परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

बरिष्ठ पत्रकार एवं राजनीतिज्ञ मदन पौडेलको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं । नेपाल पत्रकार संघ रुपन्देहीका पूर्व अध्यक्ष, बरिष्ठ पत्रकार एवं राजनीतिज्ञ मदनलाल पौडेल गम्भीर रुपमा विरामी भई हाल पाटन हस्पटिल ललतिपुरमा उपचाररत हुनुहुन्छ ।

रुपन्देहीको शंकरनगर निवासी पौडेलले नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिदैं आउनु भएको छ । पञ्चायतकालमा नेपाल–भारतका बरिष्ठ पत्रकारहरु रुपन्देही आउँदा विशेष गरी पहिलो सम्पर्क उहाँसंग नै गर्ने गर्दथे ।

नेपाल पत्रकार संघका तत्कालिन केन्द्रीय अध्यक्ष एवं मातृभूमि साप्ताहकिका प्रकाशक÷सम्पादक गोविन्द वियोगीले नेतृत्व गर्नु भएको मातृभूमि साप्ताहिकको लुम्बिनी अञ्चल प्रतिनिधि भएर पत्रकारिता गर्दै आउनु भएका पौडेल लुम्बिनीको वाम आन्दोलनका चर्चति नेता एव हँकी, नर्भिकि र न्यायको पक्षमा दृढतापूर्वक खडा हुने व्यक्तित्वको रुपमा सुपरिचित हुनुहुन्छ ।

पञ्चायतकालीन अवस्थामा गठित नेपाल पत्रकार संघ रुपन्देहीको अध्यक्षमा पौडल रहनु भएको बखत जिल्ला सचिव समेत भई काम गर्नु भएका नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष, दैनिक पत्र राष्ट्रिय दैनिक, जनसंघर्ष राष्ट्रिय साप्ताहिक र स्वाधीन राष्ट्रिय मासिकका प्रधान सम्पादक एवम् कार्यकारी प्रमुख डा. बालकृष्ण चापागाईं भन्नुहुन्छ– उहाँको अभभिावकत्व अत्यन्त प्रेरणादायी रहिआएको छ ।

पञ्चायतकालमा पिस्कर हत्याकाण्ड बारे उहाँले स्थलगत अध्ययन गरी गर्नु भएको खोजमुलक रिपोर्टङ्गि मातृभूमि साप्ताहिकमा छापिएपछि त्यसले निकै ठूलो चर्चा पाएको थियो । लुम्बिनी प्रवेश गर्दा नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधकिारी, बरिष्ठ नेता भरतमोहन अधधकारी लगायतका शीर्षस्थ वाम नेताहरु उहाँकै घरमा बस्ने गर्नुहुन्थ्यो ।

वि.सं. २००५ साल असार २८ गते जन्मनु भएका पौडेल पुख्र्यौली घर गुल्मी शान्तपिुरबाट तराई झरेपछि रुपन्देहीको शंकरनगरमा बसोबास गर्दै आउनु भएको छ ।

Facebook Comments