परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

अहिले नै चुनाप गरेर हामी जिल्लिनु छैन!

फुटानी

कुनै हालतमा चुनाप हुदैन र गर्न पनि दिनु हुदैन । होइन कस्तो कुरो नबुझेको रु आफू ढुटीमाटी भर हार्ने चुनाप कसैले गराउछ ! यदि पहिला प्रतिनिधिसभाको चुनाप गर्ने हो भने र नेपाली कांग्रेसको साथ रहने निश्चित भए ठिकै छ । नत्र एमालेहर्को स्थानीय तहको चुनावी सपना उभिण्डे खोलामा बगाइन्छ बगाइन्छ । नेपाली कांग्रेसका कुरो नबुझ्ने नेता भने चुनापमा एक्ला एक्लै जाने भन्छन् । हामीलाई एक्लो पार्ने कांग्रेसको नियत हो भने पहिलो प्राणघातक मुक्काको प्रहार यही कांग्रेसले हाम्रो तर्फबाट भेट्छ । उस्तै परे हाम्रो काम्रेडले ओलीलाई भेटेर त्वम शरणम भनेरै पार्टीको साख जोगाउन सक्छन । हाम्रो काम्रेडलाई अझै चिनेको छैन यिनार्ले !

तर,गाह्रो छ । अदालतमा पहिला आफैले लेख्न लगाको फैसला गलपासो भयो । फैसलामा “प्रतिनिधसभा सदस्यहरूलाई सार्वभौम जनताले पाँच वर्षका लागि आफ्नो प्रतिनिधिको हैसियतमा शासन व्यवस्था सञ्चालन गर्ने आदेश र अख्तियारी दिएर पठाएका हुन, यसरी जनताबाट पाएको आदेश र अख्तियारीको पालना नगरी पाँच वर्षको अबधि नपुग्दै बीचैमा प्रतिनिधिसभा विघटन गरी पुनः जनतामा जाने कुरा संविधानमा अन्तर्निहित भावना र निर्वाचनको माध्यमबाट प्रकट भएको जनादेश अनुकुल हुदैन” र “वैकल्पिक सरकार गठन हुन नसकेको अवस्थामा बाहेक अन्य कुनै आधार वा कारणबाट कार्यावधि बाँकी रहेको प्रतिनिधिसभाको विघटन हुन नसक्ने” ठोकेरै लेखेको छ । त्यस बखत “यो फैसला केपी शर्मा ओलीलाई समाप्त पार्न मात्र लागू हुने” भनेर फैसलाको अन्तिममा लेख्न लगाको भा हुन्थ्यो । त्यत्तिखेर बुद्धि पुराएनन् । अहिले उपर्रतली लागेर के गर्नु ! सम्झिदानी खुइईय आम्छ ।

यथा समयमा स्थानीय तहको चुनाप पनि गर्ने पनि हुने अनि अहिलेसम्म कांग्रेसले हामीलाई दिएको बैशाखी पनि फुत्त झिकी दियो भने हाम्रो त ञगेल भैंस पानी मेझ हालत हुन्छ । पहिला “ओलीले ल्याको अध्यादेश प्रतिगामी हामीले ल्याको अध्यादेश अग्रगामी” भनेर सञ्चार माध्यममा प्रचार गर्न लगाउदा र अदालतबाट हाम्रो अनुकुल फैसला गर्न लगाउदा सानो खर्च भएन ! ठूला मिडिया हाउसहरूले १०-१० करोड नगद चप्काए । अहिले पोल खोल्छन भन्ने डर ! कार्यकर्ता र जनता नभएपछि हाम्रा लागि जुनसुकै चुनाप फलामको च्यूरा हुनेनै भयो ।

नमस्कार है विध्वंसे काका ! के सोचेर बसी राछौ कुन्नि ! सण्डे र म त उभिण्डेमा घमासान हेरेर यता आको । तल सिस्ने गाडको हाम्रो नेपाली कांग्रेसको वडा सदस्यले ठेक्के कान्छालाई झण्डै पड्काई दियो । अस्ति हाम्रो देउवा दाइले चुनपाका बारेमा, एमसिसीका बारेमा, भारतले हाम्रो भूमिमा सडक बनाएको बारेमा, धामीलाई तुइन काटेर भारतीयले मारेको बारेमा,२४ लाख डोज खोप हराएको वारेमा, मन्त्रीले गौर काण्ड दोहोराउछु भनेको बारेमा बोल्नु पर्ने थियो । जनता त्यही सुन्न टिभीको अगाडि बसेका थिए त्यै चाहिँ लुकाएर बोले । अर्थतन्त्र पो सुधार भयो अरे ! के बोलेको प्रधानमन्त्री जस्तो मान्छेले भनेर ठेक्के बोलेको मात्र थियो हाम्रो सदस्यले झण्डै पड्काई दियो ।

हेर भिरघरे भतिज ! ठेक्के कान्छाले जे भन्यो त्यही बोल्नु पर्ने विषय थियो । जनताले त्यही सुन्न चाहेका थिए । तर, के बोले के बोले ! बरु नबोलेको भा हुन्थ्यो । राष्ट्र बैंक र अर्थविदहर्ले अर्थतन्त्र डामाडोल अवस्थामा, राष्ट्र टाट पल्टिने मार्गमा भनेर वक्तव्यहरू निकाली राछन् । प्रधानमन्त्री भने अर्थतन्त्र सप्रिएको कुरो गर्छन् ।

वाइयात कुरो नगर झुम्री ! एमसिस बारेमा हाम्रो महान सर्हारावादी नेता, आफ्नो व्यक्तिगत फाइदा पुग्ने तरिकाले सदा अग्रगामी कदम चाल्ने, राष्ट्रनायक काम्रेड प्रचण्ड र देउवाले पहिला नै पत्र लेखेर सहिछाप ठोकेर अम्रिकालाई दिई सकेका छन् बोल्नै परेन । यता भारतीयले हाम्रोतिर सडक बनाएको वारे हाम्रो कमफर्टेवल सरखार एक दुई वर्षपछि बोल्छ बोल्छ । त्यसमा प्रधानमन्त्री बोल्ने कुरै थिएन । चुनापका वारेमा के बोल्नु? एक दुई वर्षपछि हुन्छ भन्देकै छ । अहिले नै चुनाप गरेर हामी जिल्लिनु छैन । जे बोले प्रधानमन्त्रीले ठिक बोले । किन कि केही पनि बोलेनन् । त्यही नै ठिक हो । इसरामा बुझ्नु पर्छ ।

झुम्री काकीले ठिकै भनिन् । बोल्नै पर्ने कुरो नबोल्ने भएपछि जनताका नाममा केको सम्बोधन ! जनताले त बुझेकै छनि । राष्ट्रका नाममा भनेको भा भैहाल्थ्यो नि ।

सण्डे पनि बढी जान्ने हुन्छ । राष्ट्रका नाममा भने नि जनताका नाममा भनेनि देउवा बोल्नु नै ठूलो कुरा हो । अरु त सप ठिक बोले अर्थतन्त्र चाहिँ उध्रियो भन्नु पर्नेमा सुध्रियो भने । त्यो विर्सिएर भनेको हुन सक्छ ।

हौ सण्डे ! यिन्का गफ सुनेर बस्नु भन्दा त घर गएर भकारो सोर्नु नै ठिक । हिड जाउँ घरतिर । लौ काका काकी !
जै नेपाल !

Facebook Comments