परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

हाहाss उखाने भन्दा, हाम्रै गु खाने ठिक

फुटानी

देखिस् भिरघरे हाम्रो महान राष्ट्रनायक काम्रेड प्रचण्डको कुशाग्र वुद्धि ! नेपाली जनता दक्षिणतिर फर्किएर आफ्नो देशको सीमा मिचिएको कुरा गर्थे देउवालाई भनेर उत्तरतिर फर्काइ दिए । प्रचण्डको दिमाख बलियो, माहिर र भएङ्कर तगडा खालको छ ।

हो नि विध्वंसे काका ! माहिर त माहिर हुन्, तर नेपाली जनताले पत्याउनेसम्म मात्र गरे हुने । हाम्रो सभापति देउवा दाइलाई छिमेकी राष्ट्रसंग समान सम्बन्ध स्थापित गर्नुपर्छ भनिदिए होला । लौ जा त भनेर ‘उत्तरतिर फकाई दिए’ देउवा दाइले । महाकालीमा जय सिंह धामी मारेको र लिपुलेक, लिम्पियाधुराको विषय उठान गर्नु भन्दा मोहोरी नै अर्कोतिर फकाई दिएपछि जनता त्यतै भुल्छन् । कि कसो सण्डे भाइ !

भिरघरे दाइले भनेको ठिकै हो । कम्फर्टेवल सरकारले गर्ने कामको थालनी भयो । अब एमसिसीको चास्नीमा प्रचण्ड र देउवा दाइ निथ्रुक्क रुझेपछि झन अर्को खालको चर्तिकला सुरु हुन्छ । बिचरा माधव नेपाल ! प्रचण्ड र देउवाको टाङमुनी छिरेर निसासिए । खै के हेरेर बसेका छन् ?

के हेरेर बस्नु नी ! देखिनस् एमालेको प्रदेश सांसदहरु गुटुङटुङ पारेर आफ्नो पार्टीमा ल्याए। हाम्रो प्रचण्ड काम्रेडको पैसा भए पनि उनारु माधवकै पार्टीका त भए नि ! पछि हाम्रै माओवादीमा विलय हुने त हो !

हेर विध्वंसे काका ! हाम्रो जय सिंह धामीलाई देखी देखी भारतीय सेनाले मा¥यो । हाम्रै सशस्त्र प्रहरीको वेश क्याम्प माथि भारतीय हेलिकेप्टर उडाको उडायै गर्छ । अनि मेरै पार्टीको सभापति प्रधानमन्त्री देउवा दाइ भने गृहमन्त्रालयबाट आफ्नै परराष्ट्र मन्त्रालयतिर पत्र लेखेर पठाउँछन् । अब परराष्ट्रले स्थानीय मन्त्रालयलाई, स्थानीयले प्रदेशलाई, प्रदेशले गाउँपालिकालाई, गाउँ पालिकाले वडा कार्यालयलाई लेखे पछि सबै कुरा ‘ढिसमिस’ हुन्छ । यता दक्षिणतिर हाम्रो भू–भाग मिचिएको छ ‘उता उत्तरतिर खोज्नु’ भनी दिन्छन् ।

हेर भिरघरे ! जसले जे भने पनि हामीले अम्रिका र भारतसंग निहुँ खोज्नु हुँदैन । हाम्रो प्रचण्ड काम्रेडले धेरै अगाडि नै दुईवटा कुरो भनेका छन् । एउटा यो भारतका लागि कम्फर्टेवल सरकार हो । अर्को एमसिसीको विरोध नगर्नु । वास्तवमा यो सरकार भारतको हितमा (नेपालको होइन है) उभिनुपर्छ र अर्को यो सरकाले एमसिसी पास गर्नु पर्छ । यो दुवै काम प्रचण्ड र देउवाको हितमा छ ।

हौ काका ! लिम्पियाधुरा, कालापानी र टिंङकरमा हाम्रो भू–भाग मिचिएको सबैले देखेकै छ । अस्तिमात्र महाकालीमा हाम्रो जय सिंह धामीलाई मारे । अहिले अनधिकृत रुपमा हाम्रो देशमा भारतीयहरुले हवाई गस्ती गरिरहेका छन् । त्यसको पनि विरोध नगर्ने हो भने यो सरकार भारतको कारिन्दा हो भनेर घोषणा गर्दा भै गयो नि !

मेरो कनसिरी तात्तिने कुरो नगर सण्डे ! घोषणा गर्नु पर्छ भन्ने छैन । ‘कम्फर्टेवल’ भनेपछि बुझ्नु पर्छ । नेपाली जनताको दिमाख उत्तरतिर लगाई दिएपछि टन्टै साफ!

हेर–हेर यी बुढाको कुरो ! दक्षिणको समस्या उत्तरतिरको हुम्लाको मांखामा समाधान खोज्ने ! यसैलाई भन्छन् ‘काम कुरा एकातिर, प्रचण्डको झोला बोक्न माधवतिर’ भनेर ।

यो झुम्री पनि नबुझी बोल्छे । तँ ओलीको पक्ष लिएर बोल्नेको कसैले विश्वास गर्दैन । यो मुलुकमा हाम्रो प्रचण्ड काम्रेडले बोले पछि सकियो ! त्यसै अध्यादेश ल्याको हो र !

