परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सरकार ‘थाहा’ चाहियो?

कुरो शुक्रबार दिउँसोदेखि अहिले सम्मको हो। विश्वविद्यालयको अनलाइन कक्षा भर्खर सिद्ध्याएर यस्सो सोसल मिडियाको दुनियाँतिर छिरेको मात्र के थिएँ, एकजना पुरानो मित्रको अकल्पनीय निधनको खबरले स्तब्ध बनेँ। एकाएक मेरो आँखा कृष्ण रेग्मीको फेसबुक भित्तोमा पुग्यो।

अहो, रमेशजीलाई मैले पनि प्रत्यक्ष भेटेको त हैन तैपनि उहाँको स्टाटसले चटक्क मन छोयो। रमेशजी एउटा प्रतिनिधि पात्र हुनुहुन्छ जसले यही देशको अर्थतन्त्रलाई टेवा पुर्याउन बिदेशमा बसेर धेरै मेहनत गरिरहनु भएको छ। आफुलाई थाम्न सकिन। तुरुन्तै काठमाडौँ युनिभर्सिटीको धुलिखेल अस्पताल लगायत मेरो मनको भरोशा भित्रका केही साथिहरुसंग टेलिफोन सम्पर्क गर्न खोजेँ। चाहेजस्तो नतिजा ल्याउन केही पत्तो चलेन।

“भरतपुर महानगरपालिका क्षेत्र भित्र कोरोना वा अन्य कारबवाट स्वास्थ्यमा गम्भिर समस्याभै अस्पताल पुग्न एम्वुलेन्स नपाएर अप्ठ्यारो परेमा मलाई सम्पर्क गर्नु होला। म छु है, अस्पतालसम्म पुराईदिने।”

अनि मैले सोचेँ, अहो मेरा मित्र, मित्रबन्धु पौडेलले भनेजस्तै यो शहरीया भीडबाट मानवता अझै मरिसकेको छैन रहेछ। पछि स्वयम् कृष्णजीले आफ्नै कोरोना पोजिटिभ भएको रिपोर्ट पोस्ट्याउनु भयो।  अनि लाग्यो, अब यो महामारीले कसैलाई पनि नछोला भन्ने ग्यारेन्टी रहेन।

एक्कासी पोर्चुगलको मातोज्युस् बस्नुहुने रमेश कँडेलको स्टाटसमा आँखा पुग्यो। पहिले पहिले नेपाल आउँदा पारिवारिक भलाकुसारी, घुमघाम र भेटघाटको तस्वीरभित्र रमाउने रमेशजीले यस चोटी नेपाल आउँदा भने आफ्नो फेसबुक  भित्तोमा यस्तो लेख्नु भएछ:

“बुबालाई एम्बुलेन्समा राखेर अस्पताल खोजेको खोज्यै छ छोरा। अहिलेसम्म अस्पताल भेटिएन।”

“सहयोगका लागि भनेर सामाजिक सञ्जालमा हालिएको नम्बर बेकार रहेछन् । बेड खाली हुन्न र सहयोग हुन्न भने किन बाँड्नु नम्बर?”

“मेरो बुबालाई बचाउन कसैले हेल्प गर न।”

अहो,  रमेशजीलाई मैले पनि प्रत्यक्ष भेटेको त हैन तैपनि उहाँको स्टाटसले चटक्क मन छोयो। रमेशजी एउटा प्रतिनिधि पात्र हुनुहुन्छ जसले यही देशको अर्थतन्त्रलाई टेवा पुर्याउन बिदेशमा बसेर धेरै मेहनत गरिरहनु भएको छ। आफुलाई थाम्न सकिन। तुरुन्तै काठमाडौँ युनिभर्सिटीको धुलिखेल अस्पताल लगायत मेरो मनको भरोशा भित्रका केही साथिहरुसंग टेलिफोन सम्पर्क गर्न खोजेँ। चाहेजस्तो नतिजा ल्याउन केही पत्तो चलेन।

अन्य आकर्षणहरू

खुशी

सम्झनामा दशैँ 

समसामयिक सेन्’र्यू

समसामयिक सेन्’र्यू

त्यसै मेरो नजर मेरा पूर्वविद्यार्थी तथा धुलिखेल अस्पतालका बरिष्ट चिकित्सक डाक्टर निरिश वैद्यको फेसबुक भित्तोमा पुग्यो जहाँ उनले यस्तो लेखेका थिए:

