परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

पार्टीभित्रको त्यो भुइँचालो

२०३९ साल । त्यो वर्ष नेपालको कम्युनिष्ट र वर्गीय आन्दोलनमा ठूलो भुइँचालो आएको वर्षको रुपमा इतिहासका पानाहरुमा अंकित हुनेछन् ।

त्यतिबेला नेकपा (माले) भित्र तीव्र रुपमा अन्तरसंघर्ष चलिरहेको रहेछ । प्रष्ट शब्दमा भन्नुपर्दा, तत्कालीन महासचिव सीपी मैनालीलाई हटाएर अरु कोही महासचिव बन्ने तिगडम चलिरहेको रहेछ र त्यसले अन्तरसंघर्षको रुप लिन पुगेको रहेछ । हामीले के बुझेका थियौँ भने, ‘पार्टीमा जसको विचारलाई बहुमत प्राप्त छ, त्यही नै महासचिव हुन्छन् ।’

बिस्तारै पार्टी स्वतन्त्रता पक्षधर र विपक्ष भनेर छुट्याउने काम पार्टी भित्र सुरु हुन थाल्यो । संस्थापन पक्षका बहुमत ल्याउन खोज्ने उपल्लो तहका नेताहरुबाटै कित्ताकाट गर्ने काम हुन थाल्यो । मैले पार्टी स्वतन्त्रताको नारालाई बोकेको थिएँ र बाहिरतिर त्यही नाराको व्याख्यासमेत गर्दथेँ । कित्ताकाट भएपछि मलाई पार्टीको केन्द्रीय तहका नेताहरुले एकोहोरो ‘गडबडिया’ को आरोप लगाई पेल्न थाले र उनीहरुले भन्न थाले, ‘कि यो कित्तामा बस, कि त्यो कित्तामा जा ।’

तत्कालिन समयमा सीपी मैनाली महासविच हुनुभएको हुँदा उहाँकै विचार पार्टीमा लागु हुन्थ्यो । तर, मैनालीको विचारलाई पछार्नका निम्ति त्यतिबेला उठिरहेको पार्टी स्वतन्त्रताको नारालाई अरु नेताहरुले भने ‘यो त संशोधनवादी, बुर्जुवा नारा हो’ भनेर असहमति जनाए र पेल्न थाले ।

हामी जुन तहमा रहेर काम गरिरहेका थियौं, हाम्रो विचार के थियो भने, ‘अखिलजस्ता जनवर्गीय संगठनले पार्टी स्वतन्त्रताको नारा उठाउनु उचित छ । पेशागत र खुला संगठनहरुले त्यस्तो नारा उठाउनु स्वभाविकै हो । पार्टीले यो त्यस्तो नारालाई मूल अभिष्टको रुपमा उठाउनु हुँदैन । र भूमिगत शैलीबाट काम गर्नुपर्छ र नेतृत्व बाहिर आउनु हुँदैन । आउनै परे पनि तल्लो तहका कार्यकर्ताहरु मात्र आउनुपर्छ।’

बिस्तारै पार्टी स्वतन्त्रता पक्षधर र विपक्ष भनेर छुट्याउने काम पार्टी भित्र सुरु हुन थाल्यो । संस्थापन पक्षका बहुमत ल्याउन खोज्ने उपल्लो तहका नेताहरुबाटै कित्ताकाट गर्ने काम हुन थाल्यो । मैले पार्टी स्वतन्त्रताको नारालाई बोकेको थिएँ र बाहिरतिर त्यही नाराको व्याख्यासमेत गर्दथेँ । कित्ताकाट भएपछि मलाई पार्टीको केन्द्रीय तहका नेताहरुले एकोहोरो ‘गडबडिया’ को आरोप लगाई पेल्न थाले र उनीहरुले भन्न थाले, ‘कि यो कित्तामा बस, कि त्यो कित्तामा जा ।’

पार्टी कामको सिलसिलामा सीपी मैनाली हाम्रो घरमा बस्नु भएको थियो । मैनालीको तर्क र कुरा गर्ने शैली देखेर मेरो सिङ्गो परिवार नै प्रभावित हुन पुगेको थियो । त्यो बेला हामी कुन नेताको पछि लाग्ने भन्ने सवालै थिएन । किनभने, मालेमा हामी कुनै गुटका नेताको नजिक भएर वा कुनै आफन्त र छिमेकीहरु आबद्ध भएको आधारमा लागेको थिएनौं । झापालीहरुको संघर्षबाट प्रभावित भएर म स्वतस्फूर्त रुपमा त्यो पार्टीमा आबद्ध हुन पुगेको थिएँ । तर, पार्टीमा बुर्जुवा चरित्र भने हुँदोरहेछ । पार्टीमा हालीमुहाली गर्ने त कसैका नातागोता, आफन्त, इष्टमित्र र साथीभाइ भएको आधारमा हुने गरिँदो रहेछ । मेरो भने पार्टीमा ठूलो पदमा कोहि पनि आबद्ध थिएनन् । त्यसैले पेलाई खाँदा बचाउने पार्टीमा कोही भएनन् ।

