परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

अम्बिकादेवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार दधिराम सुवेदी सम्मानित

झापा ।सामुदायिक सञ्चार र मोफसलमा लामो समयदेखि नेपाली प्रत्रकारिता क्षेत्रमा क्रियाशील रही उल्लेखनीय सेवा पु¥याए वापत दाङ्ग, घोराही उपमहानगरपालिकाका दधिराम सुवेदी एक लाख एक हजार एक सय एघार रुपियाँ सहित अम्बिकादेवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार(२०२० का लागि छनोट हुनुभएको छ ।

पुरस्कृत व्यक्तित्व दधिराम सुवेदी नेपाली पत्रकारिता जगतको एउटा उल्लेखनीय नाम हो । मध्यपश्चिम नेपालको घोराही उपमहानगरपालिका १८, दाङमा माता ढुण्डीकुमारी देवी र पिता शेषरमण सुवेदीका सुपुत्र सुवेदी २०२० साल भदौ १९ गते जन्मनु भएको हो । स्नातक तहसम्मको अध्ययन गर्नुभएका सुवेदीले तीन दशक लामो पत्रकारिता यात्रा पार गर्नु भएको छ । उहाँले त्यस बखतको चर्चित पत्रिका साप्ताहिक विमर्शको जिल्ला संवाददाताका रुपमा २०४५ सालदेखि पत्रकारिता शुरु गर्नु भएको हो । उहाँ २०४९ सालदेखि केही वर्ष दाङबाट प्रकासित दृष्टिकोण साप्ताहिकमा कार्यरत रहनु भयो भने सोही साल काठमाडौंबाट प्रकासित कान्तिुपुर दैनिकको प्रारम्भिक कालदेखि पाँच वर्षसम्म संवाददाताका रुपमा सफलतापूर्वक कार्य सम्पादन गर्नुभयो । २०४९ सालमा शुरु भएको रेडियो नेपालको समसायिक विषयको चर्चित कार्यक्रम घटना र विचारका लागि करिव दुई वर्ष दाङ प्रतिनिधि भएर सक्रिय भुमिका निर्वाह गर्नुभयो । वरिष्ठ पत्रकार सुवेदीले २०५५ देखि झण्डै आधा दशक दाङबाट प्रकासित सर्यु साप्ताहिकको प्रधान सम्पादकको जिम्मेवारी समेत सम्हाल्नुभयो ।

सामुदायिक रेडियोहरुको संगठन सामुदायिक रेडियो प्रसारक संघका संस्थापक सदस्य समेत रहनु भएका सुवेदीले २०५८ सालमा मध्य पश्चिम र सुदुरपश्चिम नेपालकै पहिलो रेडियो स्वर्गद्वारी एफएमको स्थापना गर्नुभयो । हालसम्म सोही एफएमको अध्यक्ष र प्रबन्ध निर्देशक रहनु भएका वरिष्ठ पत्रकार सुवेदीले नेपालमा सामुदायिक सञ्चार र मोफसल पत्रकारिताको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु भएको छ ।

समाचार लेखन, फिचर लेखन, रेडियो पत्रकारिता, अदालती रिपोर्टिङ र भ्रष्टाचार सम्बन्धी समाचार लेखन जस्ता विषयमा तालिम प्राप्त वरिष्ठ पत्रकार सुवेदी समाचार लेखनमा उल्लेखनीय योगदान पु¥याएवापत घोराही नगर नगरपालीका, जिल्ला बिकास समिति दाङ, त्रिभुवननगर जेसिज, तुलसीपुर नगरपालिका र निर्माण व्यवसायी संघ दाङद्वारा सम्मानित हुनुहुन्छ भने नेपाल पत्रकार महासंघ दाङले स्थापना गरेको यज्ञवहादुर पत्रकारीता पुरस्कारबाट पुरस्कृत भइसक्नु भएको छ ।

पत्रकारीता सम्बन्धी विभिन्न तालिममा प्रशिक्षकको भुमिका निर्वाह गर्नुभएका सुवेदीले पेशागत कार्यका सिलसिलामा भारत, इण्डोनेशिया र थाइल्याण्डको भ्रमण गर्नुभएको छ ।

समाज सेवामा समेत क्रियाशील सुवेदी बिद्यानिलकण्ठ उच्च मावि तथा क्याम्पस व्यवस्थापन समिति दाङको अध्यक्ष भएर शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु भएको छ । यसका साथै त्रिभुवननगर जेसिज उपाध्यक्ष र विभिन्न सामाजिक संस्था तथा उपभोक्ता समितिहरुमा रहेर उहाँले निरन्तर सामाजिक योगदान गर्दै आउनु भएकोछ ।

Facebook Comments