तिलस्मी राष्ट्रकविको सम्झना
थुप्रै परी कथाहरूमा जस्तै एउटा केटाको वास्तविक जीवनमा पनि हुन्छ अविश्वनीय चमत्कार। टाढाको दूर गाउँमा जन्मेर र यावत कठिनाइका बावजुद शिक्षा सुरु गरेपछि पनि कुनै व्यक्तिले सम्मानित कलेजबाट डिग्री हासिल गर्न सक्छन्। सुरुमा रामायणको कथा सुन्दा लठ्ठ पर्ने गरेका लजालु बालकले सयौं उत्कृष्ट कविता लेख्न सक्छन् र विश्वव्यापी रूपमा ख्याति कमाउन सक्छन्। यसबाहेक, राष्ट्रकवि सम्मान लगायत थुप्रै प्रतिष्ठित साहित्यिक पुरस्कारहरू पनि हासिल गर्न सक्छन्। वास्तवमा भन्ने हो भने, यो काल्पनिक कथा होइन। उनी हाम्रा चमत्कारिक राष्ट्रकवि माधव प्रसाद घिमिरे बाहेक अरू कोही होइनन्।
उनले आफ्नो मृत्युबारे यति अचम्मको भविष्यवाणी गरे कि तिनको मृत्युपछि पनि सबैजना चकित परे। एक राम्रो दिनमा सबैभन्दा अग्लो चुचुरा भएको देशमा सूर्यको किरणले बिदाइ गर्दा तिनी सुन्दर ढंगमा ब्रम्हलील हुन इच्छुक थिए। ‘मालती मंगले’, ‘शकुन्तला’, ’हिमलवारी हिमलपारी’, आदि उनका प्रमुख रचनाहरु हुन् । निरन्तर असल मनोवृत्ति र लेखन कार्यमा तल्लीन कवि धिमिरेले सय वर्षभन्दा बढी सांसारिक जीवन बिताएर स्वर्गवासी भएका छन्। तर, माधवप्रसाद घिमिरे उर्फ सेतु नेपालीको मन-मुटुमा युगौंदेखि निरन्तर रहने छन्।
वि.सं. १९१९ कात्तिक २२ गते प्रकृतिको काख लमजुङ जिल्लाको पुस्तुनमा जन्मिएका उनी पुराना पुस्ताका नेपाली कविहरू मध्ये प्रमुख थिए । संस्कृत साहित्यका कालिदास र भारतीय साहित्यकार रवीन्द्रनाथ ठाकुरबाट उत्प्रेरित भएर घिमिरेले विभिन्न कविता, साहित्यिक कृतिहरु लेखे अनि नेपालको पहिलो राष्ट्रिय दैनिक गोरखापत्रको सम्पादक भएर काम गरेका थिए । न्वारानको नाम तोपप्रसाद र सेतु बोलाउने नाम थियो। पछि एक संस्कृत शिक्षकले पुस्तकका अगाडिको गातामा लेखेपछि उनले आधिकारिक नाम माधवप्रसाद घिमिरे पाए । रामायणको कथा सुनेर रोमाञ्चित हुने उनी साहित्यतर्फ आकर्षित भए । उनको जीवनमा वियोगको सुरुवात कलिलो हुँदा आमा गुमाएर भयो । बाबु पनि अन्त कतै कार्यरत भएकाले संयुक्त परिवारमा उनको राम्रो हेरचाह नभई घृणा हुन्थ्यो ।
बाह्र वर्षको छँदा उनका बुबाले उद्वार गरेर उनलाई दुराडाँडामा लगे । जहाँ उनका एक जना ठूलीमा बस्ने भएकाले उनलाई स्थानीय विद्यालयमा भर्ना गरियो र औपचारिक शिक्षा सुरु गरियो। उनले १४ वर्षको उमेरमा गौरी पोखरेलसँग विवाह गरे, उनका आमाबाबु उतातिरका कुलीन थिए । त्यसैले उनले ससुरालीतिर पढ्न थाले। तर, तीन वर्षपछि गोप्य रुपमा त्यो ठाउँ छाडेर रानीपोखरी स्कुलमा भर्ना हुन आइपुगे। पछि उनी उच्च शिक्षाका लागि बनारस गए, एक सम्मानित कलेजमा भर्ना भएर प्रथम श्रेणीमा शास्त्री पास गरे।
