परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सञ्चार मन्त्री पार्वत गुरुङको कार्यकालका उत्साहजनक उपलब्धी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ निर्बिवाद रुपमा आफ्नो जिम्मेवारी पूरा गरी बिदा हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार मन्त्रिपरिषद पुनर्गठन गरेसँगै सञ्चार मन्त्रालयमा आठ महिना नेतृत्व गर्नुभएका मन्त्री गुरुङले सञ्चार क्षेत्रका लागि निकै महत्वपुर्ण काम गर्न सफल हुनुभएको छ । काममा अब्बल गुरुङको कालमा सञ्चार क्षेत्रमा निकै महत्वपुर्ण काम भएको पाइएको छ ।

समृद्ध नेपालको अन्तर्राष्ट्रिय पहुँचका लागि अंग्रेजी च्यानल ‘एनटिभि वल्र्ड’

नेपालको आफ्नो गौरवका पहिचानलाई विश्वसामु चिनाउने उद्देश्यसहित एनटिभि वलर्ड च्यानलको प्ररारम्भ गरिएको छ । अतः अन्तर्राष्ट्रिय समुदायसँग विभिन्न आन्तरिक एवं वाह्य विषयमा नेपालको आधिकारिक धारणा स्पष्ट गर्नका यो अंग्रेजी च्यानलको मुख्य उद्देश्य हुनेछ । एनटिभि च्यानलनेपालको राष्ट्रियतामाथि विदेशी सञ्चार माध्यमबाट हुने अस्वभाविक प्रभावलाई न्युनिकरण गर्नेछ ।

नेपालको राष्ट्रियता, कुटनीतिक नीति आधिकारिक भनाईहरु विश्व समक्ष पु¥याउन एनटिभिको मुख्य भूमिका रहने छ । नेपालको सँस्कृति एवं पर्यटन प्रबद्धन गर्दै संसारका नेपाली सफ्टपावर प्रबद्र्धनका लागि एनटिभि वल्र्डको मुख्य भूमिका रहनेछ । अन्तर्राष्ट्रिय गुणस्तरको विषयवस्तु र उच्चतम आधुनिक प्रविधिबाट कन्टेन्ट सामग्रीहरु यस च्यानलबाट प्रशारण गरिनेछ । नेपाल सम्बन्धि न्यूमिडिया तथा विभिन्न माध्यमबाट हुने र भैरहेका गलत समाचारलाई न्यूनिकरण गरी सही, सत्य समाचार प्रवाह गरिने छ ।

पत्रकार परिचयपत्र

सूचना तथा प्रशारण विभागवाट जारी गरिने पत्रकार परिचयपत्रलाई पत्रकारहरुवीच महत्वपूर्ण मानिन्छ । पत्रकारले विभागबाट परिचयपत्र प्राप्त गर्न निकै झण्झटहरु वेहोरिरहेको गुनासाहरु आएपछि मैले त्यसबारेमा जानकारी लिएँ । जेठ १९ गतेसम्म २७९७४ पत्रकार परिचयपत्र जारी भएका छन् । यो वर्ष १५८५ नयाँ परिचयपत्र वितरण भएको छ । हालसम्म २१२८ जनाको नवीकरण भएको छ ।

परिचयपत्र प्राप्त गर्न र नवीकरण गर्न देशभरका पत्रकारहरुले परिचयपत्रका लागि विभाग नै धाउनुपर्ने वाध्यात्मक व्यवस्थाको अन्त्य गरिएको छ । परिचयपत्रका लाग आवेदन गर्न, नवीकरण गर्न र प्राप्त गर्न अनलाईन र हुलाक कार्यालयहरुबाटै हुने व्यवस्था गरिएको छ ।

पत्रकारलाई निशुल्क उपचार

नेपाल पत्रकार महासंघका सदस्य र सूचना तथा प्रशारण विभागबाट प्राप्त परिचयपत्रका आधारमा २०७८ साउन १ गतेदेखि लागू हुनेगरी देशभरका सवै सरकारी अस्पतालहरुमा निशुल्क उपचार सुविधा मिलाइएको छ । उक्त कुरालाई वजेटमा समावेश भएकाले सहज कर्यान्वयनका लागि नीति वनाइने छ ।

पत्रकारलाई दुर्घटना वीमा

श्रमजीवि पत्रकारको लागि रु७ लाखसम्मको दुर्घटना वीमा गरी वीमा प्रिमियमको ५० प्रतिशत रकम नेपाल सरकारले व्यहोर्ने व्यवस्था मिलाइएको छ । उक्त कुरालाई वजेटमा समावेश भएकाले सहज कर्यान्वयनका लागि नीति वनाइने छ ।

