परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

बर्जुवा शिक्षा बहिस्कारको लहर

आत्मकथन

तत्कालीन समयमा भारतबाट प्रकाशित केही पत्रपत्रिकाहरुमा चारु मजुमदारका केही भनाइहरु छापिएका हुन्थे । त्यसमध्ये युवाहरुलाई जागरुक तुल्याउने दुईटा पंक्तिले मलाई खुबै छोयो । एउटा भनाई थियो, ‘जितना पढोगे, उतना मुर्ख बनोगे ।’ जनताको स्वार्थमा नभएर व्यक्तिगत हित र स्वार्थका लागि र प्रचलित बुर्जुवा व्यवस्थाको पक्षमा उभिनुपर्ने भएकोले बुद्धिजीवि हुनु राम्रो होइन भन्ने मजुमदारको आशय थियो । त्यो समय माओ त्से तुङले भनेका ‘जनता नै सबै कुराका ज्ञाता हुन्, उनीहरुका कुरालाई अगाडि बढाउनुपर्छ’ भन्ने वाक्यले पनि मलाई अधिक प्रभाव पारेको थियो ।

बिस्तारै बढ्दै गइरहेको राजनीतिक आन्दोलन र माओको बुर्जुवा शिक्षा बहिस्कार गर्ने आव्हानले मलाई पनि छोयो। बुर्जुवा शिक्षा, संस्कृति, रीतिरिवाज, सानसौकतको विरोध गर्न थालियो। चीनको साँस्कृतिक क्रान्तिले पनि प्रभावित तुल्याइरहेको थियो। त्यसकै प्रभावमा युवाहरुमा दाह्री पाल्ने, आफ्नो नामको पछाडि ‘विद्रोही, शोषित, सर्वहारा’ जस्ता उपनामहरु जोड्ने लहर नै चल्न पुग्यो। त्यही समय मैले पार्टीमा प्रस्ताव राख्दै भनेको थिएँ, ‘यदि मेरो योग्यता पुग्छ भने म भूमिगत भएर काम गर्न चाहन्छु। म लड्न चाहन्छु। तर, मलाई मध्यपश्चिम क्षेत्रमा जिम्मेवारी दिनु भयो भने म त्यो क्षेत्रमा गएर काम गर्न सक्छु।

त्यो समयमा नेपालमा पनि राजनीतिक आन्दोलन र गतिविधिहरु छिट्फुट रुपमा सुरु भइसकेका थिए । पूर्वतिरबाट आउने विद्यार्थीहरु र हामीबीच झापा विद्रोह, नक्सलबाडी आन्दोलनबारे कुराकानी हुन्थ्यो । त्यो बेला मैले पनि भारतीय डकुमेन्टमा पढेको थिएँ, ‘भारतको मागुरजान भन्ने ठाउमाँ चारु मजुमदारको पार्टीले केवल २ वटा राइफल प्रहरीसँग खोसेर बुटनको अगुवाईमा सशस्त्र युद्ध सुरु गरेको हो ।’ त्यो खबरलाई चिनियाँ पत्रिकाहरुले प्रमुख स्थान दिँदै ‘वसन्तको मेघ जर्गन’ शीर्षकमा समाचार पनि बनाएको थियो । त्यो हल्ला र प्रभाव काठमाडौँसम्म आइपुग्न कुनै समय लागेन । काठमाण्डौँका डाँडाकाँडाहरु छिचोलेर पश्चिमका पाल्पा र स्याङ्जालगायतका भूभागसम्म पनि त्यो खबर फैलिन पुग्यो।

तत्कालीन पञ्चायती शासकले देशभक्ति र जनपक्षमा आवाज उठाउनेहरुलाई धमाधम पक्रने वा हत्या गर्ने कार्य गरिरहेको थियो ।

अमेरिकाले भियतनाममाथि आक्रमण गरेको विरुद्धमा पहिला जस्तै नेपालमा पनि विरोधस्वरुप जुलुस निस्किएको थियो । सिक्किमलाई भारतले लिएपछि देशभक्तिपूर्ण आन्दोलनहरु उठ्न पुगेका थिए । यस्ता अनेक राजनीतिक गतिविधिले हामीजस्ता युवाविद्यार्थीलाई प्रभाव नपार्ने प्रश्नै रहेन ।