संस्कृत पढ्दा उनी रमाउँथे तर नेपाली भाषा प्रकाशिनीले प्रकाशित गरेका पुस्तक पढ्ने मौका पाएपछि मात्र उनले कविता नै लिखित विषय हो भन्ने रहस्य थाहा पाए । उनले उत्निखेरै आफ्नै कविता रचना गरे तर त्यो त्यति राम्रो भएन। त्यो कुरा एक जना विशेषज्ञलाई देखाइएपछि तिनले त्यसको गुण र अवगुण खुट्याइदिए। त्यसपछि माधव प्रसाद घिमिरेले यो कुरा थाहा पाएपछि कहिल्यै पछाडि फर्केर हेरेनन्। उनले प्रायजसो कविताहरु छन्दमा लेखे। उनकी दोस्रो पत्नीको नाम महाकाली शर्मा हो जसले थप ६ सन्तान उपहार दिइन्। लेखक हुनुको अलावा तिनले सम्पादक र तालिम प्राप्त शिक्षकको रूपमा पनि सेवा गरे। उनले सुरुमा साधारण सदस्यको रूपमा रोयल नेपाल एकेडेमीमा काम सुरु गरे जहाँ पछि चान्सलर समेत भए।
उनी जीवनको अन्तिम अवस्थासम्म एक महाकाव्य ऋतम्भरा रचनामा जुटेका थिए । उनी गोरखा दक्षिणबाहु, त्रिभुवन प्रज्ञा पुरस्कार, साझा पुरस्कार, आदि प्राप्त गर्ने गौरवशाली कवि थिए। पछि उनलाई नेपाली सेनाका मानार्थ कर्नेल पनि बनाइयो । सबैभन्दा महत्वपूणर् कुरा, नेपाल सरकारले उनलाई २६ सेप्टेम्बर २००३ मा राष्ट्रकवि बनायो। नेपालको तरल राजनीतिमा जारी परिपाटी परिवर्तनको बावजुद उनी अप्रभावित रहे र जीवनभर राष्ट्रवादको अंकुरण गर्दै नेपाललाई एकीकरण गरिरहे। उनका सबैभन्दा उत्तम कविताहरू मध्ये एकबाट उध्दृतः
गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली
जय जय जय नेपाल सुन्दर शान्त बिशाल
कुनै समय नेपालको राष्ट्रिय गान भएको “गाउँछ गीत नेपाली’’ को उद्धरण भएकाले अधिकांश पाठकहरुले यो श्लोक सुनेका छन् । सानो भौगोलिक नक्साको बावजुद नेपाल अद्वितीय, शान्त र विशाल छ भन्ने कुरा उनलाई राम्ररी थाहा भएकाले चन्द्रमा र सूर्य (प्रकाशको स्रोत) बोकेका गैर-चतुर्भुज झण्डा उठाएर नेपालीहरू गाउँछन्। यो कविता रेकर्ड भएपछि चर्चित गीत भएर रेडियो र टेलिभिजनमा निकै बज्यो । यसले अझै पनि राष्ट्रिय मनोभाव जगाएर जागृत गर्छ। यसमा भनिएको छ, नेपालीहरु पहिला सगरमाथाको शिखरमा पुगेका थिए। नेपालका तेन्जिङ शेर्पाले पहिलो पटक यो आरोहण गरेकोमा कवि औधी गौरवान्वित छन् ।
कविताको अर्थ यतिमा मात्र सीमित छैन । यसले नेपालीहरू सधैं नयाँ नयाँ कुरा देख्ने, गर्ने र बनाउने अग्रगामीहरू हुन् भन्ने सन्देश दिन्छ।
बालसाहित्य लेखनमा पनि राष्ट्रकवि उत्कृष्ट छन् । उनले थुप्रै गीतहरू रचना गरेका छन् र ती मध्ये प्रायजसो केटाकेटीको ओठमा टाँसिएका छन्। गौरी सहितका अधिकांश कवितामा माधवप्रसाद घिमिरेले छन्द प्रयोग गरेका छन् । कविता मिटर पद्य वा पंक्तिको आधारभूत लयात्मक संरचना हो । घिमिरेको काव्य शैली मुख्यत यही शैलीमा आधारित थियो। यो शैलीले लयलाई निश्चित मिटरसँग मिसाउँथ्यो। उनका रचनामा देशभक्ति देखि प्रकृतिको सौन्दर्यसम्मका विषयवस्तुहरु समाविष्ट थिए । उनको अर्को सर्वोत्तम रचनाको एक अंशः
धर्ती यो हरियो थियो, सगरका तारा उज्याला थिए
मेरै प्रीति सुहाइ कान्तिपुरका सन्झ्याल अग्ला थिए
छाया आज पर्यो, छिप्यो छवि कहाँ, के देख्नु मैले पर्यो
आँसूमा अब चिप्लियो कलम यो, के लेख्नु मैले पर्यो !
