका दल मिलेर `प्रतिनिधिसभाको अर्ली इलेक्शन´ गर्नेछन् । यदि ठूला दलको चाहना भएन भने समय पुगेपछि मात्र चुनाव हुन सक्छ ।

प्रतिनिधिसभा विघटनको प्रसङ्ग 

नेपाली काङग्रेसका नेताहरूको अभिव्यक्ति सुन्दा एमालेले संसद् भित्र र बाहिर उठाइरहेको माग पुरा गर्नु भन्दा प्रतिनिधिसभा विघटनतर्फ अग्रसर भएको अाभास हुन्छ । काङग्रेसी नेताहरूलाई लागेको हुनसक्छ प्रतिनिधिसभा भंग गरेपछि १४ सांसदको निष्कासन र सभामुखलाई लगाउनु पर्ने महाभियोगको अवगालबाट जोगिन सकिन्छ भन्ने  । तर, प्रतिनिधिसभा भंग गर्ने कुरा निकै पेचिलो छ । वर्तमान सरकार निर्माण गर्न दिएको परमादेशमा सर्वोच्च अदालतलाई `प्रतिनिधिसभाबाट सरकार गठन हुने अवस्था रहेसम्म´ र `पाँच वर्ष अब्धि भएसम्म प्रतिनिधिसभा विघटन गर्न पाइने छैन´ भनेर लेख्न लगाइएको छ । एमालेलाई निच्चो देखाउन जनादेशको हुर्मत लिदै परमादेश ठोक्न लगाउदा पाँच वर्ष नपुगी कहिल्यै प्रतिनिधिसभा भंग गर्न नपाउने बनाइएको छ । यदि `एमालेले प्रतिनिधिसभा  भंग गर्न नपाउने तर, नेपाली काङग्रेसले पाउने´ भनेर लेख्न लगाएको भए अहिले सजिलो हुने थियो । त्यसबखत प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा अोलीले सर्वोच्च अदालतमा `सेटिङ्´ मिलाएको हल्ला खुब चलाइयो । तर, पछि थाहा भयो अोली विरुध्द दह्रो सेटिङ् अरुले नै गरेका रहेछन् ।

अहिले अाएर माधव नेपाल र पुष्पकमल दाहाल `प्रतिनिसभाको अर्ली इलेक्शन´ भन्दै हुनुहुन्छ । उहाँहरू स्थानीय चुनावदेखि तर्सिएर संसद भंग गर्ने र काङग्रेसको साथ पाए पुन प्रतिनिधिसभा सदस्य बन्ने उपक्रममा हुनुहुन्छ । स्वभाविक हो शक्ति क्षिण भएपछि, जनताले विश्वास नगरेपछि, संगठित कार्यकर्ता नरहेपछि र विश्वास जित्न  नसकेपछि जसले पनि अर्काको भर पर्नुपर्छ । तर, `प्रतिनिधिसभाको अर्ली इलेक्शन´ भनेर  जोसुकै उफ्रिए पनि एमालेले नचाहेसम्म प्रतिनिधिसभा भंग हुन सक्तैन ।  किन कि एकातिर  अदालतको फैसला छ भने अर्को तर्फ संसदको दुईतियाईले भंग गर्न सक्ने अवस्था देखिन्छ । तसर्थ ठोकेर भन्न सकिन्छ – बैशाख ३० गते  स्थानीय तहको निर्वाचन भई सकेपछि एमाले र नेपाली काङग्रेस लगायतका दल मिलेर `प्रतिनिधिसभाको अर्ली इलेक्शन´ गर्नेछन् । यदि ठूला दलको चाहना भएन भने समय पुगेपछि मात्र चुनाव हुन सक्छ ।

एमालेलाई अवरोधका रुपमा बुझ्ने गठबन्धनका दलका लागि सबभन्दा सजिलो बाटो प्रतिनिधिसभा विघटन नै हुने थियो । तर, उहाँहरू अाफैले अदालतबाट लगाएको ताला कसरी खोल्ने त्यो भने जटिल समस्या बनेको छ । अबको बाटो के त ! अबको बाटो भनेको अप्राकृतिक रुपमा परमादेशबाट बनेको वर्तमान गठबन्धन सरकारले राजिनामा दिनु नै हो । यो सरकारले विकास खर्च गर्न सकेन, राष्ट्रको अर्थतन्त्र द्रुत गतिमा अोरालो लागेको छ । जनताले धान्नै नसक्ने गरी मूल्यबृद्धि भएको छ, सञ्चित विदेशी मुद्रा ढिकुटीमा सकिएको अवस्था छ । प्रदेशका मुख्यमन्त्रीहरूले अाफ्नो सत्ता जोगाउनकै लागि  धेरै मन्त्रालय थप्दै र केन्द्रमा भन्दा ठूलो अाकारको सरकार गठन गरेर `उल्फाको धन फूपुको सराद्धे´ गरी रहेकाछन् । गठबन्धन सरकार गठन भएपछि विकासका कुनै काम भएका छैनन् । अनावश्यक ठाउँमा अावश्यकता भन्दा बढी खर्च गरिएको छ । अत्यधिक करको असन्तुलित मार सर्वसाधारणले भोगिरहेका छन् । यस्तो अवस्थामा पनि वर्तमान सरकारले राजिनामा नदिनु भनेको राष्ट्रलाई कंगाल बनाएर जनतालाई चरम अभावको खाडलमा जाक्नु मात्र हो ।

