परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

बरिष्ठ पत्रकार सम्मान एवं राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा 

काठमाडौं । छैठौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको अध्यक्षतामा वि।सं। २०७६ र २०७७ सालको बरिष्ठ पत्रकार सम्मान एवं राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा कार्यक्रम आयोजना गरियो । निश्पक्ष,  उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणत्मक पत्रकारिताको माध्यमवाट राष्ट्रिय हित प्रवर्द्धन र जनतालाई सुसूचित गराउन योगदान पुर्‍याएका वरिष्ठ पत्रकारहरुलाई बरिष्ठ पत्रकार सम्मान र वरिष्ठ पत्रकारहरु वा आमसञ्चार माध्यमहरुलाई राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल सरकारवाट प्रदान गरिंदै छ ।

उक्त सिफारिस समितिले राष्ट्रिय पत्रकारिता पुरस्कार र बरिष्ठ पत्रकार सम्मानलाई व्यवस्थित गर्ने कार्यविधि, २०७२ ले तोकेका मापदण्ड एवं समितिले निर्धारण गरेका अन्य मापदण्डहरुका समेतका आधारमा वि.सं. २०७६ सालको वरिष्ठ पत्रकार सम्मानका लागि दुई जना बरिष्ठ पत्रकारहरु स्व. अग्नि शिखा (मरणोपरान्त) तथा हर्ष सुब्बालाई र २०७७ सालको वरिष्ठ पत्रकार सम्मानका लागि दुई जना वरिष्ठ पत्रकारहरु रघु मैनाली तथा शार्दुल भट्टराई प्रदान गर्ने निर्णय गरिएको छ।

वि. सं. २०७६ र २०७७  सालको सम्मान र पुरस्कारको नाम सिफारिस गर्न नेपाल सरकार, मन्त्रीस्तरको मिति २०७७।०९।२१ को निर्णयानुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालको संयोजकत्वमा प्रेस काउन्सिल नेपालका का. वा. अध्यक्ष गोपाल बुढाथोकी,  नेपाल पत्रकार महासंघका तत्कालिन अध्यक्ष गोविन्द आचार्य एवं विज्ञ सदस्यको रुपमा तीर्थ कोइराला,  राजेन्द्र मानन्धर,  डा. समिक्षा कोइराला तथा सहसचिव शोभाकान्त पौडेल सदस्य सचिव रहेको सिफारिस समिति गठन भएको थियो।

उक्त सिफारिस समितिले राष्ट्रिय पत्रकारिता पुरस्कार र बरिष्ठ पत्रकार सम्मानलाई व्यवस्थित गर्ने कार्यविधि, २०७२ ले तोकेका मापदण्ड एवं समितिले निर्धारण गरेका अन्य मापदण्डहरुका समेतका आधारमा वि.सं. २०७६ सालको वरिष्ठ पत्रकार सम्मानका लागि दुई जना बरिष्ठ पत्रकारहरु स्व. अग्नि शिखा (मरणोपरान्त) तथा हर्ष सुब्बालाई र २०७७ सालको वरिष्ठ पत्रकार सम्मानका लागि दुई जना वरिष्ठ पत्रकारहरु रघु मैनाली तथा शार्दुल भट्टराई प्रदान गर्ने निर्णय गरिएको छ।

यसैगरी २०७६ सालको राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि उजिर मगर, मात्रिका पौडेल, संगीता खड्का, शेषराज दाहाल, हेमन्त बहादुर बि.क. र सितल साह र २०७७ सालको राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि दिलिप कुमार थापा मगर,  दिपेन न्यौपाने,  दुर्गाप्रसाद शर्मा, शुरोजंग पाण्डे, नितु पण्डित र पूनम पौडेललाई सिफारिस गरेकोले आज छैठौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा उल्लेखित बरिष्ठ पत्रकारहरुलाई सम्मान एवं पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।

सोहि अवसरमा माननीय मन्त्रीज्यूले छापा पत्रिका गोरखापत्रको शुभारम्भ भएको ऐतिहासिक दिनको सम्झनामा मनाइने राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सम्पूर्ण आमसञ्‍चार क्षेत्रलाई शुभकामना दिनुभयो । राजनैतिक एवं सामाजिक परिवर्तनहरुमा पत्रकारहरुको योगदान सदैव महत्वपूर्ण रहेकोले आफ्नो क्षमताको उच्चतम योगदान गर्न अनुरोध गर्दै कोभिड (१९ का कारण साधारण कार्यक्रममा खुम्चिएको वरिष्ठ पत्रकार सम्मान तथा राष्ट्रिय पत्रकारिता पुरस्कार कार्यक्रम उपयुक्त समयमा कार्यक्रम आयोजना गरी प्रदान गरिने व्यवस्था मिलाइने भएकोले पुरस्कृत हुनुहुने सम्पूर्ण बरिष्ठ पत्रकारहरुलाई बधाई दिनुभयो ।

श्रमजिवी पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि आमसञ्‍चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, पत्रकार कल्याण कोषको परिचालन लगायत लोककल्याणकारी विज्ञापन र अनुदान सहायता मार्फत आमसञ्‍चार क्षेत्रको समस्या सम्वोधन गरिने हुँदा कोभिड( १९ लाई प्राथमिकतामा राखेर सकारात्मक सन्देश संप्रेषण गर्न, सामाजिक सञ्‍जालको मर्यादित प्रयोग गर्न एवं जवाफदेहिता बहन गर्न आमसञ्‍चार क्षेत्रलाई आव्हान समेत गर्नुभयो। यसैगरी कोभिड-१९ को संकट व्यवस्थापनका लागि राज्यका सम्पूर्ण संयन्त्रहरु एकजुट भई जुटिरहेकोले संयमित हुन र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सवैमा अपिल गर्नुभयो ।

मन्त्रालयका सचिवबट छैठौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सम्पूर्ण आमसञ्‍चारकर्मी र पुरस्कृत हुनुहुने पत्रकारहरुलाई शुभकामना दिंदै जनताका आवाज उजागर गर्ने, सरकारलाई घचघच्याउने, सुशासन कायम गर्ने पत्रकारिता क्षेत्रको उज्जवल भविष्यको कामना गर्नुभयो । आमसञ्‍चार क्षेत्रमा उजागर भएका समस्याहरु सम्वोधन गर्न संस्थागत एवं नीतिगत सुधारका कार्यहरु मन्त्रालबवाट अघि बढाइएको उल्लेख गर्दै देशको गाउँ गाउँसम्म सूचनाको मेरुदण्ड मानिएको गोरखापत्रको समेत स्थापना दिवस परेकोले संस्थानको उज्जवल भविष्यको कामना गर्नुभयो ।

मन्त्रालयका तर्फबाट एक प्रेस  विज्ञप्ति जारी गर्दै सहसचिव एवं प्रवक्ता शोभाकान्त पौडेलले २०७६ र २०७७ सालको बरिष्ठ पत्रकार सम्मानबाट सम्मानित हुनुहुने बरिष्ठ पत्रकारहरु तथा राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुहुने बरिष्ठ पत्रकारहरुलाई हार्दिक वधाई एवं शुभकामना व्यक्त गर्नुभयो ।

Facebook Comments