मैले पार्टी स्वतन्त्रताको पक्षमा वकालत गर्न थालेपछि साथीहरुले म सीपी मैनालीसँग निकट छु भन्ने आशंका गर्नु भएछ । तर, मैले साथीहरुलाई भनेँ, ‘मैले पार्टीले जे निर्णय गरेको हो, त्यसैलाई शिरोधार्य गरेको मात्रै हुँ । मेरा अरु केही दोष छैनन् । कुनै दोष देखिए मलाई मारे हुन्छ ।’

मैले पहिला जनमतसंग्रहलाई बहिस्कार गर्नुपर्छ भनेर विचार बनाएको थिएँ । तर पार्टीले निर्दलको विरुद्धमा प्रयोग गर्ने भनेपछि म फेरि बर्दिया गएर निर्दलको विरुद्धमा उभिन पुगेको थिएँ । जनमतसंग्रहको निर्वाचनमा बाँके र बर्दियामा बहुदलको पक्षमा जनमत पनि जुटाएको थिएँ ।

मलाई सीपीको पक्षधर रहेको आरोप लगाउन भने छाडेनन् । यस्तो आरोप र पीडा मैले करिब डेढ वर्षजति नै खेप्नु प¥यो । मलाई जसले भेटे पनि भन्थे, ‘यो सीपीको मान्छे हो । पार्टीको पद्धति नमान्ने मान्छे हो ।’ अझ, सीपी मैनालीलाई हटाएर झलनाथ खनाल महासचिव हुनुभएपछि त उहाँले एक साँझ झोछेँको सेल्टरमा बोलाएर के भन्नु भयो भने, ‘तपाइँ त तराईमा काम गरेको मान्छे । बँदेलको जगर कसरी उखेल्नुपर्छ भन्ने राम्रै थाहा होला, तपाईलाई । त्यो जगर उखेल्ने विशेष जात हुन्छ नि, तपाईलाई थाहै होला । म पनि त्यही जगर उखेल्न आएको हुँ ।’ खासमा भाले सुँगुर छिप्पिएपछि जगर निकै कडा, लामा र बलिया हुन्छन् । विभिन्न प्रयोजनका लागि तराईमा जगर उखेलेर बेच्ने चलन छ । के सीपी अब जगर उखेल्नुपर्ने तहमा पुग्नु भयो त ? कुरा सुन्दा त झलनाथले उथलपुथल नै बनाउनु भएछ पार्टीमा भन्ने अशङ्का मलाई लाग्यो । त्यो बेला उहाँ धेरै पातलो, दुब्लो र फुकिढल हुनुहुन्थ्यो । उहाँलाई टिबी भएको हुँदा शारीरिक रुपले निकै कमजोर देखिनु हुन्थ्यो भनिन्थ्यो । उहाँ प्रायजसो नरनाथ लुइँटेलको डेरामा भेटिनु हुन्थ्यो । त्यहीबेला हो, लुइँटेलजीले ‘छिचिमिराको उडान’ भन्ने कविता प्रकाशित गर्नुभएको । त्यो कवितामा छिचिमिरा आफैँ काल खोज्न उड्छन् भन्ने भाव थियो । त्यतिखेर ‘गड्बडिया’ लाई व्यङ्ग हानेको भनेर धेरैले बुझे, त्यो कवितालाई ।

मैले पनि उहँलाई जवाफ दिँदै भनेको थिएँ, ‘तपाइँको कुरा मैले बुझेँ, कमरेड । म पनि बायोलोजी पढेको मानिस हुँ । बँदेलको जगर उखेल्न, जगर उलेख्न जान्ने मानिस नै चाहिन्छ । अरुबाट काम चल्दैन । मैले तपाईको कुरा बुझेँ । तर, मलाई यति कुरा बुझाइदिनुस्, अहिले मरणासन्न अवस्थामा रहेको बेलायतलाई साम्राज्यवाद देख्ने, खुला र पेशागत संगठनहरुले उठाएको पार्टी स्वतन्त्रतालाई नमान्ने काम पनि हुन्छ ? हामीले गर्ने त जनवादी क्रान्ति हो । कि होइन ?’

