परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

प्रचण्ड त फुस्राको फुस्रै !

फुटानी

लु काका नयाँ खबर सुनाउ त ! अब भोलि को बन्ला प्रधानमन्त्री ! तिम्रा प्रचण्ड त अब बन्दैनन् होला !

हाम्रो प्रचण्ड नबन्ने भए भिरघरे ! देउवालाई बनाउने भन्ने सोचेर माधव नेपालहर्लाई अघि सारेका छौं । हाम्रो दुईवटा ‘एजेण्डा’ मध्ये एउटा भोलि पुरा हुन्छ अर्को छ महिना पछि पुरा हुन्छ ।

कुन पुरा भयो ? कुन चैं छ महिनापछि पुरा हुन्छ काका ! तिमारु सकिएको चैं पुरा भको देख्छु अर्को पनि चुनापमा तिमार्ले जिरो सिट ल्याउँदा पुरा हुन्छ। हैन त काका !

बाँङगो कुरा नगर भिरघरे ! हामी कसरी सकिन्छौं ? एमाले फुटाउनु थियो त्यसमा हामी सफल भयौं । छ्याल्लब्याल्ल पारेर सङ्गेल्नै नसक्ने गरी फुटार छाडेका छौं । ओलीलाई प्रधानमन्त्रीबाट हटाउनु थियो त्यो पनि भोलि पुरा हुन्छ । अर्को प्रचण्ड काम्रेटलाई प्रधानमन्त्री बनाउने योजना चैं छ महिना पछि मात्र पुरा हुने भयो ।

अनि भोलि नै पुरा गर्नु नि काका ! किन छ महिना पछिलाई भाका राख्छौ ! ठयाक्कै कमफर्टेवल हुने थियो । देउवालाई प्रधानमन्त्री बनाउँदा तिर्मालाई के फाइदा ! फाइदा भए पनि हाम्रो काँग्रेसलाई हुन्छ । अनि छ महिनापछि देउवालाई हटाएर आफू प्रधानमन्त्री बन्ने प्रचण्ड काम्रेटको दाउ होला । त्यस्तो असम्भव कल्पना नगरे हुन्छ । भोलि माधव नेपालहर्ले राजिनामा दिन्छन् भन्ने होला त्यो पनि अहिलेसम्म ‘ढाँटको निम्तो खाई पत्याउनु’ भने जस्तै हुन बेर छैन ।

ए बुढा ! अब राजनीतिको सबै क्षेत्रमा प्रतिस्पर्धा भनेको ओली र देउवाको हुन्छ । माधव, प्रचण्ड, झलनाथ, बाबुरामहर्को हैन । अहिले पनि केपी शर्मा ओली विरुद्ध सप्पै मिलेर आक्रमण गर्दा त ओलीको रौं हल्लाउन सकेका छैनन् । अब माधव नेपालको काँधमा बन्दूक राखेर पड्काउँदैमा निशानामा लाग्छ भन्नु भ्रम छर्ने कुरा मात्र हो ।

झुम्रीको विश्लेषण त्यति बेठिक त होइन, तर कुकुरले हड्डी छोड्ला हामी ओलीलाई छोड््ने वाला छैनौं । हामीलाई घर न घाटको बनाए । ‘उँभो हे¥यो गिद्धेको भिर, उँधो हे¥यो उर्लदो खोला’ देखाई दिए । ‘रातमा निद्रा न दिनमा भोक’ हामी भोग्दै छौं ।

भोग्नु त पर्छ त काका ! आफ्नो थलो–किलो छोडेर नेपाली काँग्रेसको गोठमा प्रवेश गरेर ओत माग्न थालेपछि । भोलि देउवा भए पनि ओली रहे पनि प्रचण्ड त फुस्राको फुस्रै । अब नेता कार्यकर्ताले माओवादी छाडीहाले । माधवका ८÷१० जनालाई लिएर रुदै बस्नुको विकल्प छैन ।

‘डोमिनेट’ गरेर नबोल भिरघरे । भोलि देखि हामी देउवालाई प्रधानमन्त्रीको कुर्सीमा राखेर शासन आफैं गर्छौं । ओली र उनको जत्थालाई डाँडा कटाउँछौं । छ महिनापछि देउवाको कुर्सीमा प्रचण्ड बस्छन् । त्यसपछि काँग्रेस पनि समाप्त पार्छौं ।

देखिस् भतिज तेरा काकाको योजनाको हवाई कल्पना ! एमालेमा मिसिएर केही क्षती पु¥याएको पक्का हो तर माओवादी चकनाचुर भएको यिनले थाहा नै पाएनन्। सम्झा है भतिज नत्र खुस्किन्छन् भन्ने डर पो भयो। सोच्न पनि केके सोचेको ! कहाँको राजाराम ओली कहाँको गने दाहाल…!

