परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सन्तान यस्ता न दे

बुढ्यौली कविता शृङ्खला - ३१

हाम्रो यो छ समाज के किसिमको बौलठ्ठ मान्छेहरू

जो आफैं छ विचारहीन उसले बौलाह देख्दो अरू

जस्तै होस् कि उमेर खस्कन गई होला बुढा वा बुढी

आफ्नै हो घरको सदस्य नभनी कस्तो गरे दुर्गति ।१

 

आफू मस्त बसेर खान घरको पुग्दा पियारो भयो

कामै गर्न सकेन प्रौढ बिचरा धिक्कार त्यो फालियो

मान्छे बाहिरका थुपार्न अनि ता नाच्दा मजा धेर भो

हल्ला धेर नगर्नू यत्ति कहियो बेकार बन्दी भयो ।२

 

मेरो गाउँ समाजको नजिकमा यस्तै घट्यो यो पल

खाए भोज मिलेर वर्ष दिनको वैवाहको वार्षिक

मामाका घरका फुपू र परका जम्मा जनाना भए

फेन्टा, कोक मिसाउँदै र त्यसमा थप्दै सुरा तानिए ।३

 

गाना नाच बजानको तय भयो मानौँ रत्यौली सरि

ठट्टा हास्य भए निकै घर भयो रोमान्चले नै भरी

अन्दाजी वय सत्तरी नजिकका बाबा सुतेका उता

हल्लाले व्यवधान भो अनि उठे निद्रा भई बेपत्ता ।४

 

के हो लौ न म भित्र आउँछु भने हेर्ने मनैमा थियो

आफ्नो नै घरमा सुतेर जसले काट्नु कसेला थियो

अन्दाजी दस बाह्र वर्ष पहिले लोटेर जख्मी हुँदा

राम्रो औषधि नै पुगेन विचरा संज्ञान बिर्से बरा ।५

 

छोरीले पनि हेर्न दिन्न ममता पत्नी नगर्ने कुनै

छुट्टै भिन्न छ भाइ दिन्न रुपिया केले किने ओखती

आधा पेट छ खानु चार दिनमा मागी कसैका घर

हिँड्दै दूर पुगेर फिर्छ कहिले धेरै अबेला घर ।६

 

निद्राको जति ओखती उनीहरू दिन्थे उही निल्दथे

निद्राकै बसमा उनी हर घडी ओछ्यानमा ढल्दथे

अन्य आकर्षणहरू

हाम्रो गणतन्त्र कस्तो होस् ?

बाल कविता – शान्ति गीत गाऊँ

काम केही हुँदैनन्

भेट्न आए मलाई

साह्रै भयो दुःख र कष्ट पाएँ

उस्ता ती भगवानको स्वरूपका बाबा कराए भनी

बौलाहा किन बोल्न पर्दछ भने पिट्दै रहे बेस्सरी ।७

 

धारा रक्त बहेर धर्धर चुहे सारा लुगा रक्त झैँ

उल्टै ती सबले तथाकथित जो गाली दिएका अझै

आफैले सुचना दिएर प्रहरी डाके बनाए कुरा

नातामा पति हो तथापि उसका बाँधे दुबै पाखुरा ।८

 

केही कान फुकेर नाटक भयो लैजाऊ थाना भने

जिम्मा भो अनि दण्ड धारक उठे सङ्ग्राम मानौँ जिते

केही दोष थिएन ए सुन कुरा भन्दा कहाँ मानियो

उल्टो चोर समान लात र मुठी छातीतिरै हानियो ।९

 

कोही बोल्न तयार छैन घरका आफन्त बैरी भए

साराले बिचरा बुढा मनुजमा दोषादि देख्दै थिए

बोल्ने औसर नै दियो र कसले मुद्दा झुटा तानियो

रातारात खटाइयो र प्रहरी त्यो खोरमा हालियो ।१०

 

आजैका दिनसम्म वृद्ध छ उता मस्ती छ बाँकी घर

कोही भेट्न गएन जेल घरमा छोरीहरू झन् पर

खाँचो धेर थियो पियार ममता सेवा तथा आदर

कस्ता मानव जन्मिए र धरती के टिक्छ सत्या भर ।११

 

धर्तीमा यदि छौ भने त भगवान् आँखा लगाऊ यहाँ

सारा छन् घरका जहान मनका काला भएका जहाँ

पाता कस्न थियो जहान यसरी स्वार्थी र लोभी भए

साँच्चै ईश्वर छौ भने मनुजमा सन्तान यस्ता न दे ।१२

 

छन्द :- शार्दूलविक्रीडित

 

(मानसिक अवस्थामा केही विचलन आएका वृद्ध बाबु / पतिलाई झूटो आरोप लगाएर जेलको छिडीमा पुर्याउने घरका सदस्य र ललिते बोलीमा बिकेर न्याय न गर्ने प्रशासनको दूरूह चित्रमा आधारित )
Facebook Comments