बिस्तारै बढ्दै गइरहेको राजनीतिक आन्दोलन र माओको बुर्जुवा शिक्षा बहिस्कार गर्ने आव्हानले मलाई पनि छोयो । बुर्जुवा शिक्षा, संस्कृति, रीतिरिवाज, सानसौकतको विरोध गर्न थालियो । चीनको साँस्कृतिक क्रान्तिले पनि प्रभावित तुल्याइरहेको थियो । त्यसकै प्रभावमा युवाहरुमा दाह्री पाल्ने, आफ्नो नामको पछाडि ‘विद्रोही, शोषित, सर्वहारा’ जस्ता उपनामहरु जोड्ने लहर नै चल्न पुग्यो । त्यही समय मैले पार्टीमा प्रस्ताव राख्दै भनेको थिएँ, ‘यदि मेरो योग्यता पुग्छ भने म भूमिगत भएर काम गर्न चाहन्छु । म लड्न चाहन्छु । तर, मलाई मध्यपश्चिम क्षेत्रमा जिम्मेवारी दिनु भयो भने म त्यो क्षेत्रमा गएर काम गर्न सक्छु । म बर्दियामा ८–९ वर्ष बसेको हुँदा म त्यो क्षेत्रका शोषण, उत्पीडनबारे परिचित छु । म स्थानीय थारु भाषा पनि जान्दछु, उनीहरुका चालचलन र आचरणबारे पनि राम्रो ज्ञान छ ।’

त्यो समयसम्म मैले पार्टीले अह्राएबमोजिम समसामयिक थुप्रै चिनियाँ साहित्य नेपाली भाषामा अनुवाद गरिसकेको थिएँ । हातले सेतो कागजमा कार्बन राखी तीन–चार प्रति निकाल्ने गरी डटपेनले लेख्थेँ । मैले युद्धसँग सम्बन्धित थुप्रै साहित्यहरु अनुवाद गरेको थिएँ, त्यतिबेला । त्यतिखेर चिनियाँ साहित्यका अंग्रेजी भाषाका पुस्तकहरु सस्तोमा पाइने भएको हुँदा म किन्थेँ र नेपाली भाषामा अनुवाद गरेर पार्टीलाई दिन्थेँ । कहिलेकाहीं त म रातभरिमा दुई–तीन वटा कथा नै अनुवाद गरिसक्थेँ । मैले अनुवाद गरेको ल्यु हु लानका कथा, आधा रातमा बास्ने कुखुरा, नयाँ वर्षको बलिदान, रातो ताराजस्ता कथाहरु धेरैले मन पराएका थिए । अनुवाद गर्ने क्रममा मलाई धेरै कुराको ज्ञान प्राप्त भयो । मलाई के लाग्न थाल्यो भने, ‘यो बुर्जुवा शिक्षा पढेर मैले के पाउँछु ? म के हुँला र ? धेरै भएँ भने एकजना शिक्षक हुँला। एकजना डाक्टर हुँला । तर, देशमा परिवर्तन भयो भने त धेरै कुरा प्राप्त हुन्छन् ।’

अन्य आकर्षणहरू

पार्टीभित्रको त्यो भुइँचालो

अध्ययनको क्रममा मलाई विश्व कम्युनिष्ट आन्दोलनका गतिविधिहरुबारे पनि अगवत भइसकेको थियो । कम्बोडिया, फिलिपिन्स, बर्मालगायत देशमा कम्युनिष्टरुले गरेका आन्दोलनबारे जानकारी पाइसकेको थिएँ । यी कुराहरुले मलाई कम्युनिष्ट राजनीतिप्रति लागिरहन र प्रोत्साहित तुल्याउन मद्दत पु¥याइरहेका थिए ।

