परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

एमसिसी पनि परमादेशबाटै पड्काउँ कि क्या हो !

फुटानी

अग्रगमन भन्ने ठाउँमा पाइला टेक्न लागेका बेला घेराबन्दी भयो । एमसिसीलाई लेखेको पत्रमा `पाँच महिनाको समय दिनु होस् पास गर्छौ´ भन्ने शब्द झुक्किएर परेको हो भन्दा पनि घेराबन्दी  गर्न छोडेनन् । यता हाम्रो कर्णालीमा  अाफ्नै काम्रेडहरू महान नेता प्रचण्डका विरुध्द उफ्रिन्छन । मन्त्री बन्नलाई सांसद हुनैपर्छ भन्ने छर ! चुनापको मुखमा विवाद गर्नु राम्रो होइन । चुनापलाई पैसो चाहिन्छ । कस्ले चोरी गर्यो, कसले डकैती गर्यो, कसले जघन्य हत्या गर्यो, कस्ले बैंक लुट्यो, कस्ले कुखुरा चोर्यो भनेर अहिले खोज्ने होर ! काम्रेडहरू किन कुरो बुझ्दैनन् हँ ! पैसोको कुरो छ पैसोको । यता `एमसिसीको ठाँडो, फेरि बन्यो घाँडो´ भैरा छ । प्रचण्ड काम्रेडले गठबन्धन टुट्दैन भने घुमाउरो पाराले एमसिसी पास गर्ने कुरा गरिसकेका छन् । पास त गर्नैपर्छ नत्र पैसो …!

अाखिर यो सरकार पनि जनादेशबाट बनेको होइन । हाम्रो प्रचण्डले अनेकानेक दुख गरेर`वार्गेनिङ´गर्दै परमादेशबाट बनाएको हो । यो एमसिसी घाँडो पनि परमादेशबाटै पड्काई दिए हुन्छ । अाखिर पास गर्नैपर्छ भने के भद्रो हेरेर बस्नु ! अहिले `राष्ट्रिय सहमति´ भनेर हाम्रा काम्रेडहर्लाई फलाक्न लगाको छ । पहिला `बहुमतले पास गर्ने´ भन्ने शब्द राखेर मोरे छन् । हाम्रा पानदलेले एमालेलाई फसाउन सक्ने अवस्था नै छैन । यदि गठबन्धन नतोड्ने हो भने पानदलेकै बहुमत पुग्छ । अनि एमाले वालाहर्ले `तिमारू पानदलेकै बहुमत पुग्छ, एमसिसी पास गर्नु र गठबन्धन जुगानुजुग कायम राख्नु छ भने अाफै पास गर । हैन थर्थर कम्प छुट्छ भने एमसिसी पनि परमादेशबाटै पड्काए हुन्छ´ भन्ने छन् । जता पनि हामीलाई गाह्रो । प्रचण्ड काम्रेड पनि जेसुकै बोल्ने, जेसुकै गर्ने रान । अब हामीलाई कस्ले घेराबन्दी गर्ने ? केका लागि घेराबन्दी गर्ने ? नेता पार्टी छाडेर हिडे, कार्यकर्ता छैनन्, जनताले पत्याउदैनन् । `घेराबन्दी´ भन्ने शब्द चाहिँ हाम्रा काम्रेडहर्को अाफू ठूलो हुने गफाडीको गफ जस्तोभयो टेक्ने  न समाउने भै सक्यो, धरातल खुस्किएर कांग्रेसको काखमा बस्न पुगिएको छ । कांग्रेसले लात हान्यो भने यही चुनापमा हामी माउवादीहर्को धोतिन टोपी हुन्छ । कसलाई थाहा छैनर । तापनि भन्न भा छैन ।

यता बिचरा ! माधव काम्रेड ! तीन महिना अघिसम्म `हामी सबै भन्दा ठूलो पार्टी हुने भयौ । हाम्रो पार्टीमा थामी नसक्नु गरी गुटुङटुङ प्रवेश गर्दैछन्´ भन्दै थिए । अहिले हिउँले खाएको धुर्सुलको स्याउला जस्तो भर कक्रिए । `निक्पा एमाले मूर्दावाद´ भन्ने बाहेक अब उनको काम छैन । नेपाली कांग्रेस गठबन्धन तोड्न खपिनसक्नु गरी उल्किएको छ । हाम्रो माअोवादीका नेताहरू कुरो बुझ्दैनन, कुन चाहिँ दिन मलखाडीमा गोबरको थाप्रो फ्याँके जसरी फाल्छ अनि काम्रेडहर्को होस खुल्छ । हाम्रो ए माअोवादी, बाबुराम र माधवको समाजवादी जस्ता पार्टी मिलेर के काम । चुनापको बेला `सर्पको घरमा सर्प पाउना जिब्रो झिकाझिक´ भने जस्तो मात्रै हो । हाम्रो अलि काम लाग्ने नेता जति ओलीले लगे, काम गर्न, खट्न सक्ने कार्यकर्ता कोही अरव गए कोही शरीरमा गोली र छर्रा बोकेर माअोवादीलाई सराप्तै हिडेका छन् । सम्झदा पनि विरक्त लाग्छ ।

नमस्कार है विध्वंसे काका !  केके सम्झेर बसी राछौ कुन्नि । सण्डे र म त उभिण्डेबाट काका-काकीलाई एक पटक भेटेरै जाम भनेर अाको । काकी खोइ त !

