परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

पानदलेले चुनाप सार्ने !

फुटानी

यसपालि चुनाप होला जस्तो छैन । उभिण्डे खोलाको शीरतिरबाट जोडले उल्टो हावा चलेको छ । यस्तो हावा चलेपछि हाम्रो अनुकूल निर्णय हुने चलन नै बसेको छ । स्थानीय निकायको चुनाप एक वर्षपछि ठेल्न सकियो भने नाथे एमालेलाई थङथिलो पार्न सकिन्छ । प्रदेश र प्रतिनिधिसभाको स्वत दुई वर्षपछि धकेलिन छ । त्यस विचमा हाम्रो कमफर्टेवल सरकारले बाबुरामजीले भनेजस्तै मर्जरको व्यवस्था पनि गर्न सक्ने छ ।

हौ विध्वंसे काका ! नमस्कार है । खै त भिरघरे दाइ अाइपुगेका छैनन् ? उभिण्डेतिर पनि देखिन । कांग्रेसको मिटिङ सिटिङ त छैन होला !

हेर सण्डे भतिज ! तँ भनेको यो गाउँको जल्दोबल्दो बोलक्कड युवक । जिल्लाको पार्टी संगठन हाक्ने मान्छे, ल भन एमालेमा लागेर के पाउछस् ! अाइजो बरु हाम्रो माउवादीमा । गाउँ कमिटीको अध्यक्ष बाहेक अरु जुन पदमा भए पनि रोजेर बस् ।

काका पनि हसाउने कुरा गर्छौ । यो गाउँमा तिमी अध्यक्ष भै हाल्यौ, तिमी वाहेक अरु चरोमुसो छैन । अनि तिम्रो पार्टीमा दुईजना भर अंगालो मारेर रुन अाउनु ? यो कुरा छोड बरु बतास चलाए पछि ललिता निवास जग्गा काण्ड फासफुस भयो हैन त । लु भिरघरे दाइ पनि अाइपुगे ।

मैले त हाम्रो पत्रकारहर्ले बतासको मुद्दा उचालेकै दिन ललिता काण्डमा अाममाफी दिने योजना अन्तर्गत भएको काम भनेर काकालाई भनेकै थिए पत्याएनन् । अब मुद्दै नचल्ने बनार सिअाइवीले तयार गरेको फायल च्यातेर फाल्ल्छन । बाबुराम, माधव र हाम्रो गच्छेदार दाइहर्लाई जोगाउनु पेरेन खै कुरो बुझेक ! त्यस प्रकरणका मुख्य योजनाकार भनेर पुलिसले पक्रिएको माधव सुवेदी र उनको श्रीमतीलाई पनि अस्ति छोडी सक्यो । हाम्रो देउवा दाइ, प्रचण्ड, माधव रबाबुराम जस्ता खर्राट हस्तिहर्ले सत्ता हाँक्न थालेपछि कस्ता-कस्ता मुद्दाको फायल त च्यातिन्छ नाथे प्रधानमन्त्री निवास भित्रको एक दुई सय रोपनी जग्गा ।

बढेर कुरो नगर भिरघरे ! केपी शर्मा अोलीको पालामा समिति बनार छानविन गर्न लगाको कुरो । तँ एउटा कुरोमा प्रष्ट भए हुन्छ भतिज । उनका कार्यकालमा भए गरेका सबै कार्य बाङबुङ पारेर उखेलेर फाल्नु पर्छ । अब हाम्रो अग्नी सापकोटा काम्रेडलाई लागेको ज्यान मुद्दा खारेजी र कांग्रेसका नेता अाफताव अालमलाई १२ जना निर्दोष व्यक्ति इँटाभट्टामा हालेर जिउदै जलाएको काण्डबाट उन्मुक्ति दिने काम यो सरकारले तुरुन्त गर्नुपर्छ । यही हो मौका । चुनाप पछि हाम्रा नेताहर्लाई सत्तामा जाने मौका नअाउन सक्छ ।

काकाले मौका नअाउन सक्छ चाहिँ ठिकै भने । मुद्दाका बारे चाहिँ ठिक भनेनन् । चुनाप पछि अाउने केपी अोली नै हो । त्यसपछि अहिले दवाइएका, उल्टाइएका, खारेज गरिएका सप्पै मुद्दा ब्यूतिन्छन् । नेपालका अदालत र अन्तराष्ट्रिय मञ्चमा ती मुद्दाले प्रमुखता पाउने छन् । सुशासन र कानुनी राज्य यही मुलुकमा स्थापना हुने छ । कि कसो भिरघरे दाइ !

सण्डे भाइको कुरो वेठिक होइन । यी मुद्दाहरू दबाउनु हुदैन । जसले अपराध गरेको हो त्यसले कानुनको कठघरामा उभिनै पर्छ ।

हेर भिरघरे ! बटारिएर चिमोटएको कुरो नगर । हाम्रा नेता जति सप्पै जेलमा परुन भनेर तँ धूप हाल्दैछस् । एमालेहर्लाई लागेको मुद्दा चाहिँ उठाउनु पर्छ । अरु हाम्रा, कांग्रेसका, बाबुरामका र माधवका पार्टीका नेताहर्लाई लागेको मुद्दा जति सप खारेज गर्नुपर्छ । अाफ्नो हात जगतनाथ नगरे अब हुदैन । यो मुलाङ कोरोनाले पो एकातिर अर्कोतिर असहयोग ग-यो !

सहयोग चाहिँ के ग-यो काका ! मान्छे बिरामी भर सोत्तर भा छन् । तिमी चाहिँ सहयोग गरेको छ भन्छौ । कसरी सहयोग गरेको छ ?

तँ कुरै बुझ्दैनस् सण्डे ! कोरोनाको कारण देखाएर चुनाप सुनाप एक दुई वर्षपछि धकेल्न सकिन्छ । त्यस विचमा हामी संगठनको काममा जोडले लाग्छौं । एमालेका नेता कार्यकर्ता खातखुत पारेर हाम्रोमा ल्यार हाल्छौं । कांग्रेसका पनि कतिपय हुल बाँधेर अाम्ने हुन । यता  नेकपा समाजवादी त कहिले माअोवादीमा विलय हुनेर हाई सञ्चोले बस्ने भन्दै खुट्टा उचाली राछ । त्यसैले कोरोना नभएनी चुनापको मिति हाम्रो काम्रेडहर्ले सार्छन् ।

नाप्पियो तिम्रो कुरा ! कांग्रेसको बैशाखी खुस्किएको दिन दिउसै तारा देख्ने छौ । अझै एमालेका, कांगेरसका कार्यकर्ता टेको लगार थामेको जिर्ण घरमा बस्न अाम्छन भनेर पो कल्पना गर्दै रान । यस्ता वतासे गफ गर्नेहर्को पनि संगठन हुन्छ ? वाइयात ! अझै चुनाप सार्नु पर्ने अरे !

हाम्रो कांग्रेसले सार्न दिदैन ।  पानदले गठबन्धन च्यातेर, तिमारूको वेहाल बनार देउवा दाइले चुनापको मिति घोषणा गर्छन् । तिमारूले गर्दा एमसिसीमा कांग्रेस बदनाम हुदैछ । तिमारू कुनै पनि निर्णय गर्न शक्तैनौ । हुन्छ पनि भन्न सक्तैनौ हुन्न पनि भन्न शक्तैनौ । अब तिमारू होइन अोली र देउवा नै मिल्नुपर्छ ।  यिनका कुरा सुनेर हुदैन सण्डे ।  हिड् झरौ उभिण्डे तिर । काका !

जै नेपाल !

Facebook Comments