परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

म अर्थात् चामलको बोरा नम्बर सात

वीरेन्द्रनगर, सुर्खेत । सुर्खेत विमानस्थल । २०६१ सालको असोज महिना । जहाँ मेरो दोस्रो न्वारान भयो । त्यो दिन, म बोरा नम्बर ७ भएको थिएँ । म बोरा नम्बर ७ भएर, वीरेन्द्रनगरमा हेलिकप्टर चढदै थिएँ । हवाई यात्रा थियो । खाँडीचौर, मान्मा, कालिकोट जानु थियो। तर, म मान्माबाट खलङ्गा, जुम्ला जाँदै थिए । खलङ्गा, जुम्लाको सदरमुकाम ।

म बोरा नम्बर ७ । सुर्खेत विमानस्थलमा चामलको बोरा भएर उड्न तम्तयार छु । मान्छे भएर उड्ने अवस्था छैन । म चढ्न भनेर सुर्खेत विमानस्थलमा तयार हेलिकप्टर पनि घाइते रहेछ । केही दिन अघि उनलाई दुई गोली दागिएको रहेछ। घाउ आलै थियो। हेलिकप्टरको अगाडि भागमा दुईवटा प्वाल परेको थियो । केहीबेरको पर्खाइ पछि म र मेरा सहकर्मी नारायण प्रसाई (बोरा नम्बर ६) अरु चामलकै बोराहरु माथि बसेर उड्दै थियौं ।

अहिले त मोटर बाटो पुगेको छ । त्यसताका बाटो र्पुयाउन भरखर कतै पहाड, पर्वत खोस्रिदै थिए । कतै विस्फोट गरिदँै थियो । कतै कतै सम्याईएको थियो । सम्म पारिएको ठाउँमा तिनै हेलिकप्टरले बोकेर लगिएको ट्याक्टर कुद्न थालिसकेको थियो । बाटो विकास धुमधाम थियो । सँगसँगै, अर्को विस्फोट पनि पड्किन छाडेको थिएन ।

माओवादी शसत्र युद्ध चलिरहेकै थियो । वातावरण अशान्त थियो । बन्न लागेको बाटो र बनिसकेको बाटोमा हिड्ने अवस्था थिएन । मानिस घर छाडेर हिडेपछि फेरि घर फर्कन सक्ने अवस्था थिएन । गाउँबाट भागेका र लखेटिएकाहरु सदरमुकाम वा त्योभन्दा अर्को ठूलो र सुरक्षित मुकाममा खुम्चिएका थिए । उनीहरु वीरेन्द्रनगर, मान्मा र खलङ्गामा कि त आफन्तका, कि अस्थायी टेण्टको शरणमा थिए । आफ्नै मातृभुमीमा शरणार्थी बनेका थिए । द्वन्द्वका घाइतेहरु कोही शहर पसेका थिए, कोही जङ्गल छिरेका थिए । उनीहरुको घाउमा मलम उनकै आँखाबाट झर्ने आसु थिए र टोलाएका आँखाहरु आशाको पट्टी बनेका थिए।

म बोरा नम्बर ७ । सुर्खेत विमानस्थलमा चामलको बोरा भएर उड्न तम्तयार छु । मान्छे भएर उड्ने अवस्था छैन । म चढ्न भनेर सुर्खेत विमानस्थलमा तयार हेलिकप्टर पनि घाइते रहेछ । केही दिन अघि उनलाई दुई गोली दागिएको रहेछ। घाउ आलै थियो । हेलिकप्टरको अगाडि भागमा दुईवटा प्वाल परेको थियो । केहीबेरको पर्खाइ पछि म र मेरा सहकर्मी नारायण प्रसाई (बोरा नम्बर ६) अरु चामलकै बोराहरु माथि बसेर उड्दै थियौं । ती मध्ये एउटा बोरा नेपाली टाइम्सका सम्पादक वरिष्ठ पत्रकार कुन्द दिक्षित (कुन्द दाइ) र अर्को बोरा मिनबहादुर शाही थिए । यात्राका लागि हामीले हाम्रै देशका लागि भिसा लिईसकेका थियौं । त्यो भिसा कहाँबाट र कसरी लागेर आयो, मलाई थाह छैन ।