“भर्खरै एम्बुलेन्सबाट उतार्दै गरेको बिरामीको आफन्त र एम्बुलेन्सको ड्राइभर बिचको कुराकानीमा मेरो नजर पर्यो । ती ड्राइभरले काठमाडौंको गौशालाबाट धुलिखेलसम्म बिरामी ल्याए बापत पन्ध्र हजार भाडा माग्दै रहेछन् । मोलमोलाई सुनिसकेपछि “संकटको बेलामा त्यति अचाक्ली भाडा किन मागेको” भन्दा ड्राइभरले “एम्बुलेन्स प्राइभेट भएको र काठमाडौं भ्याली भित्र बिरामी बोकेको पाँच हजारको ‘रेट’ चलेको कुरो प्रस्ट्याए।”

तत्काल भक्तपुर, चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले “कोही जनता संक्रमित र सिकिस्त बने भने आफूलाई सम्पर्क गर्नु” भनेर आफ्नो फेसबुकको भित्तोमा सुचना पोस्ट्याउँदै  बिबेक र जिम्मेवारीको झलक दिएको सूचना भेटें । मनमा केही आशा पलायो र सम्पर्क गर्न खोजेँ, तर उहाँको फोन उठेन। एकछिन पछि तिनै मेयरले “जति दौडधुप गरेपनि चाहिएको बेला अस्पतालको आइसीयू बेड कतै नभेटेको” सत्यलाई अनलाइन पत्रकार नेत्र तामाङ्गले समाचार बनाएको भेटें। समाचारमा “कोही मर्ला र बेड खाली होला भन्नु पर्ने भो” भनेर मेयर मिश्रकै शब्दलाई हुबहु उतारिएको थियो ।

लेखापढी, यस्तै चिन्ता,  कुराकानीमा दिन बित्यो। रातभरी बेला बेला झस्किएँ। मनमा कुरो खेली रह्यो। तर शनिबार बिहान रमेशजीले जसोतसो अस्पतालको बेड मिलाउन सफल हुनु भएछ भन्ने कुरो पत्ता लाग्यो, केहीबेरका लागि ढुक्क भएँ।

हो, यस्तैयस्तै अवस्थाको आँकलन गरेर मैले यसै अनलाइन मार्फत देशका सम्माननीय प्रधानमन्त्रीलाई एउटा प्रतिनिधि पत्र लेखेको पनि ६ महिना भैसक्यो। जसमा मैले भनेको थिएँ:

“जनतालाई अचानक सास फेर्न गाह्रो भयो भने कहाँ, कुन हस्पिटलमा कति वटा भेन्टिलेटर र कति वटा आइ.सि.यु. वेड खाली छन्,  अस्पतालमा दिइने सुविधाको मापदण्ड के हो,  अनि कोरोना उपचार शुल्क कति हो,  यसको नियमन र अनुगमन कसले,  कसरी गरेको छ भन्ने जस्ता प्रश्नहरुको प्रष्ट जवाफ दिने गरे कति उपयोगी हुन्थ्यो?”

मेरो बिचारमा हामी पढेलेखेका मान्छेहरुको काम भनेकै घर, समाजमा आफुले देखेको र सोचेको कुरालाई उजागर गर्दिने हो। त्यसैले, ढिलोचाँडो बर्तमान महामारीले कसैलाई छाड्ला जस्तो छैन। ज-जसले यसलाई ख्यालख्याल सोच्नुभएको छ, आफैलाई नपरुञ्जेल त्यो समस्या अलि टाढा छ जस्तो भ्रम मात्र भएको हो। एम्बुलेन्सभित्र होस् वा ट्याक्सीमै राखेर, आफ्नो परिवारको बिरामी सदस्यलाई लिएर एक पछि अर्को अस्पतालको गेट चाहार्दै हिँड्नु परेको पीडा सम्बन्धित पक्षबाट बेलैमा बुझियोस्। यस संबेदनशील घडीमा राजधानी लगायत देशका प्रमुख शहरहरुमा यथाशिघ्र एउटा भरपर्दो  अस्पताल समन्वय इकाई (hospital coordination unit)  को जरुरी देखियो। यसको जिम्मा सरकारी तबरबाटै कोहीकसैले लिएको भए ‘थाहा’ चाहियो। अझै त्यस्तो भएको छैन भने सम्पूर्ण सुबिधा र अधिकार सहित एउटा इमान्दार मान्छेको काँधमा यसको जिम्मा दिएर निमुखा नेपालीको ज्यान जोगाउने पहल गरियोस् ।

भवतु सब्ब मंगलम् ।

Facebook Comments