परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दुईत्याई अर्थात् दुई तिहाई

दुइत्याई ल्याईँ, सत्ता हत्त्याईँ

नियम कानून ध्वस्त बनाइँ

संबिधान मिचीँ, मिचाईँ

विधेयकको बाढी ल्याईँ

 

मै हुँ  भन्ने अघिपछि लाँइँ

जनतालाई गफै सुनाईँ

जाने जत्ति गरीँ धुर्त्याइँ

देशलाई ऋणको भारी बोकाईँ

 

छुट फूट झुट गूट ल्याईँ

आफ्नालाई पदमा बसाईँ

बुद्धि बर्कत पाखा लाइँ

देशको ढुकुटी पनि रित्त्याईँ

 

मैले यो ल्याईँ, मैले त्यो ल्याईँ

उद्घाटन त कति भ्याईँ कति भ्याईँ

शिलान्यास गरीँ, ताली पिटाइँ

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

हजार बर्षलाई पुग्ने भ्याईँ

 

गर्नुसम्म गरीँ मुर्ख्याइँ

मेरो नाम अमर बनाइँ

मरेपछि डुमै राजा

मैले तिम्रो देश सिध्याईँ

 

लाज शरम सबै पचाईँ

न्याय अन्याय एकै बनाइँ

बिधि बिधान सब ठेगान लाइँ

नाङ्गो नाच नाचीँ, रमाईँ

 

दुइत्याइ ल्याईँ, सत्ता हत्त्याईँ

मूल्य मान्यता सब लत्त्याईँ

स्वर्ग जस्तो भन्थे सबले

मैले राम्रो नर्क बनाईँ !

Facebook Comments