घाईते हेलिकप्टरमा करीब बीस बाइस मिनेट सुर्खेतका पहाड अनि दैलेखको म्हाबु लेक नियाल्दै थियौं । अजङ्गको म्हाबुको लेकले सँधै तर्साउँछ । धेरैचोटी आकाशको यो बाटो हिड्दा जहाजले म्हाबुलाई चुम्नै खोजेको भान हुन्छ । मनै सिरिङ्ग हुन्छ । म्हाबुको पत्थर पर्वतमा हिउँका थुम्का थिए । नाङ्गो लेकमा बोट बुट्यान कहिल्यै देखिन्न । खैरो ढिस्कोलाई पूर्व पारेर हाम्रो हेलिकोप्टरले पार लगायो । करीब बीस बाइस मिनेट आकाशमा उडेपछि, डाँडामा एकहोरो घरहरुको लामो लाइन देखियो । मान्मा बजार हामीलाई नै पर्खिरहेको जस्तो लाग्यो । बजारको पूर्व अग्लो ढिस्को, खाडीचौरलाई हेलिप्याड बनाइएको रहेछ । मुश्किलले त्यहीँ हेलिकप्टर अट्ने ठाम ।

यात्रु वोकेर उडेका भए पो आफन्तहरु आफ्नालाई लिन आउनु, स्वागतमा आउनुु यही सोच्दै थिएँ । तर, हेलिप्याडमा मान्छेको भिड देखेपछि मेरो भ्रम टुट्यो । आउने पो कोही नहुने, जानेको त भिड लागेकै रहेछ । कसैलाई यो रणभुमीमा आउनु छैन, सबैलाई यहाँबाट जानु छ । यहाँबाट भाग्नु छ । यथार्थ हामी सामु तेर्सियो। त्यहाँ लिन आउनेहरु पनि रहेछन् । तर,आफन्त होइन, अन्न । अब मलाई होस आयो । मैले यहाँ अरुको मुखको गाँस खोसेको हेक्का भयो । नरमाइलो लाग्यो । दुख लाग्यो । आफैंलाई अलिकति धिक्कारेँ ।

यसअघि पनि कर्णाली क्षेत्र धेरै घुमिसकेकोले यहाँ चामलको महत्व मलाई थाह थियो । अन्नको महत्ता थाह थियो । अहिले त झन अशान्तिको समय थियो । भएका थोरै खेत पनि खोस्रिन नपाएको कति भयो । अलिअलि फल्ने खेत पनि बाँझै छ । उनीहरुले आफ्नो घरखेत नदेखेको धेरै भइसक्यो । हल्लाहरुमा उनीहरु गाउँको खबर थाह पाउँछन् । को हो, को को आए । हस्याङ फस्याङ गर्दै चामलका बोरा टिपेर लगे । चामलका नक्कली बोरा हामीमात्रै हेलिप्याडमा ठिङ्ग उभिएका थियौं । लाग्यो, जीवनभर मनपात्रोमा यो नाम गाढा हुनेभयो । कहिल्यै मेटिने भएन । ती नम्बरका चामल बोरा अहिलेसम्म मान्मा पुगेका छैनन् । तामेलीमा छन् । रेकर्ड पल्टाउने हो भने (म) बोरा नम्बर ७ अहिलेसम्म पनि मान्मामा दाखिला छैन । कथम्कदाचित यात्रामा हेलिकप्टर बीचमै दुर्घटनामा परेको भएपनि, चामलका बोरा ध्वस्त हुने थिए । बोरा नम्बर ६ र ७ ध्वस्त हुन्थ्यो । हाम्रो अस्तित्व पनि त्यसरी नै बिलाउँथ्यो । हामी मरेको कसैले थाहा पाउने थिएन्। शायद, संसार वेखवर हुनेथियो ।