ए … भिरघरे भतिज पो रछ । लु तिमारू मुढा तानेर बस । अाज त पारिलो, रापिलो र पोसिलो घाम पनि लागेको छ । यी बुढा चाहिँ चुनाप घोषणा भएको दिनदेखि झोक्राएर बसेका छन् । कांग्रेसले बैशाखी तानेर लडाउ छ कि क्या हो भन्दै मुर्झार बसेको बस्यै गर्छन् । साँच्चै यिनार्लाई कांग्रेसले के गर्ला भिरघरे भतिज ! यदि गठबन्धन रहेन भने माधव र प्रचण्डको हालत के होला !

हालत के हुन्छ त थाहा भएन झुम्री काकी ! गठबन्धन चाहिँ रहदैन । कता अब कांग्रेसले झ्याउझुस्, दोगला, ढाँटका सर्दार र पानीमरुवाहर्लाई बोकेर हिड्छ त ! एमसिसीका विरुध्दमा सडक अान्दोलन पनि गर्ने अनि सत्तामा पनि बसी राख्ने भन्नेहरूसँग अब केको गठबन्धन ? अम्रिकाले `थ्रेट´ गरी सक्यो ।  यदि एमसिसी पास नभए अरु सहयोग र सहायता पनि रोक्ने अाशयको धम्कीपूर्ण अनुरोध गरी सक्यो । अब पास नगरे अार्थिक हतियारले रेट्छ ।

भिरघरे र झुम्री निक्कै सन्केर बोल्दै छौ । तिमारूलाई राजनीतिमा `सबै चल्छ´ भन्नेसम्म थाहा रैनछ । उ ! अस्ति बिहीवार हाम्रो प्रचण्ड काम्रेडले `माअोवादी दल साँच्चैको मधेसवादी दल हो । किन कि मधेसवादी दल विदेशीले बनाइ दिएको हो´ भनी दिए । अर्थ जे लगाए पनि भयो । हामी एमसिसी पास गर्दैनौ । उस्तै पर्यो भने परमादेशाटै पास गर्न लगाइ दिन्छौ । सरकार परमादेशबाट बनाउन हुने एमसिसी परमादेशबाट पास गर्न नहुने भनेर  कहीं कतै लेखेको छैन । त्यसो गर्दा कसैलाई दोष र अपशोस लाग्दैन । अम्रिकाले धम्की दिनैपर्दैन । हाम्रो प्रचण्ड काम्रेडले घुमाएर दोगला कुरा गरेपछि सप्पैले पास गर्नुपर्छ भन्छन् ।

यदि पास भएन भने काका ! तिमार्लाई कांग्रेसले पाहा पछारे जसरी पछार्छ । ठूलो पार्टी हाम्रै एमाले बन्ने निश्चित छ । तिमारू पानदलेको महा लठबन्धन अब भत्किने नै भयो । सण्डेले के भन्यो भनौला माधव, बाबुराम र प्रचण्डहरूको अब हुने प्रतिनिधिसभाको चुनापपछि अस्तित्व समाप्त हुन्छ । कांग्रेसले पनि पहिला सभामुखले एमालेलाई समाप्त गर्छु भन्दा सभामुखलाई दुध पिलाएर बस्यो । अहिले दुध विषमा परिणत भएपछि कांग्रेसले त्यही विष पिएर बस्नु परेको छ । एमसिसीमा र सभामुखका सम्बन्धमा  ओलीलाई पछार्न कांग्रेस पनि लागेकै थियो । अहिले चेतबाबा काँशी भएको छ ।

सण्डे भाइले भनेको ठिकै हो काका ! अब यही बैशाखमा हुने स्थानीय चुनापले तिामर्को गति, मति, दुर्गति, असति, पतति, समाप्ति सप्पै निर्धारण गर्छ । तिमारूको नेताहर्ले गर्दा राष्ट्र पनि टाट पल्टिने भयो । अहिले नै अर्थतन्त्र समाप्त भनेर सुनाई सके । अर्को कुरा माअोवादीहर्को चुनाप गर्ने मनसुवा नै रैनछ । हैन भने देखि चुनापको लागि बजेट छुट्याउनु पर्दैनथ्यो ? अर्थमन्त्री जस्तो मान्छे `पहिला एमालेले ल्याएको बजेट गिजोलेर गल्ती गरेछु´ भन्दै चुनापका लागि अहिले बजेट खोजेर बसेका छन् । चुनाप त होस् यी डाम्ना अनि किनारा लाग्छन् । हिड सण्डे जाउँ कप्टी डाडातिर !

काका जै नेपाल !

Facebook Comments