परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

भेट्न आए मलाई

बुढ्यौली कविता शृङ्खला - ३०

आमा सम्झी खुरुखुरु पुगेँ भेट्न ती सानिमा म

झल्को मेट्ने गहन ममता खोज्न दौडी पुगेँ म

ढोगी भेटी कति कति कुरा भित्रका खोल्न पाएँ

आमाको त्यो मृदुल पनको तालमा पौड्न पाएँ।१

 

वार्ता गर्थें अघि पनि निकै फोन सम्बाद हुन्थे

माया पाई पुकलित भई धन्य धन्यै म हुन्थेँ

यो बेलाको फरक पनको भेट मेरो भएको

सानीआमासित नजिकमा खुल्न मौका मिलेको ।२

 

केही फुल्दो मलिन मुख त्यो देखियो सानिमाको

के हो आमा किन र कसरी हाल यस्तो भएको

भन्दै सोधेँ जब नजिकमा बस्न पाएँ खुसीले

बिस्तारैमा सब अब कुरा चाल पाएँ उसैले ।३

 

ढल्क्यो जस्तै वय अब बढी सत्तरी आसपास

च्याप्दै आयो सुगर भनिने रोगले खास आज

हिँड्ने डुल्ने दिन पनि गए कोरना बढ्न थाल्यो

बस्दा खाँदा यस किसिमको रोगले झन् सतायो ।४

 

खस्रो खाना पनि दिनदिनै खान मान्दैन देह

हुन्नन् केही हर दिन गरौँ काम जो भित्र गेह

भारी बोकी शिखर चढियो बैँस बेला हुँदामा

खाने बस्ने अब पल भयो रोगले चापिँदामा ।५

 

गाई भैंसी कति कति थिए काम खाँचो थिएन

पढ्ने लेख्ने समय पनि ता हेर पैले भएन

कस्तो आयो युग समय यो फोनमा विश्व सारा

देख्दा लाग्दो समय गतिको खेल हो हेर सारा ।६

 

गाह्रो धेरै अब पल भयो फोन गर्नै नजान्दा

के के कस्तो खबर छ कता बुझ्न मैले नसक्दा

आमा बाबा समय नहुँदै काल कालो पसेर

अन्य आकर्षणहरू

साह्रै भयो दुःख र कष्ट पाएँ

को सुन्छ मर्का यहाँ ?

पानी दिएँ आखिर

बुढ्यौली, पुत्र मोह र पीडित आमा

अचम्मको जीवन लाग्न थाल्यो

दाह्रा धस्दा बहुत दुखिया मावलीमा बसेर ।७

 

हुर्केँ बाँचेँ श्रमिकसरिको जिन्दगानी जिएर

कस्ले भन्थ्यो पढ अलिकता चाहिने हो भनेर

ढल्दै जाँदा वय अनि थियोे गाउँमा प्रौढ शिक्षा

सारा कामै घर र परका गर्न थाल्दा नमिल्दा ।८

 

त्यो बेलामा किन किन अहो पढ्न मौका भएन

आँखा बन्दै अझ तलक छन् हेर्न बुझ्नै थिएन

इच्छा लाग्दो कतिपय कुरा हेरूँ आफैं सरेर

के को हुन्थ्यो नयन नखुली चाह मात्रै भएर ।९

 

सोच्थें मैले सकल घरका पुत्र पुत्री पढेमा

मेरा आँखा सब जन यिनै भोलि पक्कै बढेमा

सोचे जस्तो अब किन हरे बन्दथ्यो यो पलामा

खाँचो बढ्दै अझ पनि छ यो अड्किएको गलामा ।१०

 

फोटो हेर्ने अलिकति ठुलो फोन पाए हुने हो

आफ्ना मान्छे वर पर सबै देख्न पाए हुने हो

त्यस्तो भाँडो पनि अब किनी हेर्न पाए खुसीले

हेर्ने इच्छा प्रवल मनमा जाग्न थाले अहिले ।११

 

भेट्नै आऊ समय दिनमा दूर देखि म भन्छु

माया लाग्दा किन किन यसै पीरले रन्थनिन्छु

भेटे जस्तो मन भर कुरा गर्न मिल्दै नमिल्ने

आँखा भित्रै पल पल तिमी राख्न खोज्दा नजान्ने ।१२

छन्द:- मन्दाक्रान्ता

( सुगरले च्यापेकी फोन गर्न नजान्ने सत्तरी वर्षिया सानिमासँगको भेटमा आधारित )

Facebook Comments