एमसिसीको दाग 

एमाअोवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा समाजवादीका अध्यक्ष माधव नेपालले एमसिसी सहयोगलाई अनावश्यक रुपमा गिजोल्नु भयो । पहिला राष्ट्रवादी धुन चढेका बेला एमाले अध्यक्ष केपी शर्मा अोलीलाई देखाउनकै लागि अाफ्ना कार्यकर्तालाई भयङ्कर राष्ट्रवादीको जलप लगाएर एमसिसीको विरोध गर्न सडकमा उतार्नु भयो । विचरा ती अबुझ कार्यकर्ता `एमसिसी चाहिदैन, राष्ट्रघात गर्न पाइँदैन´, एमसिसी मूर्दावाद, भन्दै सडकमा ढुङ्गा मूढा गर्दै थिए । यता दाहाल र नेपालको पार्टीको उपल्लो कमिटीले पनि एमसिसीमा गम्भीर राष्ट्रघात लुकेको हुनाले संशोधन नगरी पास नगर्ने निर्णय गर्यो । अाफ्नै नेताहरूको कलुषित भावना नबुझेका दोस्रो तहका नेताहरूले पनि एमसिसीको विरोध गरे । नेता र कार्यकर्ता विरोधमा उतारे पछि दाहालले फातिमालाई लेखेको पत्रले पार्टीमा पुर्याएको क्षतिको पुरताल हुने साथै नेता – कार्यकर्ताले अाफ्नो द्वैध चरित्रलाई राष्ट्रवादी नै ठानिरहने सोच्नु भएको थियो होला । तर, भयो उल्टो । एमसिसी प्रकरण पछि एमाअोवादीका केही कार्यकर्ता एमाले प्रवेश गरेका छन् भने थुप्रै कार्यकर्ताले पलायनको बाटो रोजेका छन् ।

अन्य आकर्षणहरू

यता नेकपा समाजवादीलाई भने गठबन्धनका दलहरूले खासै महत्व दिएको पाइएन । तथापि पछुवा बन्नु भएका माधव नेपालको भखर बन्न खोजेको पार्टीलाई पनि एमसिसीको विरोध र समर्थनको द्वैध चरित्रले घाटा पुर्यायो । उहाँको पार्टीमा लागेका प्रायजसो कार्यकर्ता धमाधम अाफ्नो मूल पार्टी एमालेमै फर्किदै छन् । र, उहाँको पार्टीका केही नेता र गठबन्धन सरकारमा मन्त्री बनेका बाहेक सबै एमालेमै फर्कने अवस्थामा छन् ।

वास्तवमा एमाअोवादीले नेकपा एमालेलाई घाटा होइन नाफा दिएर गयो । तत्कालीन अवस्थामा एमाअोवादीबाट मन्त्री बनेका केही साथै अाफ्नो भविष्य एमालेमा नै देखेका र राष्ट्रको नेतृत्व गर्न द्वैध चरित्र अंगाल्नु भएका दाहाल भन्दा अोली नै ठिक भन्ने जनधार भएका नेताहरू एमालेमै रहनु भयो । जिल्ला जिल्लामा धेरै जसो एमाअोवादीका पूर्व कार्यकर्ताले एमाले नै रोजे । यसरी अाफ्नो शक्ति क्षिणभई सकेको एमाअोवादीलाई एमसिसीले अर्को ठूलो धक्का दिएर गयो । जुन धक्का नेतृत्वको द्वैध चरित्रले निम्त्याएको थियो । अहिले गठबन्धनका यी दुवै पार्टीका शीर्ष नेता चुनावमा नेपाली काङग्रेसले साथ नदिने हो कि भनेर भयभीत हुनुहुन्छ । स्वभाविक हो अब वैशाखीविनाको चुनावी यात्रा कठिन र असम्भव छ ।