भूमिगत राजनीति थाल्नुअघि नै मैले पार्टीलाई केही नगद र जिन्सी सम्पत्ति बुझाईसकेको थिएँ । मैले पार्टीमा बुझाएको लुगा लगाएर कतिपय नेताहरु मेरो घरमा आउनु हुँदोरहेछ र त्यो देखेर आमा रुनु हुँदोरहेछ । त्यो समय सरल बन्ने, सादगीपूर्ण जिन्दगी चलाउने हरेक खर्चको हिसाब राख्नेजस्ता काम गथ्र्यौं । म सुरुमा मध्यपश्चिममा जाँदा नेकपा (माले) गठन भइसकेको थिएन । त्यो बेला को–अर्डिनेसन केन्द्र (माले) को प्रभाव पश्चिममा मुक्तिमोर्चासम्म पुगेको थियो । नेत्रलाल अभागीले नेतृत्व गर्नुभएको दाङको सन्देश समूहसम्म पनि मालेको प्रभाव पुगिसकेको थियो । त्यो समूहसँग मालेको वार्ता चलिरहेको थियो । त्यही बेला एउटा गीत पनि बनेको थियो, ‘लालसलाम झापालीलाई हामी दङ्गालीको ।’ त्यो गीत नेत्रलालले लेख्नुभएको थियो र हामी त्यसलाई लय हालीहाली गाउँथ्यौँ ।

बर्दियामा दाङबाट झरेका केही थारुहरुमा कम्युनिष्टको प्रभाव परिसकेको रहेछ । खासगरी, तुलसीलाल अमात्यको पार्टीको राष्ट्रिय कार्यक्रमको प्रभाव परेको रहेछ । उनीहरुले मलाई तुलसीलालको एउटा सामग्री देखाए । तर, मैले उनीहरुलई भनेँ, ‘यसबाट काम चल्दैन। अब हामीले सशस्त्र क्रान्ति गर्नुपर्छ । त्यसका निम्ति जनता स्वयं उठ्नुपर्छ । क्रान्तिका निम्ति तलैबाट उठ्नुपर्छ, तलैबाट जनता संगठित बन्नुपर्छ ।’

एक पटक दाङमा जमिनदार विरुद्ध आन्दोलन हुँदा एकजना गुमराह थारुको मृत्यु भएको रहेछ । त्यही किसानको अगुवाईलाई स्वीकारेर केही थारुहरु पुनर्वास क्षेत्रमा जग्गा किनेर बसेका रहेछन् । जब मैले क्रान्ति र परिवर्तनको कुरा गर्न थालेँ, उनीहरु मसँग नजिक हुन थाले। उनीहरुबीच मेरो बारेमा के कुराकानी हुँदोरहेछ भने, ‘यो जमिनदारको छोरा भए पनि कम्युनिष्ट हो । हामीसँग यसको कुरा मिल्छ ।’

पछि बर्दियामा म पार्टीको जिम्मेवारी लिएर गएपछि भने उनीहरु मसँग खुलेर कुरा गर्न थाले । उनीहरुले मलाई केही किताबहरु दिए । ती सामान्य साँस्कृतिक र जनवादी प्रचारसँग जोडिएका किताबहरु थिए । पछि बिस्तारै नियमित सम्पर्क तथा हाम्रो पार्टीगत व्यवहार र कामको गोपनियताबाट प्रभावित हुँदै सबैजसो आबद्ध भए ।

पहिला नै म बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा घुमिसकेको हुँदा मलाई स्थनीय भूगोलको ज्ञान थियो । स्थानीय जनतामाथि उपल्लो वर्गको उत्पीडन र शोषणबारे जानकारी थियो । स्थानीय जनतामाथि उपल्लो वर्गको उत्पीडन यति घृणित थियो कि, कुनै–कुनै गाउँमा त नयाँ बेहुली बिहे भएर आउँदा स्थानीय जमिनदारलाई केही दिनसम्म सुम्पिनु पथ्र्यो, विभिन्न निहुँमा । जमिनदारलाई करिब एक हप्तासम्म आफ्नी नवविवाहिता पत्नीलाई सुम्पेपछि मात्र विवाहित पुरुषले आफ्नी पत्नीलाई लैजान पाउँथे । जमिनदारलाई बसेर नमस्कार गर्नु हुँदैनथ्यो । बसेर नमस्कार गर्दा कति मानिसहरुले रगत छाद्ने गरी पिटाइ खाएका घटनासम्म भएका थिए ।

प्रा.डा. चालिसेद्वारा लिखित ‘मैले छिचोलेका कुइनेटा’ नामक पुस्तकबाट साभार

Facebook Comments