हेर्दै जाउ काका ! यो अध्यादेशको बाटोले कहाँ पु¥याउँछ र तिमारु कहाँ पुग्छौ भनेर । अहिले नै माधवतिर गएका सुदुर पश्चिमकाहरु ‘हामी आफ्नै पार्टीमा फर्कन्छौ’ भन्न थाली सके । अब सबै तिरकाले त्यही भन्छन् । अनि देख्छौ ।

हेर भिरघरे ! तिनारु फर्किन मिल्दैन । एमालेबाट माधवको पार्टीमा आउन र महन्थको पार्टीबाट उपेन्द्र यादवकोमा जानको लागि मात्र अध्यादेश ल्याएको हो । अन्य कुरामा यो अध्यादेश लागु हुँदैन । यो भनेको अग्रगामी अध्यादेश हो । ओलीले ल्याउन खोजे जस्तो प्रतिगामी होइन । एमाले फुटाउने अध्यादेश हो, जुटाउने होइन ।

भिरघरे दाइ ! एमसिसीको के गति होला ! अनि यो सरकार, प्रचण्ड–माधवहर्को स्थिति के रहला ! अब यो अवस्था जटिल बन्ला जस्तो छ । कि संसद विगठन गरेर जान्छन् चुनापमा ! म त चालामाला निको देख्दिन । विध्वंसे काका यस्तो कुरो बुझ्दैनन् ।

सण्डे भाइले भनेको कुरो ठिकै हो । जसले जति भने पनि, जति मच्चिए पनि, थच्चिए पनि ठूलो पार्टी भनेको एमाले नै हो । माधवले पार्टी फुटाउँछन् भनेको थियो चोइट्याए मात्रै । अब एमालेले सदन चल्न दिन्छ कि दिदैन ? एमसिसी के गर्छ ? जय सिंह धामीको बारेमा सरकारको सातो लिएको छ । त्यसको जबाफ एमालेलाई देउवाले दिनु पर्छ । अहिलेको हाम्रो कम्फर्टेबल सरकार भारतसंग बोल्न सक्तैन । कमसेकम मोदीलाई फोन गरेर लाश खोज्न देउ, तिम्रो अपराधीलाई कारवाही गर, अनि मृतकको परिवारलाई क्षतिपूर्ति देउ त भन्न सक्नु पथ्र्यो । त्यो पनि सकेनन् ।

तँ काँग्रेसको नेता भएर पनि ओलीको समर्थन नगर भिरघरे । हाम्रो राष्ट्रनायक काम्रेड प्रचण्डले जे भन्छन् ओलीले पनि त्यो मान्नु पर्छ । हाम्रो महान काम्रेड, सर्वहारा वर्गका नेता, उच्च छलाङ र अग्रगामी अध्यादेशका जन्मदाता, कम्फर्टेवल सरकारका परिकल्पनाकार, जननायक प्रचण्डले भनेको नमान्ने को छ ? ओलीले हाम्रो विरोध गरेर हुन्छ । जनता जति गुटुङटुङ हाम्रो माओवादीको पक्षमा आम्छन् ।

हौ काका ! आएनन भने के धर्नासो खुस्काउँछौ ? तिमीले प्रचण्डको प्रशसां गर्दा एउटा कुरा छुटायौ । सत्रहजार जनताका ढुकढुकी आफैंमा सहमाति गरेका नेता पनि भनन् । हेर म काँग्रेस भए पनि भन्छु एमाले भन्ने पार्टी सबैभन्दा ब्यवस्थित छ । प्रतिबद्ध कार्यकर्ता छन् । टोल टोलमा कार्यकर्ताको जत्था छ । अहिले पनि उनारु गाउँ गाउँ भेला गर्दै हिडेका छन् । तिम्रो यो गाउँमा सात भोट आउँछ । हाम्रो तीन हजार अनि एमालेको नौं हजार होइन ! तिमी हामी कुरा दोचारेर बस्छौं उनारु संगठन गर्न हिड्छन् । तिमी विरोध गर्न जान्दछौ, तर्क गर्न जान्दैनौ । पढेको छ भन्छौ, भुत्लोभाङ केही बुझ्दैनौं । त्यसकारण आफूले जे जानेको छ त्यही मात्र बोल !

तँ मुलाङले भनेर हुन्छ ! हाम्रो माओवादी भए पछि त्यसै जान्ने हुँइन्छ । तर्क न सर्क अर्काको कुरा सुन्ने र बुझ्ने माओवादीले गर्दैन ।

हो काकाले ठिक भने हौ भिरघरे दाइ ! माओवादी कार्यकर्ताले ओलीलाई गाली गर्दै प्रचण्डको प्रशंसा गर्दा के भन्छन् थाहा छ– ‘उखाने भन्दा, हाम्रै गु खाने ठिक’ । अनि यस्तासंग के तर्क गर्नु !

यस्तो कुरो हाम्रो विध्वंसे काकालाई मन पर्दैन । हिड घर जाउँ । लौ काका ।

जै नेपाल !

Facebook Comments