परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

ब्रोडकाष्टिङ एसोसिसन अफ नेपालका अध्यक्ष चन्द्र न्यौपानेको दुःखद निधन

काठमाडौं । व्यावसायिक रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)का अध्यक्ष तथा सप्तकोशी एफएम, इटहरीका प्रवन्धक चन्द्र न्यौपानेको निधन भएको छ ।

कोरोना भाइरस संक्रमणका कारण गम्भीर अवस्थामा विराटनगरमा उपचार गराइरहनुभएका न्यौपानेको ४७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो । स्थिति गम्भीर भएपछि उहाँलाई भेन्टिलेटरमा राखिएको थियो ।

पूर्वको सबैभन्दा ठूलो रेडियो सप्तकोशी एफएमको सञ्जाल विस्तारमा न्यौपानेको महत्त्वपूणर् योगदान छ । स्थापनामा मार्केटिङबाट प्रवेश गर्नुभएका न्यौपानेले विगत एक दशकदेखि स्टेशन म्यानेजर भई सप्तकोशी एफएमलाई उचाई प्रदान गर्नुभएको थियो ।

न्यौपाने नेकपा एमाले केन्द्रीय प्रचार विभाग सदस्य तथा विज्ञापन बोर्डका सदस्य हुनुहुन्थ्यो ।

Facebook Comments