परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानद्वारा २०२० मा प्रदान गरिने पुरस्कारहरुको घोषणा

झापा । रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान, भद्रपुर, झापाले पत्रकार सम्मेलन गरी सन् २०२० का लागि वितरण गरिने आठौं रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार, गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार, अम्बिका देवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार तथा देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कारबाट सम्मानित हुने व्यक्तित्वहरुको आज रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानका तर्फबाट अध्यक्ष गंगाप्रसाद ओलीले घोषणा गर्नुभयो ।

सन २०१९ को सातौं पुरस्कार वितरण समारोह कोरोना महामारीका कारण स्थगित भएकोमा २०१९ का चारवटै विधाका पुरस्कृत व्यक्तित्वहरुलाई पनि यसपटक यही वैशाख १४ गते झापाको कनकाई नगरपालिका सुरुङ्गामा भव्य कार्यक्रम आयोजना गरी संयुक्त रुपमा सम्मान गरिने कुरा पनि प्रतिष्ठानले जनाएको छ ।

सामुदायिक सञ्चार र मोफसलमा लामो समयदेखि नेपाली प्रत्रकारिता क्षेत्रमा क्रियाशील रही उल्लेखनीय सेवा पु¥याए वापत दाङ्ग, घोराही उपमहानगरपालिकाका दधिराम सुवेदी एक लाख एक हजार एक सय एघार रुपियाँ सहित अम्बिकादेवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार(२०२० का लागि छनोट हुनुभएको छ।

यसैगरी कफी खेतीको विकास, प्रवद्र्धन, बजार बिस्तार र निर्यात गरी कृषि क्षेत्रको दिगो विकासमा अनुकरणीय कार्य गरे बापत पाल्पा मदनपोखराका श्री ढकेश्वर घिमिरे र काठमाडौंका श्री प्रचण्डमान श्रेष्ठलाई रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार– २०२० बाट एक लाख एक हजार एक सय एघार रुपियाँ सहित संयुक्त रुपमा सम्मानित गरिने भएको छ ।

कारागारका कैदी महिलाहरुसँग आश्रित तथा सहाराविहिन बालबालिकाको शिक्षा, स्वास्थ्य, सीप विकास तथा लालनपालन र कारागारमा रहेका महिलाहरुको स्वास्थ्य तथा मानसिक स्थिति सुधारका साथै कोभिड(१९ को महामारीमा नेपाली जनतालाई पु¥याएको सेवा वापत झापा, अर्जुनधाराकी श्री इन्दिरा राना एक लाख एक हजार एक सय एघार रुपियाँ सहित गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार(२०२० बाट सम्मानित हुनुहुने भएको छ ।

समाजमा विभिन्न कारणले बहिष्करणमा परेका मुसहर समुदायका बालबालिकाको हक हित संरक्षण, वालविवाह विरुद्घ अभियान कार्यक्रमका साथै कोभिड(१९को माहामारीमा नेपाली जनतालाई पु¥याएको सेवा वापत मोरङ्ग, बुढिगंगामा सञ्चालित रक्षा किशोरी समूहलाई एक लाख एक हजार एक सय एघार रुपियाँ सहित देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार(२०२० प्रदान गरिने भएको छ ।

प्रतिष्ठानले २०७९ सालदेखि प्रदान गर्ने गरी थप पुरस्कारहरुको पनि स्थापना गरेको छ । प्रतिष्ठानले थप गरेका पुरस्कारहरुमा श्री प्रसाद ओली प्रज्ञान पुरस्कार र बद्री प्रसाद ओलीको स्मृतिमा क्यान्सर स्वास्थ्य पुरस्कार रहेका जानकारी प्रतिष्ठानका तर्फबाट अध्यक्ष गंगाप्रसाद ओलीले दिनुभयो।

राष्ट्र निर्माण र नेपालीको गरीमा बढाउन महत्वपूर्ण योगदान पु¥याउने राष्ट्रिय एवं अन्तर्राष्ट्रिय व्यक्ति, संघसंस्थाहरु मध्येबाट छनोट हुने व्यक्ति वा संस्थालाई प्रत्येक दुई वर्षमा पाँच लाख नगद राशीको पुरस्कार प्रदान गर्ने निर्णय प्रतिष्ठानले आजको पत्रकार सम्मेलनबाटै सार्वजनिक गरेको छ।

प्रतिष्ठानका संस्थापक कार्य समिति सदस्य श्री बद्री प्रसाद ओलीको स्मृतिमा क्यान्सर सम्बन्धी र यस्तै प्रकृतिका रोग निवारणको खोजीमा लागेका व्यक्ति, संगसंस्था मध्येबाट प्रतिवर्ष एक लाख एक हजार एक सय एघार रुपियाँ सहितको पुरस्कार तथा क्यान्सर बारे शोधखोजलाई प्रभावकारी बनाउन प्रत्येक वर्ष रु. तीन लाखसम्मको वार्षिक अनुदान सहयोग गरी प्रति वर्ष रु. पाँच लाख रुपैयाँ प्रदान गर्ने निर्णय पनि प्रतिष्ठानले गरेको छ ।

Facebook Comments