परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

पन्छी !

पन्छी !

मलाई ईर्ष्या लाग्छ

तिम्रो स्वतन्त्रता देखेर ।

 

तिमी !

आकाशमा पखेँटा फैलाएर

निस्फिक्री उडिरहेको  देखेर

बादलमा डुवुल्की मारिराखेको देखेर

अनुमति कसैसँग लिनु पर्दैन

तिमीले कहीँ उड्न

मेरो पनि

तिम्रो जस्तै पखेटा भइदिएको भए

लुक्ने थिएँ बादलभित्र

म पनि

खेल्ने थिएँ

अन्य आकर्षणहरू

चाट

तिमीसँग लुकामारी ।

 

तर  बिर्सिछन् किन प्रकृतिले

मलाई तिम्रो जस्तै

पखेटा दिन

वा

झुक्याइन् उनले

मात्रै दुईवटा खुट्टा दिएर !

 

त्यसैले त

पन्छी !

मलाई इर्ष्या लाग्छ

तिम्रो स्वतन्त्रता देखेर

म तिमी जस्तै उड्न नसक्ने भएर !

Facebook Comments