परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

देउवा मारुनी दाहाल मादले, कार्यकर्ता भाल्टाङभुल्टुङ देन लात्तले

फुटनी

ता टेक्ने ठाम नाई, यता समाम्ने ठाम नाई । हाम्मो माउवादी र माधव काम्रेडको समाजवादीको हालत यस्तो भयो । अोलीलाई फेरि एकपटक हाम्मो काम्रेडले फकाउने (फसाउने) कोसिस त गरेकै हुन तर, अोली टसकोमस भएनन् । बुढानिलकण्ठ भगवान जस्तो भएर सुतीरहेका देउवालाई उठाएर प्रधानमन्त्री बनाएको पनि काम लागेन । उनी जसले प्रधानमन्त्री बनायो उसैलाई नपत्याउने भए । हाम्मो महान काम्रेड प्रचन्न पनि उस्तै । उनारूसँग गएर किन झुक्नु ?  फातिमालाई चिठ्ठी लेखि सकेपछि एमसिसी नेपालका लागि ठिक छ, पास गर्नुपर्छ भनेर चिच्याएको भए कार्यकर्ताले पत्याउने थिए, मख्ख पर्ने थिए, ताली पड्काउने थिए । त्यस बेला लुकाएर राखे, अहिले अाइलाग्यो अापत । देउवाले धोका दिए, अोलीले धोका दिए, हुन त हामीले पनि कहिले अोली कहिले देउवालाई धोका नदिएको होइन। अहिले उनारू सजग भए, हामी परियो विलखबन्दमा । यो एमसिसी भन्ने घाँडो यतिखेरै अाइलाग्यो । पास नगरौ गठबन्धन चकनाचूर, पास गरौ कार्यकर्ताले भन्लान भष्मासुर । उफ… ! कहिलेकाहीँ त अाफ्नै खप्परमा चिर्पटले हानेर अात्माहत्या गरौ कि जस्तो लाग्छ ।

काठमाडौंको वानेश्वरमा अाफ्ना बाँकीरहेका कार्जेकर्ता उफारेर के गर्नु ! फातिमालाई लेखेको एउटै पत्रले हामीलाई नाङ्गेझार बनाइहाल्यो । हाम्मो प्रचन्न काम्रेड हतारमा बिगार्ने र फुर्सदमा पश्चात्ताप गर्ने महामानव परे । अब देउवा र अोली फकिएनन् भने हाम्रो संसदमा पुग्ने र फेरि अोल्लो घर – पल्लो घर गर्ने बाटो टोटल्ली बन्द हुन्छ । गाउँ गाउँमा एमाले र कांग्रेसको बडोत्तरी  छ । हाम्मो पार्टी खिएर ईत्रु… भै सक्यो । भन्नु पो नहुने उनारू काठमाडौंमा बनाको यमानको भैंसीको मो मो जत्रा छन्, हामी खिएर डोल्पामा बनाएको फुलौरा जत्रो भयौ । कहाँ गए हाम्मा नेता, कहाँ गए कार्जेकर्ता ? हेर ! हेर ! हेर्दा हेर्दै कसैले नपत्याउने ठाउँमा पुगेर झोक्राउनु पर्ने भयो । भयङ्कर तोडपर्यो । मलाई त कसलाई कोपरौ-कसलाई लुछौ जस्तो भैरा छ भने प्रचन्न काम्रेडलाई कस्तो भैरा होला ! जति सम्झियो उति रुनु मुन लागेर अाम्ने । माधव काम्रेडलाई सबैले पुछ्न छाडे अब प्रचन्नलाई पनि त्यस्तै हालतमा पुगाउन बेर छैन । हुनुहार दैव नटार भनेको यही होला । हुनत गठबन्धन रहेन भने हामी पनि रहदैनौ भन्ने कुरा काम्रेडहर्ले बुझेका नै होलान । यसै उसै गरेर हिजोको दिनसम्म त टारे । अब अाज वार कि पार भन्दैछन् ।

नमस्कार है विध्वंसे काका ! झुम्री काकी खै त ! अनि भिरघरे दाइ यता अाएनन् ?

ए सण्डे भतिज ! तेरो काकी भित्र होला । भिरघरे अाइपुगेको छैन त । त्यो गफाडी बाटैमा गफ चुट्न थाल्यो होला । नत्र अघि अाई पुगिसक्ने थियो । गफ चाहिँ भिरघरेले जानेको छ । घुमाइ फिराइ अाफ्नै कुरो हो भन्ने बनाएरै छाड्छ । हैन कुरो पनि अाम्ने हो । उ … भन्दाभन्दै भिरघरे अाइ पुग्यो ।

