परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानद्वारा २०१९ र २०२० विभिन्न पुरस्कार वितरण

झापा । रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले २०७८ साल वैशाख १४ गते मंगलवार विर्तामोड, झापामा एक समारोहबीच सन् २०१९ र सन् २०२० का लागि घोषित पुरस्कारहरु वितरण ग¥यो । स्वास्थ्य सुरक्षालाई विशेष ध्यान राख्दै सानो उपस्थितिमा सम्पन्न सो पुरस्कार वितरण समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ कोरोनाका कारण भौतिक रुपमा उपस्थित हुन नसके पनि शुभकामना सन्देश पठाउनु भएको थियो ।

प्रमुख अतिथिको अनुपस्थितिमा कार्यक्रमका विशिष्ट अतिथि कनकाई नगरपालिकाका मेयर राजेन्द्र पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । गत वर्ष कोरोनाका कारण पुरस्कार वितरण कार्यक्रम सम्पन्न हुन नसकेकाले यस वर्ष संयुक्त कार्यक्रम आयोजना गरी २०१९ र २०२० का विभिन्न पुरस्कारहरु वितरण गरिएको थियो ।

कार्यक्रममा रूद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार सन २०१९ बाट राजेन्द्रराज पन्त र रूद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार २०२० बाट पाल्पाका कफी किसान ढकेश्वर घिमिरे सम्मानित हुनु भयो । यसै गरी गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार २०१९ बाट इन्दिरा राना र अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य पुरस्कार २०१९ बाट साहित्यकार चुडामणी रेग्मी, देवीओली स्मृति राष्ट्रिय बाल पुरस्कार २०१९ बाट इटहरीका गायक प्रितम आचार्य र देवीओली स्मृति राष्ट्रिय बाल पुरस्कार २०२० बाट रक्षा किशोरी समूह मोरङलाई सम्मानित गरियो ।

समारोहमा अम्बिकादेवीओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार – २०२० बाट सम्मानित बरिष्ठ पत्रकार दधिराम सुवेदी, रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार – २०२० बाट ढकेश्वर घिमिरे संगै संयुक्त रुपमा सम्मानित कृषि बाली विज्ञ प्रचण्डमान श्रेष्ठ र गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार – २०१९ बाट सम्मानित दोलखाकी सिर्जना कार्की कोरोनाका कारण सम्मान ग्रहण गर्न कार्यक्रम स्थलमा पुग्न नसक्नु भएको प्रतिष्ठानका अध्यक्ष गंगा प्रसाद ओलीले जानकारी गराउनु भएको थियो ।

सोही कार्यक्रममा १३ औं साउथ एसिएन खेलमा जुडोतर्फ स्वर्ण पदक विजेता देविका खड्कालाई नगद पुरस्कार सहित सम्मान–पत्र पनि प्रदान गरिएको थियो ।

Facebook Comments