परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

माधव काम्रेडको नाम प्रतिपक्षीतिर !

फुटानी

यसपालि कडा खालको मौसमले गर्दा समय नै कडा भएर प्रस्तुत हुने बुझियो । मनसुन पनि कडा खालकै छरे ! सिन्धुपाल्चोकको मेलम्ची बजार, याङ्ग्री, हेलम्बु र मनाङको चामे पनि बगायो अरे । अब दार्जुलाको अर्को बजार पनि बगाएको खबर आउँछ । म्याग्दीको बेनी बजार पनि खोलामै छ भन्छन् । यसपालि गाह्रो बनाउँछ होला ! खोलमा घर बनाएर बस्ने चलन पनि मास्नु पर्छ होला । खोलामा घर बनाउदै सरकारलाई सराप्तै आफ्नै सम्पत्ति स्वाहाः पार्नु भन्दा त …!

हौ काका ! नमस्कार है ! हैन हौ काका ! यसपालि पनि उभिण्डे खोला त बौलार उर्लिएको छ त ! पानीको भेल त रुवाबासी डाडातिर फुङकारेर चड्दै छ ।

जता पनि त्यस्तै हो भतिज ! एक त मान्छे बेइमान भयो । प्रकृतिको दोहन पनि अति नै ग¥यो । अर्कातिर जलवायु परिवर्तनको असर पनि होला । अँ भिरघरे ! बरु भन काठमाडौंतिरको खबर के कसो छ ।

अस्ति विहिवार प्रतिपक्षी दलका पाँचजना नेताले विज्ञप्ती निकालेर राहात वितरण, उद्धार र घाइतेको उपचारका लागि सरकारसंग जोडदार माग गरेर विज्ञप्ती निकालेका छन् । सबै सञ्चार माध्यमले ‘प्रतिपक्षी दलका पाँच नेताको विज्ञप्ती’ भनेर प्रचार गरेका छन् । त्यसमा अरु त ठिकै हो माधव नेपालको नाम पनि प्रतिपक्षी दल नेकपा (एमाले) का वरिष्ठ नेता भनेर राखिएकोमा चैं अलि हाँस्न मन लाग्यो । त्यो चैं मिलेन ।

केको नमिल्नु नि भतिज । उनी अब एमालेको मात्र होइन स्वयंकै प्रतिपक्ष हुन । उनी निर्णय गर्न सक्तैनन् । अलमल गरेर बस्छन् । माओवादीले विश्वास गरेको बेला भर्लक्क पार्टी तोडेर आउनु पर्ने हो । तर, यी त लोतिखरे रान !

काकी ! यस बारेमा तिमी आफूलाई लागेको कुरा भन त ! माधव नेपाल अहिले प्रतिपक्ष दलका नेता हुन त । एमालेका वरिष्ठ नेता लेख्ने अनि प्रतिपक्ष दलको विज्ञप्तीमा सही धस्काउने ? आफैं एक्लै वक्तव्य निकाल्दा भई हाल्छ नि !

त्यैत भिरघरे ! एमालेको वरिष्ठ नेता पनि भन्ने प्रतिपक्षी पनि बन्ने ! अलि अलि त लजाउनु पर्ने हो । पार्टी छोड्दा पनि नछोड्ने पार्टीको निर्णय मान्दा पनि नमान्ने ! यस्तो पनि हुन्छ !

किन हुँदैन झुम्री ! हाम्रो पक्षमा लागेपछि नहुने भन्ने कुरा हुन्छ ? अब त माधव नेपाल एमालेको होइन, माओवादीको नेता हो । सबैले बुझे हुन्छ– दोस्रो पुस्ताका नेता फर्किए पनि माधव, भीम, मुकुन्द, युवराज ज्ञवालीहरु फर्किन सक्नु हुन्न । हाम्रो काम्रेडले मन्त्रणा गरी सकेका छन् ।

हौ काका ! माधव त अदालतले प्रतिनिधिसभा पुनरस्थापना गरे पनि, नगरे पनि जाने भनेकै माओवादीमा हो । पुनरस्थापना भए पनि सांसद पद उनको रहँदैन । संसदीय दल र केन्द्रीय समिति दुवैतिर ओलीकै बहुमत भएपछि उनको के लाग्छ र !