कोभिड—१९ प्रभावित पत्रकारका लागि लेखनबृत्ति

कोभिड—१९ का कारण रोजगार गुमेका पत्रकारका लागि लेखनवृत्ति र सञ्चारगृहका लागि पुनरकर्जा तथा व्यवसायिक निरन्तरता कर्जा सुविधा दिइने छ । उक्त सुविधामध्ये लेखनवृत्तिका सम्बन्धमा कार्ययोजना र नीति वनाई लागू गरिने छ ।

पत्रकार कल्याणकारी कोष वृद्धि

सरकारले उपलब्ध गराउने लोककल्याणकारी विज्ञापन वापत उपलब्ध गराउने रकमको १० प्रतिशत पत्रकार कल्याणकारी कोषमा जम्मा गर्ने व्यवस्थालाई सीघ्र कार्यान्वयन गरिने छ । निजी क्षेत्रबाट समेत विज्ञापनवापत प्राप्त आम्दानीको १० प्रतिशत रकम कोषमा जम्मा गर्न प्रोत्साहित गरिने र तीन महिनाभित्र तर्जुमा गरी कार्यान्वयमा ल्याउने छ । कोषको रकमबाट पत्रकारहरुका लागि लोककल्याणकारी योजना ल्याइने छ ।

आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना

पत्रकारहरुका दक्षता, क्षमता वृद्धि गर्न र पत्रकारिताको सीप परीक्षण गर्न आगामी वर्षभित्र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गरिने छ । कुनै पनि सेवा क्षेत्रमा प्रवेश गर्नका लागि आधारभूत दक्षता परीक्षण र उतीर्णको जरुरी भएजस्तै पत्रकारिता क्षेत्रमा प्रवेश गर्नेहरुका लागि पनि सरकारी मान्यताको प्रशिक्षण केन्द्र स्थापना आमसञ्चार प्रशिक्षण प्रतिष्ठान विकास समिति (गठन) आदेश २०७८ अर्थ मन्त्रालयमा पठाइएको छ ।

 प्रेस संग्रालय

नेपाली पत्रकारिताको इतिहासलाई संरक्षण, सम्वद्र्धन र आम समुदायमा दृष्यावलोकन गर्न, अध्यान अनुसन्धानका लागि प्रेस संग्रालयको स्थापना गरिने छ । नेपालको प्रेस र पत्रकारिताको इतिहासलाई जीवन्त राख्न संग्रालयका लागि वजेटमा व्यवस्था गरिएकालै तत्कालै सुरु गरिने छ ।

अनलाइनलाई सरकारी विज्ञापन

सरकारी विज्ञापनमा अनलाइनलाई पनि न्यायपूर्ण पहुँचको सुनिश्चिता गरिएको छ । आउने आर्थिक वर्षदेखि सबै प्रकारका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाईनलाई पहुँच सुनिश्चिता गरिएको छ ।

पत्रकारलाई खोपमा प्राथमिकता

कोभिड—१९ को महामारीबाट जोगाउन नेपाल पत्रकार महासंघमा आवद्ध सम्पूर्ण पत्रकारहरुलाई प्राथमिकतामा राखेर खोप लगाउने कार्य गरिएको छ । कोभिड—१९ को दोस्रो भेरियण्टको महामारीमा खोप लगाइसकेकाले पत्रकारहरुलाई कम क्षेती पुगेको अवस्था छ ।

महासंघको निर्माणाधिन भवनलाई वजेट

नेपाल पत्रकार महासंघको निर्माणाधिन भवनका लागि यस वर्षको वजेटमा व्यवस्था गरिएको छ । पत्रकार महासंघको संस्थागत विकासका लागि निरन्तर सहयोग जारी रहनेछ ।

इन्टरनेट अत्यावश्यक सेवा

इन्टरनेट सेवा सञ्जाल अत्यावश्यक सेवाको सूचीमा समावेश गरिएको छ । कुनै पनि परिस्थितिमा अवरुद्ध गर्न नहुने सूचीमा समावेश भएपछि इन्टरनेट सेवा अवरुद्ध गर्न पाइने छ ।

निशुल्क इन्टरनेट

देशभरका स्थानीय तह,वडा कार्यालय, स्वास्थ्य केन्द्र, सामुदायिक विद्यालय, सामुदायिक क्याम्पसहरुमा फाइवर लाइनसहितको दुई वर्षका लागि निशुल्क व्रोडव्याण्ड इन्टरनेट सेवा उपलब्ध गराइने कार्य प्रारम्भ गरिएको छ । स्थानीय तहसंगको सहकार्यमा अगाडी बढ्ने यो कार्यक्रम, स्थानीय तह संगको सम्झौता धमाधम भैरहेको छ र यस कार्यको प्रारम्भसँगै दुई वर्षभित्र देशभर फाइवर लाइन विछ्याइ सूचना महामार्ग निर्माण सम्पन्न गरिने छ ।

