परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेपाल रेडियोलोजिष्ट संघको साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल रेडियोलोजिष्ट संघको वार्षिक साधारण सभा हिजो बैशाख २५ गते शनिवार सम्पन्न भएको छ ।

कोभिड १९ का कारण उत्पन्न बिशेष परिस्थितिका कारण अनलाइन गरिएको साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।

अनलाइन भोटिङबाट चयन गरिएको नयाँ कार्यसमितिमको अध्यक्षमा प्रा.डा. हेन्सन खड्का, उपाध्यक्षमा डा. अनामिका झा, महासचिवमा डा. सुन्दर सुवाल, सहसचिवमा डा. प्रसन्न घिमिरे, कोषाध्यक्षमा डा. हरि ओम जोशी, सहकोषाध्यक्षमा डा. अभिशेक शाह निर्वाचित हुनुभएको छ। त्यसैगरी समितिको सदस्यहरुमा डा. कल्पना राई, डा. विश्वराज बस्ताकोटी र डा. तेजेन्द्र कार्की चयन हुनुभएको छ।

त्यसैगरी, संघका निवर्तमान अध्यक्ष प्रा. डा. दान बहादुर कार्की नयाँ कार्यसमितिको पदेन सदस्य रहनु भएको छ।

निवर्तमान अध्यक्ष प्रा.डा. कार्कीले नयाँ कार्यसमितिलाई बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।

प्रमुख निर्वाचन अधिकृत प्रा. डा. स्वयं प्रकाश पण्डित , निर्वाचन अधिकृत द्वय डा. सुजित कुमार झा र डा. सस्मिता तुलाधर सहितका निर्वाचन

समितिले सफलता पूर्वक सम्पन्न गरेको निर्वाचनमा ९९।२५ सहभागिता रहेको संघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Facebook Comments