माधवको होइन, तेरो कांग्रेसको देउवा दाइको खबर के छ ? ओलीलाई हटाउन दह्रो खुट्टा टेक्छन् कि नाई ! त्यति भरपर्दा नेता त होइनन् ‘तर ठूलो पार्टीको नेताका कारणले हाम्रो प्रचण्ड, माधव, बाबुराम, उपेन्द्र जस्ता सबैलाई पार लगाउने भगवान उनै बनेका छन् !

प्रचण्ड र माधवलाई त भाग्यले दे’को थियो, कर्मले घँचेडेपछि कस्को के लाग्छ । हाम्रो केपी कमरेडको विरोधमा दाह्रा किटेर लागेपछि अदालतले पनि चिर्पटको प्रहार …!

के चिर्पटको प्रहार भन्छेस् झुम्री ! अदालतले ऋषि कट्टेललाई सर्लक्क मुद्दा हराई देको भए टन्टै साफ हुने थियो । जान्ने भएर लड्डु छदायो ।

अर्काको पार्टीको नाम (त्यो पनि दर्ता भै सकेको) जबरजस्ती गरेर अर्काले लानु राम्रो हो र काका ! कट्टेलले न्याय पाए भनन् । हुन त जित हाम्रो कांग्रेसको भयो हार तिमार्को भयो काका ! तिमार्लाई पनि भर थेग गर्दैछौं । सुदूरपश्चिम र कर्णालीको सरकार कांग्रेसले जोगाई दियो । पोखरा र लुम्बिनीमा हामीलाई सहयोग गरेको बदला तिमार्लाई त्यही हो ।

आ भिरघरे ! कता कता चित्त चैं दुख्छ । तर उपाय छैन । बागमती प्रदेशमा कलममा र लुम्बिनीमा हाम्रा राष्ट्रियसभा सदस्यका ठाउँमा कांग्रेसलाई जिताउन बाध्य भइयो । दुवै हाम्रै सिट हो । कुम जोडेर क्रान्ति गरेका बादल काम्रेडलाई हराउदा खुशी हुनु प¥यो ।

लुम्बिनीमा त हाम्रो कांग्रेसले जित्यो, बागमतीमा चैं स्वतन्त्रले बाजी मा¥यो । जे होस् काका ! तिमार्को पार्टी सकिदै गाको छ । अदालतको फैसलापछि तिमार्को पार्टी नराम्रोसंग सकिदै गयो पाँच जना प्रतिनिधि सदस्य, ६।७ जना प्रदेश सांसद ३४।३५ जना राम्रै नेता एमालेतिर लागे । माओवादी पार्टी भताभुङ्ग, लथालिङ्ग भयो ।

खिसीट्यूरी गरेर नबोल भिरघरे । अबको चुनापमा हाम्रै पार्टी ठूलो बन्छ । दोस्रो कांग्रेस, तेस्रो राप्रपा चौथो एमाले । बाबुरामजीले उपेन्द्रको पार्टी सोरपटार पारेर ल्याम्छन् । हाम्रैमा बिलय हुन्छन् । तराई–पहाड सबै हामी कब्जा गर्छौ ।

हो नि काका ! गफमा चैं तिमारु जित्छौ । काममा त कार्यकर्ता, नेता छैनन् जनताले पत्याउदैनन् उल्टोबाट जित्छौ । फैसला भएको २३ गतेसम्म चिच्याउने नारानकाजी जस्ता नेताले अहिले बोल्ने मञ्च समेत पाउँदैनन् । धन्न ओलीले राष्ट्रियसभामा लगिदिएका छन् ।

ठिक भन्यो भतिजले । ओलीसंग रहुनजेल उर्लिउर्ली, कुर्लिकुर्ली बोल्ने माओवादीका नेताहरु अहिले हराए । चुनापमा जाने हो भने यिनार्को जति विल्लिवाठ अरुको हुँदैन ।

वाइयात कुरो नगर झुम्री ! एमालेलाई समाप्त पार्ने ताकत हामीसंग छ ।

तिम्रो ताकत तिमीसंगै राख काका ! म लागें घरतिर ।

जै नेपाल !

Facebook Comments