मान्मा छाड्न आँतुरहरुको तछाड्मछाड भिड मध्येका केही भाग्यमानी अनुहारहरुलाई बोकेर हेलिकप्टर फर्कियो । एकैछिनमा, हामी आएतिरकै आकाशमा विलायो। सुनसान हेलिप्याडमा अब हामी नक्कली बोरा नम्बर चामलमात्रै वाँकी थियौं । खाडीचौरको डाँडामा उत्तरी चिसो हावामा कर्णाली मिसिएको थियो । डाँडाबाट मेरो नाकै मुन्तिर मान्मा लम्पसार परेर मलाई पर्खिरहेको थियो । एकरातको गाँसवाँसको व्यवस्था भयो । घरका छतहरुबाट धुवाँको लर्को उडिरहेको थियो । बजारमा भने चहलपहल थिएन । थोरै मान्छे तर धेरै कथा बोकेर हिडिरहेका भान हुन्थ्यो ।

अन्य आकर्षणहरू

गाउँ यात्रा

जुम्लामा हल्ला हमला

जुविथामा खल्बल

छर्लङ्ग सम्झना

चियापसलहरुमा भने मानिस कोच्चिएर बसेका देखियो । मुखले भन्दा संकेतको भाषा बोलिरहेका थिए । धेरै बोल्दा पनि डराउनु पर्ने । हरेक नयाँ अनुहारमा नयाँ शंका थपिने अवस्था रहेछ । हामी शंकै शंकाको थुप्रो बनेका थियौं । हाम्री बारे स्थानीय बासिन्दा आफ्नो सहजतामा अडकल काट्दै थिए । उनीहरुको अडकल हामीसम्म आईपुगेन । हामीले पनि सोधेनौं । केही क्षणको अवलोकन, भेटघाट र यात्रा योजनामै मान्मामा मध्यरात हुनेबेला भइसकेछ ।

छ बजेपछि घरबाट निस्कन सख्त मनाही छ । कडा कफ्र्यु छ । गोली हान्ने अधिकार पाएका सुरक्षाकर्मीमात्रै सडकमा हुन्छन् । बजारका चार कुनामा सेनाका आँखा अझ सतर्क हुन्छन् । बजार भित्र र बाहिर उनका चील आँखा चनाखो र सतर्क हुन्छन् । ६ बजेको साँझपछि, त्यही अँध्यारो र चिसो कोठाको कुना कित्ता काटेर रात काट्यौं । सबै मौन निन्द्रामा छौं । बोल्न पनि डर छ । जताततै चकमन्न छ । बिहानै उठनु थियो । उठयौं ।

मेरा सहकर्मी नारायण र मेरो यात्रा उद्देश्य भने अर्कै थियो । शसस्त्र युद्धबाट विस्थापित र कर्णाली राजमार्गको मान्मा–खलङ्गा खण्ड छायाँकङ्न । विस्थापितहरुलाई भेटनु । उनका अन्तर्वार्ता लिनु । बाटोमा भेटिए जति यथार्थ भिडियोमा कैद गर्नु । बिहान उठ्ने बित्तिकै हामी हाम्रो काममा सक्रिय भयौं । घामको उदयसितै हाम्रो जम्काभेट गस्तीमा हिडेका हतियार बोकेका सेनाको लामो लस्करसित भयो । मान्माको सरकार यिनकै हातमा रहेछ । उनीहरुको अनुमति विना पत्ता पनि हल्लिने अवस्था थिएन । उनीहरुको उपस्थिति स्थानीयका लागि सुरक्षाको आभाष थियो वा त्रासको यसबारे मान्मावासीले हामीलाई बताएनन् ।

त्यसै त एउटा थुम्कोमा अटाएको मान्मा सदरमुकाम । लखेटिएका, धपाइएका, डाँडो कटाइएका कालीकोटेहरुको भिडले झन साँगुरो थियो । कोठाहरु थपिएका छैनन्, भान्साहरु उतिनै छन् । तर सुत्ने र खानेहरु हरेक दिन थपिँदो छ । सबैतिर सबैमा उकुसमुकुस छ । साँगुरिएको मान्मा बजारमा अशान्त, आक्रोश र आशा थुप्रिएको छ । हरेक विहान यही अशान्त मनमा सेनाका बुट गडपगडप गर्दै गस्ती हिड्छन् । मान्माको विहान सितल होइन, राप बोकेर आउँछ । आशा होइन, अशान्ती बोकेर आउँछ । सबैका कान चनाखो रहन्छ। गाउँबाट अर्को अशुभ खबर सुन्न त पर्ने होइन !