गठबन्धन बारे काङग्रेस 

एकातिर गठबन्धनका दुई नेता पुष्पकमल दाहाल र माधव नेपाल `तीनै तहको चुनाव गठबन्धन दलहरू मिलेर लड्ने निर्णय भएको´ भनेर कार्यकर्तालाई भ्रममा राख्दै हुनुहुन्छ भने अर्कातिर काङग्रेसी नेताहरू `हातीरुपी काङग्रेसको ठूलो कानमा बसेर चमेरोले जस्तो  फोहोर गर्न खोज्ने कम्युनिष्टलाई बोकेर हिड्न नसक्ने´ बताई रहनु भएको छ । सायद प्रधानमन्त्री शेरबहादुर देउवा बाहेक काङग्रेसका अधिकांश नेताले `चुनावमा काङग्रेस एक्लै लडछ र काङग्रेसी कार्यकर्ता साथै मतदाताले रुख चिन्हमा भोट हाल्न पाउछन्´ भनी सक्नु भएको छ । शेखर कोइराला, रामचन्द्र पौडेल, धनराज गुरुङ, महामन्त्री द्वय लगायत नेताले गठबन्धनका कम्युनिष्टहरूलाई `सत्ता सञ्चालनका लागि मात्र काङग्रेसले बोकेर हिडेको हो, चुनावी गठबन्धनका लागि होइन´ भनेर अन्तर्वार्ता र भाषणहरूमा भनी सक्नु भएको छ । काङग्रेसले यसरी ललकार्दा ललकार्दै पनि लाजघिन पचाएर काङग्रेससँगै टासीरहनु पर्ने वाध्यताले भने कामरेडहरूलाई नराम्रोसँग छोपेको छ । एमसिसीमै देखियो उहाँहरूमा थोरै पनि लाजघिन छैन र काङग्रेसले जस्तोसुकै गाली गरे पनि सत्ताको चास्नीबाट निस्कने हिम्मत पनि छैन ।

काङग्रेस उपसभापति धनराज गुरुङले एमाअोवादी र नेकपा समाजवादीलाई `फोहोरी चमेरो´ को संज्ञा दिनु भयो । महामन्त्री गगन थापाले `हामीलाई कम्युनिष्ट बोकेर हिड्नु छैन, चुनावमा काङग्रेसको एक्लै बहुमत अाउछ, एक्ला एक्लै लडने हो´भनी सक्नु भयो । र पनि लाज नमानी काङग्रेसको बुई चढेर कम्युनिष्टहरू `चुनावी वैतर्णी´ तर्न खोज्दैछन् । दाहाल र नेपाल एकजना केपी शर्मा अोलीको डाहा, हृश्या अनि अाहारिसमा चुर्लुम्म डुब्दा अाअाफ्नै पार्टी सक्नु भयो साथै अाफू सकिनु भयो । काङग्रेस हात झडकार्दै छ उहाँहरू लिसो भएर त्यही हातमा टाँसिदै हुनुहुन्छ । कम्युनिष्टहरूको लगि यो भन्दा लज्जाजनक अवस्था अरु केही हुन्छ ? अहँ हुन सक्तैन ।

कुम्भीपाक नर्क 

काङग्रेसी नेताहरूको पेचकिलासहितको तिखा बचन सहेर कम्युनिष्ट नेताहरूले किन उनीहरूलाई मालिक मानेर बस्नु पर्यो ? यसको उत्तर बडो नमिठो छ । नीति शास्त्रले भन्छ – जो लुब्दो छ, जोसँग हिम्मत, अाँट र जाँगर छैन, लोभ र मोह अत्यधिक छ त्यस्ता व्यक्ति दास बनेर बस्छन् । हो अहिले गठबन्धनका केही नेताहरू यस्तै दास बनेर बस्न विवश छन् । कमरेडहरूमा छटपटाहट सुरु भएको छ ।  सायद उहाँहरू कल्पना गरिरहनु भएको छ – काङग्रेसको साथ पाएकै बेला चुनाव भए केही सिट जितिन्थ्यो भनेर । यता काङग्रेसका नेताहरू उहाँहरूबाट पिंड छुटाउने अभिव्यक्ति दिदै हुनुहुन्छ । माधव नेपाल भन्दै हुनुहुन्छ अोलीको ताडना सहेर सदनमा बस्नु भन्दा भंग गर्नुनै राम्रो । तर, पहिला अाफैले खडा गरेको कुम्भीपाक नर्कको खाडल नाघ्न खोज्दा त्यही खाडलमा जाकिने सम्भावना बढी छ ।

अाफ्नो टेक्ने समाउने ठाउँ छैन । कतै जाउँ जाने गाउँ छैन् । एमालेले चावुक हानेको छ, काङग्रेसले खँदारेको छ । जस्को भरोसा गरेको थियो उसले साथ छाड्दै छ  । एक्लै अगाडि बढौ  हिन्दु शास्त्रमा वर्णित कुम्भीपाकले तर्साउ छ । दह्रो साथ दिन्छ कि भनेर अंगालेको `पार्टनर´ पनि टिमुर्किन थालेको छ । गठबन्धनमा रहेका माअोवादी र नेकपा समाजवादीलाई काङग्रेसले `चमेरो वर्गमा´ (अर्थात न पंक्षी न त जनावर ) मा राखेर घृणा गर्न थालेको छ । समग्रमा अवस्था अाजका दिनसम्म यस्तै देखिन्छ ।

Facebook Comments