परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

बेसहारा लाश

कविता

आँखा अन्तिमपल्ट  चिम्लिँदा,
केही आँखाहरूसित
उसका आँखा जुधेका थिए ।

 

 उनीहरू,
आफ्नै जस्ता लागेका थिए ।

 

 त्यसपछि,
पहिला-पहिला जस्ताे
रुँदै, विलौना गर्दै,
कोही पछि लागेनन् ।

 

 शङ्ख फुक्ने पनि कोही थिएनन्
उसका पछाडि,
लामा लस्कर निन्याउरो
मलामीका ताँती थिएनन् ।

 

 उसको शरिरलाई चार काँध दिने
कोही थिएनन् ।
ऊ आफ्नो मलामी आफैँ बनेको थियो ।
अन्य आकर्षणहरू

नेपालगन्जिया

कथा स्वार्थको

धर्म परिवर्तन

माघी

धनीराम

 
जीवनपछि,
मृत्युको अन्तिम यात्रमा
ऊ एक्लाे थियाे ।
 
ऊ बेसाहरा लाश भएकाे थियाे ।
आफन्तविहीन वेवारिस,
नितान्त एक्लाे ।
 
 आफ्नो दागवत्ती पनि
ऊ आफैँ दिँदैछ ।
 
आर्यघाटमा,
आफ्नै  खरानी बोकेर,
ऊ संसारबाट विदा हुँदैछ ।
Facebook Comments