परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

ज्यानमारा जिन्दगी

चट्याङ-प्रहार

जिन्दगीले आजसम्म जत्तिलाई भेट्यो
सप्पैलाई मारेरै छोड्यो
कस्तो ज्यानमारा जिन्दगी !

 

सुरुको सम्झना छैन, अन्त्यको पत्तो छैन,
न फेद, न टुप्पोको यो जिन्दगी
भेटेपछि नमारी नछोड्ने
रोगको पनि बाउ भोग यो जिन्दगी
कस्तो ज्यानमारा जिन्दगी !

 

“आहा ! जिन्दगी” देखि “थुइक्क जिन्दगी” सम्म
“यो के जिन्दगी ?” देखि “यही हो जिन्दगी” सम्म
जहाँ जसरी जसलाई भेटे पनि जिन्दगी
नमारी नछोड्ने कस्तो ज्यानमारा जिन्दगी ।

 

रोऊ कि रमाऊ, बिगार कि बनाऊ, माया गर कि घिनाऊ,
जे गरे पनि नमारी छाड्दैन जिन्दगी
कस्तो ज्यानमारा जिन्दगी !

 

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

सोध्छन् जिउँदाहरू– “के हो जिन्दगी ?”
जिन्दगी जिउनेसँग नै परिचित छैन जिन्दगी
न अर्थ, न व्यर्थ, सिङ न पुच्छर,
फेद न टुप्पो, साथी न शत्रु
खोई, के हो, के हो यो जिन्दगी,
नमारी छोडदैन जिन्दगी
यस्तो ज्यानमारा जिन्दगी ।

के छैन यो जिन्दगीमा ? के छ यो जिन्दगीमा ?
यी दुवै प्रश्नको उत्तर मानिसले खोज्न थालेको युगौँ युग भयो
खोजी जारी छ, टुङ्गिएको छैन
आहा, ओहो, यो हो, त्यो हो, के हो जिन्दगी ?
खोई, के हो, के हो यो जिन्दगी ?
नमारी छोड्दैन जिन्दगी,
यस्तो ज्यानमारा जिन्दगी ।

Facebook Comments