रातभरको छिपछिपे वर्षात पछि खुलेको आकाशमा वादलका उज्याला टुक्रा थिए । पूर्वमा चम्किलो घाम उदाउँदो थियो । प्रकृति रमाएको थियो । छ्याङ्ग आकाश, उज्यालो धर्ती थियो । पश्चिम तर्फ तल सेतो धर्सा बनेर उत्तर पश्चिमबाट हुम्ली कर्णाली एकनासले टाढा बगिरहेको थियो । कुनैबेला म यो कर्णाली फेदी तिब्वतको राक्षस तालसम्मै पुगेको छु । राक्षस ताल मुल भएकैले हुम्ली कर्णालीलाई हुम्लामा अपवित्र मानिन्छ । हुम्ली कर्णालीमा पुजापाठ हँुदैन । यसबारे कुनै बेला सविस्तार भनौंला ।

मान्मामा हामीले धेरैजसो विद्यालय शिक्षक र फरक राजनीतिक दलका स्थानीय नेता, कार्यकर्ताहरु विस्थापित भएका भेट्यौं । फरक पार्टी वा माओवादी बाहेक अन्य दलहरु । सबैको एउटै दुखेसो थियो । घर भत्काए, कारवाही र सुराकीका नाममा आफन्तको हत्या, चन्दा आतङ्क, हिडडुलमा रोक नियन्त्रण । यिनै त्रास, डर र आक्रोस उनीहरु पोख्दै थिए । कतिका घर परिवार गाउँमै छन् । उनीहरु भने सदरमुकाममा शरणार्थी बनेका छन् । रातै पिच्छे बास र गाँस खोज्दै र फेर्दै जीवन बाँचीरहेका छन् । पारिपट्टि डाँडामा देखिने आफ्नो गाउँ वारि मान्माबाट हेरेर चित्त बुझाउछन् । यहाँ घाम लाग्दा, त्यहाँ घाम लागेको हेर्छन् ।

त्यसै त एउटा थुम्कोमा अटाएको मान्मा सदरमुकाम । लखेटिएका, धपाइएका, डाँडो कटाइएका कालीकोटेहरुको भिडले झन साँगुरो थियो । कोठाहरु थपिएका छैनन्, भान्साहरु उतिनै छन् । तर सुत्ने र खानेहरु हरेक दिन थपिँदो छ । सबैतिर सबैमा उकुसमुकुस छ । साँगुरिएको मान्मा बजारमा अशान्त, आक्रोश र आशा थुप्रिएको छ । हरेक विहान यही अशान्त मनमा सेनाका बुट गडपगडप गर्दै गस्ती हिड्छन् । मान्माको विहान सितल होइन, राप बोकेर आउँछ । आशा होइन, अशान्ती बोकेर आउँछ । सबैका कान चनाखो रहन्छ । गाउँबाट अर्को अशुभ खबर सुन्न त पर्ने होइन !

हामीलाई सेनाका कुरा पनि सुन्नु थियो । व्यारेक प्रमुखको आमन्त्रणमा बजार मुन्तिर चार किल्ला गाडेको व्यारेक पुग्यौं । व्यारेकका चिफले मान्मा–खंलगा सडक निमार्ण कार्य प्रगति सुनाए । सरकारले यो सडकको निमार्ण जिम्मा नेपाली सेनालाई दिएको छ । हामी मान्मा छाड्दै थियौं । केहीबेरको हिडाइपछि, बाटोमा गेट देखापर्यो। माओवादी ‘जनसरकार’को स्वागत गेट रहेछ । यो जनाउ पनि थियो, हामी अब माओवादी नियन्त्रित क्षेत्रमा छिर्दैछौं । सेना र प्रहरी पनि त्यही सदरमुकामको चार किल्लामै सिमित रहेछ । यो स्वागत गेट त्यसको पनि दह्रो प्रमाण थियो । अब ‘जन सरकार’ को शासन शुरु हुँदैछ । हामीले लगाएको प्रवेश भिसाको महत्व यहाँ आएर थाह भयो । यसअघि लुकाएर राखेको भिसा–चिल्कटो हामीले बाहिर निकाल्यांै । हामी भित्रको अन्यौल छेउछाउ सवत्र्र फैलियो । अब हामी नयाँ यात्रा थाल्दै थियौं ।

Facebook Comments