परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कोरोना बाद – जिन्दाबाद !

चट्याङ-प्रहार

कोरोनाको नाममा यति धेरै लुटिँदै छन् जनता

अझै हाम्रा बुद्धिजीबीले कोरोनाबादको गुणगान नगरेको किन? 

कोरोनाको नामले यति त्रसित भइसके जनता 

अझै कोरोनाबादी पार्टी नखोलेको किन?

 

कोरोनाले गर्दा यति धेरै मरिसके जनता 

अझै कोरोनालाइ सत्ता नसुम्पिएको किन ?

आवश्यक सप्पै योग्यता पुर्‍याइसक्यो त कोरोनाले 

अझै “महान् कोरोना, जिन्दाबाद” को नारा नघन्काएको किन? 

 

झन्डै झन्डै स्वाहा: पारिसक्यो कोरोनाले देश र जनता

अझै कोरोनालाइ शीर्षस्थ नेताको पगरी नगुथाएको किन ? 

बहादुर नेपालीमाथि यत्रो विजय हासिल गरिसक्यो त कोरोनाले 

अझै कोरोनाको विजय जुलुस ननिकालेको किन ?

 

अब त कोरोनाबादी पार्टीको कार्यकर्ता बन्ने हो 

कोरोनाबाद जिन्दाबाद नारा लगाउने हो 

आउँदो चुनावमा कोरोना पार्टीलाई जिताएर 

देशलाई समृद्ध र जनतालाई सुखी तुल्याउने हो। 

Facebook Comments