नमस्कार है काका ! अब अाज त एमसिसीमा छिनोफानो हुन्छ क्यारे ।  प्रचन्नले गठबन्धन नटुट्ने गरी जुइनो कस्तैछन् भन्ने सुनेको थिएँ। बिचरा ! नेपाल र दाहाललाई उठिसुख न बसिसुख बनाए । गठबन्धन नटुटाउने सर्तमा अाज नेपाल र दाहाले एमसिसी पास गर्छन । मैले त पैलादेखि भन्दै अाएको थिए एमसिसी यिनार्ले नै पास गर्छन् भनेर । काकाले कन्सिरी तातिन्छ त्यस्तो कुरा नगर भने । अस्ति शुक्रवार नै  नेपाल रदाहाल सर्प पनि मर्ने लाठी पनि नभाँचिने जुक्ति निकालेर मख्ख परेकाछन् भन्ने खबर ब्यापक भाको थ्यो । कार्जेकर्ता बिचरा `करायो करायो दक्षिणा हरायो´ को अस्थामा पुगेर `सुली फेल्याँट´ भए । अब हाम्रो कांग्रेसको लाइन अनुसार उनारू नारा लगाउदै बाहिर निस्कन्छन् । अनि कांग्रेस, बाबुरामको गुट, महन्थको पार्टीका ७० जनाजतिले  उपस्थिति जनाएर ध्वनि मतको अाधारमा पास भएको घोषणा गर्छन् । यता एमाले अाफ्नो पुरानै नारा उराली रहेको हुन्छ । उसले छ महिना अघिदेखि अाफ्नो माग पुरा नभएसम्म सदनको नियमित कारवाहीमा भाग नलिने भनेकै छ ।

तेरो कुरा ठिकै हो भिरघरे ! तर, यत्रो राष्ट्रिय मुद्दामा एमालेले अाफ्नो निर्णय सुनाउनु पर्थ्यो । अहिले जनतामा जसोगर्दा पनि `एमाले ठिक´ भन्ने सन्देश त गयो नि ! त्यस्तो पनि हुन्छ ? हामी मात्र फस्ने ? जे गर्दा पनि एमाले चाहिँ चोखो ?

काका तिमार्को र माधवका मन्त्रीहर्ले गठबन्धन तोड्न मानेनन् अरे । बरु एमसिसी पास गरौ मन्त्री पद नछाडौ भनेछन् । चित पनि पोट पनि एमालेकै भाग्यमा भएपछि के गर्छौ त काका !

सण्डेले ठिकै भन्यो । बिचरा अझै उनारू कांग्रेसको अौंला समाएर चुनावी वैतर्णी तर्न सकिन्छ कि भन्ने अाशमा छन् । तर, कांग्रेस स्पष्ट छ – स्थानीय निकायमा गठबन्धन हुदैन । प्रतिनिधिसभाको कुरा नगरे हुन्छ । त्यो पछिको कुरा , रात रह्यो अग्राख पलायो भने जस्तै हो।

वाइयात कुरा नगर भिरघरे ! हाम्मो महान नेता प्रचन्नको अहिलेको एक मात्र लक्ष भनेको मने गठबन्धन जोगाउनु नै हो । हामीलाई राम्ररी थाहा छ चुनाउमा एमाले वा कांग्रेससँग चुनावी गठबन्धन भएन भने हाम्रो पत्तासाफ हुन्छ भनेर ।एमाले हाम्रो कुरै नसुन्नेमा पुगी हाल्यो, कांग्रेसले अझै पत्यउदै छ । यही नै ठूलो कुरा हो । जब हाम्रो अनुकुल समय अाम्छ तब प्रचन्न काम्रेडले उच्च छलाङ मार्दै कांग्रेसको गर्धनमा टेकेर खप्परमा बजाउछन् । जिब्रो चपाएर के कुरो गर्नु ! हामी अहिले कोडीको पाउ मोल्दै छौ । अा…छोड  यो कुरा ! बरु अस्ति शुक्रवार अोलीले पोखरा पुगेर के के गरेछन् ? त्यो कुरा गरन ।

त्यहाको खास कुरा थाहा छैन । बरु अोलीले भाषणमा नेकपा एमाले पैसा राख्ने खुत्रुके होइन जतिखेर चाहयो उतिखेर फोर्न सकिने भनेर अस्तिको भेटमा देउवा र दाहाललाई भनेको चाहिँ बताए। एमसिसी संशोधन नगरी पास गर्न हुदैन पनि भने। केही पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गरे। अाफ्ना कार्यकर्तालाई पानदलेको नामोनिशान नरहने गरी चुनाव प्रचारमा लाग्न निर्देशन दिए। अबको चुनावमा एमाले र कांग्रेसको दह्रो भिडन्त हुन्छ । तिमारू कान्ला माथि उभिएर रमिते बन्ने दिन अाए काका !

यस्तो गफ चाहिँ  कसैले नदिए हुन्छ । हाम्रो गठबन्धन टुट्दा पनि टुट्दैन एमसिसी पनि गठबन्धनले नै पास गर्छ । अोलीको पार्टीको जरुरत पनि छैन । माधव नेपाललगायत १४ जना सांसद हटाउनु पर्ने, सभामुख अग्नि सापकोटालाई महाभियोग लगाउनु पर्ने पनि माग हुन्छ ! ठूलो पार्टी भएको कारण एमालेले हामीलाई हेपेको हो । चुनाप त अाअोस यसलाई ठिक गर्न हामीले जानेको छ । साम्राज्यवादी अम्रिकाले मयाँले दिएको एमसिसी मेसो मिलार पास गर्छौ र गठबन्धन जोगाउने निर्णय अाजै गर्छौ ।

लौ काका कांग्रेसको बुई चढेर कति परसम्म पुग्छौ हेरौला । अहिले `देउवा मारुनी दाहाल मादले, कार्यकर्ता भाल्टाङभुल्टुङ देन लात्तले´ बनाई हाल्यौ । हामी उभिण्डेतिर लागौ सण्डे ।

काका, जै नेपाल ।

Facebook Comments