परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

अझै बाँकी छन् 

चट्याङ-प्रहार

प्रजातन्त्रमा हेर्नोस् प्रजा र तन्त्र बाँकी छन् 

लुटेराले अझै लुट्न त्यस्ता धेर मन्त्र बाँकी छन् 

 

गणतन्त्र, लोकतन्त्र यस्ता धेर तन्त्र बाँकी छन् 

हत्याराले सधैँ जप्ने यस्ता धेर मन्त्र बाँकी छन्  

 

सङ्कटकाल सकिए पनि सङ्कट र काल बाँकी छन् 

समाचारले समाउन लाखौँ हज्जार बाँकी छन् 

 

भ्रष्टाचार जति मास, चारका चार बाँकी छन् 

प्रहरेदारहरूमध्ये गद्धार यार बाँकी छन् 

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

 

सिंहदरबारमा हेर्नोस् दर र बार बाँकी छन् 

बोक्नुपर्ने अझै हामीले देशका भार बाँकी छन् 

 

अधिकार खुबै खोज्ने त्यस्ता धिक्कार बाँकी छन् 

सुन्नु पर्ने धेरैका ती अझै चित्कार बाँकी छन् 

 

कानुनहरूमा जति खोज कानु र नून बाँकी छन् 

न्यायको भकारीमा अन्याय डङ्गुर बाँकी छन् 

Facebook Comments