डिजिटल नेपाल फ्रेमवर्क र नागरिक एप

सूचना र सञ्चार प्रविधिको अधिकतम उपयोग गर्न डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनलाई व्यापक वनाइने छ । डिजिटल प्रविधिको उपयोग गरी सार्वजनिक सेवामा आम नागरिकको सरल र सहज पहँुच विस्तार गरिने छ ।

सरकारी सेवाहरुलाई मोवाइलबाट एकिकृत रुपमा उपलब्ध गराउन नागरिक एपलाई सहज, सरल र नागरिक एपलाई अझ व्यवस्थित वनाइने छ । पेपरलेस, फेसलेस र लाइन हैन अनलाइनबाट सरकारी सेवा उपलब्ध गराउने अवधारणाअनुप नागरिक एपमा उपलब्ध हुने सेवाको दायरा वढाउदै लगिने गरी कार्य भैरहेको छ ।

दूरसञ्चार सेवा सुधार

दूरसञ्चार सेवाको गुयास्तर सुधार गरिने छ । राष्ट्रिय साइवर सुरक्षा मजवुत वनाइदै लाने नीतिलाई प्राभकारी वनाइएको छ । सवै स्थानीय तहमा फोर जी सेवा सेवा सञ्चालन गरिने कार्य प्रारम्भ भैसकेको छ ।

मोवाइल डिभाइस मेनेजमेन्ट सिस्टम

मोवाइल डिभाइस मेनेजमेन्ट सिस्टम सञ्चान गरी मोबाइलबाट हुने अपराधिक गतिविधि नियन्त्रण गर्न साउन १ गतेदेखि लागू हुनेगरी सञ्चालनमा ल्याइने छ ।

विज्ञापन वोर्डको कार्यालय स्थापना

नेपाली विज्ञापन वजारलाई व्यवस्थति गर्न, नियमन गर्न र समानुपातिक र न्यायपूर्ण ढंगले विज्ञापन उपलब्ध गराउन विज्ञापन बोर्डको गठन गरी कार्यालय सञ्चालन भैसेकेको छ ।

क्लिनफिड

स्वदेशी उत्पादन र पूजिँ निर्माणलाई फाइदा पुग्नेगरी विदेशी विज्ञपनहरुलाई नियमन र नियन्त्र गर्न क्लिनफिडको पूर्ण लागू गरिएको छ ।

गुगल प्लस कोड लागू

“प्रबिधि मैत्री हुलाक सेवा” को एउटा महत्वपुर्ण निर्णय अन्तर्गतहुलाक बस्तुलाई छिटो सम्बन्धित स्थानमा पुर्याउन र हुलाक सेवालाई प्रभावकारी बनाउन काठमाडौं उपत्यकामा गुगल प्लस कोड ठेगाना लागू गरएिको छ ।

नेपालको आफ्नै भू—उपग्रह

राष्ट्रिय डाटा सुरक्षा गर्न नेपालको आफ्नै भू-उपग्रह स्थापनाका लागि भ्इक्ष् सम्पन्न भई च्ँए को प्रकृयामा रहेको छ ।

National Payment getway स्थापना गर्ने

सरकारी एपबाट भुक्तानी प्रकृयालाई सहज, सरल वनाउनका लागि National Payment getway कार्यान्वयनको प्रकृया अन्तिम चरणमा पुगेको छ ।

5G प्रविधिको परिक्षण गर्ने

दुरसंचार क्षेत्रको नविनतम प्रविधिमा नेपाललाई विश्व संगै अगाडी बढाउने पहल संगै छन्प्रविधिको परीक्षण गरिनेछ ।

एकीकृत कार्यालय ब्यबस्थापन प्रणाली लागु गर्ने

एकीकृत कार्यालय ब्यबस्थापन प्रणालीको बिकास भैरहेको तथा लागु गर्ने चरणमा रहेको ।

स्थानीय तहको एकीकृत मोबाइल एप

स्थानीय तहको लागि आवश्यक एकीकृत मोबाइल एप प्रणालीको बिकास भैरहेको छ्र यस एकीकृत मोबाइल एप मार्फत स्थानीय निकायको लागि आवश्यक डिजिटल भुक्तानी पनिसमाबेश हुने छ्र तथा नागरिक एपमा पनि अन्तरआबद्ध हुने छ ।

अफिस अटोमेसन सिस्टम (दर्ता चलानी) को प्रयोग

प्रधानमन्त्री कार्यालयबाट हस्तान्तरण भई सुचना प्रविधि विभागले संचालन गरिरहेकोमा अफिस अटोमेसन अन्तर्गतको दर्ता चलानी बिभिन्न सरकारी निकायमा प्रयोग भैरहेको छ

Facebook Comments