खसालेर नबोल झुम्री ! हामीसंग पत्रकारहरु छन्, ठेकदार र गिट्टी, ढुङ्गा, रोडा कब्जावाला छन् । जिल्ला–जिल्लामा अहिले पनि हाम्रो दबदबा छ । हामी जे भन्यौ त्यो गर्न सक्छौं ।

हौ काका ! नरिसाउन । तिम्रो नेता हाम्रो देउवा दाइको मुख ताकेर बसेका छन् । तीन वर्ष अगाडि जसरी ओलीको मुख ताक्थे अहिले त्यसरी नै उपेन्द्र यादव, महन्थ ठाकुर, शेरबहादुर देउवा, माधव नेपालहर्को मुख ताक्तै छन्् । ओलीलाई कसरी, कोसंग, कुन तरिकाले, कुन आशनमा रहेर दण्डवत गर्दा हटाउन सकिन्छ त्यो सबै गर्न तयार भर प्रचण्डको दौडाहा जारी छ काठमाडौमा । विचरा ! पेटमा आगोको ज्वाला, मनमा डढेलो, विचारमा नैरश्यता, हृदयमा पीडा, बोलीमा विलौना, सोचमा कुभलो र पिठ्यूँमा कुण्ठाको भारी बोकेर दौडिएका छन् । अथवा भनौ मृत आत्मा भड्किएर हिडे जस्तो सबैलाई तर्साउँदै हिडेका छन् प्रचण्ड र माधव नेपालहरु । ओलीलाई हटाउन सके मात्र पनि १५÷२० दिन सन्चले बस्ने थिए । अहिले त बिचार भेउ नपाउने अर्धचेतमा छन् ।

पाङ्दुरे कुरा नगर भिरघरे ! चाख्लास् भोलि देखि माधव नेपालहरु हाम्रो माओवादीमा आएपछि सबैभन्दा ठूलो पार्टी हाम्रै बन्छ । भोलि देउवालाई थपना प्रधानमन्त्री बनाउने हो, राज हामी गर्ने चुनावसम्म माकुनेहरुसंग मिल्ने हो । त्यसपछि देउवा र माधव खलकलाई एउटै खाल्टोमा हालेर समाप्त पार्ने हो।

हौ काका ! पहिलो कुरो त भोलि के हुन्छ अहिले नै भन्न सक्ने अवस्था छैन । अर्को कुरा हाम्रो देउवा दाइले प्रचण्ड जस्तालाई खलपात्रको रुपमा पहिला नै चिनेका छन् । देउवा दाइले नै हो तिम्रा काम्रेटहर्को टाउकाको मूल्य तोकेको । अनि अर्को कुरा गिरिजाप्रसादलाई राष्ट्रपति बनाउँछौ भनेर ढाँटे जस्तो सजिलो देउवासंग हुँदैन । तिमारुसंग स्थानीय चुनापमा सहकार्य गर्दाको पीडा अहिले पनि दाइको मनमा आलै छ । आफ्नै साथीहरुको आफ्नो बन्न नसक्ने प्रचण्डको बानी एउटै पार्टीमा स्थिर भर बस्न नसक्ने प्रचण्डको सिद्धान्त …!

ठिक भन्यो भतिजले । आफ्नो पार्टीको नेतृत्वमा आफू बाहेक कसैलाई ढिम्किन नदिने, हावाको गफ गर्ने सङ्गठन विस्तार नगर्ने, अरु पदमा बसेको देखि नसक्ने यस्ताको अब काम छैन । देउवाकोमा गएर ओलीले आफूलाई मत दिए पनि धन्यवाद नदिए पनि धन्यवाद भने । प्रचण्ड गर जसरी पनि ओलीलाई हटाई दिनुहोस् भने । हो अन्तर भनेको यही हो ।

हो काकी ! ओलीले नेताको बोली बोले प्रचण्डले भत्खौरेको भाषा उकेले । भोलि यदि ओलीले विश्वासको मत लिए भने अर्को चुनावसम्म प्रचण्ड रहँदैनन् ।

क्या फाल्तु कुरा गर्छ ! उहाँ माधवहर्ले राजिनामा लेखिसके यता भिरघरे अझ ओलीको भजन गाउँछ । काँग्रेस भएपछि देउवाको पक्षमा बोल्नु छैन !

भोलि कि देउवा कि ओली, प्रचण्डको बन्द हुन्छ बोली ! म अब लागेँ उभिण्डेतिर । काका, काकी अर्को दिन भेटौंला ।

जै नेपाल

Facebook Comments