सुरुमा उनले आफ्नो समयको काठमाडौंको प्रसंग तय गरेका छन्। भूमिमा हरियाली थियो, आकाशका ताराहरु चम्किला थिए। राजधानी सहरका अग्ला-अग्ला झ्यालहरूले तिनको प्रेमको उपयुक्ततालाई उत्प्रेरित गर्यो। अचानक त्यस दिन कालो छायाँ पर्यो र त्यो छायाँ लुकाइयो र तिनले त्यो देख्न सकेनन्। तिनले लेख्नु परेकोले गर्दा त्यतिबेला तिनको कलम आँसुले चिप्लियो। तिनकी प्यारी पत्नी गौरीको मृत्यु हुँदा दुई जना छोरी र तिनको मन बेजोडले टुट्यो। समय नपुगी मृत्यु भएकी उनकी जेठो पत्नीको सम्झनामा उनले शोक काव्य लेखे। यसलाई व्यापक रूपमा कविका उत्कृष्ट कृतिहरू मध्ये एक मानिन्छ; गौरी सबैभन्दा लोकप्रिय कृति पनि हो।
नेपाली कविता, गीत, गीति नाटक, निबन्ध र बालसाहित्यको सिर्जनामा रेकर्ड कायम गरेका राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाली काव्यजगतमा अतुलनीय योगदान गरेका थिए । त्यसो त देशले पनि उनको यथोचित उच्च सम्मान गरेको थियो। सायद यस प्रकारको देशव्यापी सम्मान ग्रहण गर्ने कवि लेखनाथ पौड्याल पछिका उनी भाग्यमानी स्रष्टा हुन् ।
यदि कसैले प्रकृति र मानिसहरूसित सम्बन्ध राख्न सकेनन् भने तिनले आफ्ना भावनाहरूलाई वर्गीकरण गर्न सक्दैनन्। कवि एक पात्र हो जसले चारैतिरबाट प्रेरणा लिन्छ र शब्दहरूबाट चित्र कोर्छ। “भँगेरा र भँगेरी” ले त्यस्ता दृश्यहरू निर्माण गर्छ जसले गर्दा वालवालिकाले समेत यसबाट मनग्य आनन्द लिन्छन् किनभने लाखौं केटाकेटीले यसलाई आधारभूत स्तरको विद्यार्थीको रूपमा पढिसकेका छन्ः
कुरा गर्छन् कसरी
भँगेरा र भँगेरी ?
चुरचुर गर्छ भँगेरो
चिरचिर गर्छे भँगेरी।
राष्ट्रकवि भाले र पोथी भँगेराका क्रियाकलापहरूलाई सरल र स्पष्ट शब्दमा मुखरित गर्छन्। तिनले लाक्षणिक भाषा प्रयोग गरेका छन्, मुख्यतयाः अनुरणात्मक शव्दका प्रयोग गरेर । तैपनि यो बुझ्न र सम्झन सजिलो छ। घिमिरेको यो विशेषता हो जुन उनका धेरै समकालीनहरूमा अभाव छ र यसरी उनी अझ सफल र लोकप्रिय छन्। नेपाली साहित्यमा राज गर्न जन्मिएका उनले सानै उमेरमा कविता लेख्न थाले । गुरुको हौसला लिएर उनले आफ्नो एउटा सिर्जना गोरखापत्रलाई पठाई त्यसलाई प्रकाशित गराएपछि उडान सुरु गरेका थिए। कृष्ण शम्शेर र बालकृष्ण समलाई भेटेपछि घिमिरेको जीवनशैलीले पूणर् मोड लियो। घिमिरेलाई ‘नेपाली भाषा प्रकाशिनी समिती’ नामक समितिमा साहित्यकारका रूपमा काम गर्न नियुक्त गरिएको थिए। उनले सिद्धिचरण श्रेष्ठ, केदारमान ब्यथित, गोपालप्रसाद रिमाल र लक्ष्मीप्रसाद देवकोटा जस्ता प्रसिद्ध साहित्यकारसँग मिलेर काम गरे । जसले उनलाई नामी साहित्यकार र कविका रूपमा विकास गर्न अभिप्रेरित गरे ।
गज्जबको कुरा राष्ट्रिय कवि माधवप्रसाद घिमिरेले मृत्युलाई उत्सवको रुपमा व्याख्या गर्दै गीत लेखेका थिए । तिनले आफ्ना एक जना छोरीलाई आफ्नो अन्त्येष्टिको दौडान गीत बजाउने र गीत गाउने प्रबन्ध गर्न निर्देशन दिएका थिए। तसर्थ, यो गत वर्ष धेरै मिडिया मार्फत केही हप्तासम्म प्रतिध्वनित भइरह्योः
त्यसरी होओस् मरण
जसरी सुत्छन् तारमा गीतका चारु चरण
हिमालचुली देशमा, दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम, सूर्यका स्वणर् किरण
त्यसरी होओस् मरण ।
उनले आफ्नो मृत्युबारे यति अचम्मको भविष्यवाणी गरे कि तिनको मृत्युपछि पनि सबैजना चकित परे। एक राम्रो दिनमा सबैभन्दा अग्लो चुचुरा भएको देशमा सूर्यको किरणले बिदाइ गर्दा तिनी सुन्दर ढंगमा ब्रम्हलील हुन इच्छुक थिए। ‘मालती मंगले’, ‘शकुन्तला’, ’हिमलवारी हिमलपारी’, आदि उनका प्रमुख रचनाहरु हुन् । निरन्तर असल मनोवृत्ति र लेखन कार्यमा तल्लीन कवि धिमिरेले सय वर्षभन्दा बढी सांसारिक जीवन बिताएर स्वर्गवासी भएका छन्। तर, माधवप्रसाद घिमिरे उर्फ सेतु नेपालीको मन-मुटुमा युगौंदेखि निरन्तर रहने छन् ।