परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

प्रेस चौतारीद्वारा पत्रकारहरु पुरस्कृत

काठमाडौं।  प्रेस चौतारी नेपालले २४औं स्थापना दिवसका अवसरमा विशिष्ट योगदान पु¥याउने पत्रकारलाई पुरस्कृत गर्ने घोषणा गरेको छ । गत पुष १२ र १३ मा लुम्बिनीमा सम्पन्न सङ्गठनको केन्द्रीय समितिद्वारा पूर्ववरिष्ठ उपाध्यक्ष श्रीधर आचार्यको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार सिफारिस समितिको सिफारिसअनुसार उनीहरूलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो ।

प्रेस चौतारी नेपाल ०५५ सालमा स्थापना भएको हो । २०५५ मंसिर ७ गते बरिष्ठ पत्रकार विजय चालिसेको संयोजकत्वमा स्थापित यस सङ्गठनले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गरी प्रमाणपत्र प्राप्त गरेको दिन २२ माघलाई स्थापना दिवसका रुपमा मनाउँदै आएको छ। पुरस्कार महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट पुरष्कृत गर्ने कार्यक्रम रहेको छ।

पुरस्कार पाउने पत्रकारहरू निम्न अनुसार हुनुहुन्छ:

वि. सं. २०७७ 

हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार– राजेन्द्र अर्याल (पूर्व अध्यक्ष)

अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार– कृष्णविनोद लम्साल (सुनसरी)

वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार– केपी गौतम (गोरखापत्र)

डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार– सागर पण्डित (सम्पादक, राजधानी दैनिक)

प्रेस चौतारी पद्मलक्ष्मी–सावित्री वस्नेत स्मृति पत्रकारिता पुरस्कार– अब्दुल्लाह मियाँ (काठमाडौं)

वि. सं. २०७८

हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार– गगन विष्ट (पूर्व अध्यक्ष)

अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार– झलक सुवेदी (लेखक तथा राजनीतिक विश्लेषक)

वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार– अनुप तिवारी (पर्सा)

डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार– हिरा परियार (रुकुम पश्चिम)

प्रेस चौतारी पद्मलक्ष्मी–सावित्री वस्नेत स्मृति पत्रकारिता पुरस्कार– शिवराज भट्ट (कैलाली)

चन्द्र न्यौपाने –शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार– शान्ति गुरुङ (कास्की)

Facebook Comments