परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेपालीको सामर्थ्यलाई के भइरहेछ ?

चट्याङ-प्रहार

लिच्छवी या मल्लकालमा नयाँ मठ मन्दिर बनाउन शायद त्यति गाह्रो भएन

जति हामीलाई उनले बनाइदिएका मठ मन्दिर जोगाउन गाह्रो भइरहेछ

पृथ्वीनारायण शाहलाई नयाँ नेपाल बनाउन शायद त्यति गाह्रो भएन

जति हामीलाई उनले बनाइदिएको यो देश जोगाउन गाह्रो भइरहेछ

 

जङ्गबहादुरलाई नयाँ सीमास्तम्भ गाड्न शायद त्यति गाह्रो भएन

जति हामीलाई उनले गाडिदिएका सीमास्तम्भ जोगाउन गाह्रो भइरहेछ

राणा शासकहरूलाई नयाँ दरबारहरू बनाउन शायद त्यति गाह्रो भएन

जति हामीलाई ती दरबारहरूको मर्मत–सम्भार गर्न गाह्रो भइरहेछ

 

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

राजा महेन्द्रलाई प्रवासी नेपाली स्वदेश भित्र्याउन शायद त्यति गाह्रो भएन

जति हामीलाई स्वदेशका नेपालीलाई स्वदेशमै राख्न गाह्रो भइरहेछ

जति शान्ति, सम्पत्ति र संस्कृति पुर्खाले बनाएर गए

हामीलाई त त्यति जोगाउन र जोगिनै गाह्रो भइरहेछ

 

कत्रो थियो यो देश र कस्तो थियो  ?

कता जाँदै थियो र अहिले कता गइरहेछ ?

यो अधोगतिमा देश कसले लगिरहेछ ?

नेपालीको सामर्थ्यलाई के भइरहेछ ?

 

Facebook Comments