उहाँले भन्नुभयो, ‘तपाइँ धेरै बाठो नहुनुस् । पार्टीले जे निर्णय गरेको छ, त्यही मान्नुस् ।’

अन्य आकर्षणहरू

बर्जुवा शिक्षा बहिस्कारको लहर

त्यही छेको मलाई ‘अपराधी’ सावित गर्न नेतृत्वले एउटा बैठकसमेत राखेको थियो । उक्त बैठक नरदेवीमा डाकिएको थियो त्यो बैठकमा हामीमध्ये म लगायत केही आरोपितलाई बोलाइएको थियो । खासगरी, सीपी मैनाली निकट रहेका भनिएकाहरुलाई बोलाइएको थियो । त्यो बैठकमा प्रदीप नेपाल, सीताराम मास्के, पद्मरत्न तुलाधर, सुशिलचन्द्र अमात्य, भरत प्रधान आदि उपस्थित हुनुहुन्थ्यो ।

‘पार्टीप्रति गद्दारी गर्नेहरुलाई सिधै गोलीले उडाइदिनु पर्छ ।’ त्यो बैठकमा हामीलाई लक्षित गरेर कसैले यस्ता वाक्यहरु पनि उठाए । यस्तो वाक्य चर्को रुपमा उठाउनेमा प्रदीप नेपाल हुनुहुन्थ्यो ।

त्यो बैठकमा मैले भनेँ, ‘यदि पार्टीले हामीलाई मृत्युदण्ड दिन्छ भने म त मर्न पनि तयार छु । हामीले जनवर्गीय संगठनहरुले पार्टी स्वतन्त्रताको नारा उठाउनु उनीहरुको उच्चतम रुप हो । त्यस्तो नारा क्रान्ति गर्ने पार्टीले पो उठाउनु हुँदैन भन्ने मेरो मत हो ।’ किनकि त्यतिखेरसम्म पनि म नेपालमा जनवादी सशस्त्र क्रान्ति यही पार्टीको अगुवाइमा हुन्छ भन्नेमा थिएँ । २०३५ सालदेखि बिस्तारै पार्टीले छोड्दै गएको र तर लोकप्रिय गुरिल्ला युद्धका हामी कार्यकर्ता भने तयारी नै गर्दै थियौं । कम्तीमा लाठी, भाला चलाउने, भरुवा बन्दुक बनाउने र सुरुङ्ग युद्ध गर्न, बारुद्ध तयार पार्ने आदि कुरा र काम हामी कार्यकर्ता र विश्वसनीय रेडगार्डबीच हुन्थ्यो ।

हामीलगायत जनसाँस्कृतिक आन्दोलनमा संलग्न रामेश–मञ्जुलमाथि पनि त्यस्तै आरोप लगाइएको थियो । मसँग कुराकानी भएपछि रामेश–मञ्जुललाई पनि कारबाही गरिएको बजारमा हल्ला थियो । हामी सबैले सोध्थ्यौं, ‘मेरो अपराध के हो, भन्नुस् न त ।’ हामीलाई कारबाही गर्नेहरुको जवाफ हुन्थ्यो, ‘तिमीहरुको अपराध केही पनि छैन, पार्टीभित्र गड्बड उत्पन्न ग¥यौ, अकण्टक लाइन पास नभएर समस्या, तिमीहरु सब गड्बडिया ।’ यो शब्द कसले सुरु गरेछ कुन्नी, उपल्लो पंक्तिमा । तर हामी एकअर्काबीच हँस्यौली गर्दा पनि ‘गड्बडिया कता हो ?’ भनी भन्थ्यौँ ।

मैले नरम रुपमै आफ्नो कुरा राखे पनि साथीहरुले त खरै कुरा राख्नुभएको थियो । उहाँहरुले भन्नुभयो, ‘ठीक छ, हामी मर्न तयार छौं । तर, हामीलाई मार्दा सार्वजनिक ठाउँमा अगाडिबाट गोली हानेर मार्नुपर्छ । मार्नुस् ।’

बिस्तारै पछिल्ला दिनहरुमा भने हामीलाई पार्टीले कुनै जिम्मेवारी नदिएर निस्क्रिय बनाउन भूमिका खेल्यो । कसैलाई शिक्षक बन्न वा कर्मचारी भएर काम गर्न उपत्यका बाहिर पठाए, मलाई चाहिँ न जिममेवारी, न निस्कासन गरियो । पार्टीका नेताहरुले झोलुङ्गो बनाएर हल्लाइरहेको महसुस गर्न थालेँ ।

त्यो बैठकमा उपस्थित केही साथीले भने हामीप्रति कटु व्यवहार देखाउन उचित ठानेनन् । उनीहरुले भने, ‘गोली नै ठोक्नुपर्ने तहको अपराध त उहाँहरुले गर्नुभएको छैन । त्यो तहसम्म सोची नहालौ । यो मात्र पार्टीको पद्धतिलाई अगाडि बढाउने विषयको द्वन्द्व हो । त्यो लेवलसम्म त विजय कमरेडहरुले गल्ती गर्नुभयो होला भनेर कसरी सोच्न सकिन्छ र ? उहाँहरुले पार्टीको यति लामो इतिहास निर्माण गर्न भूमिका खेल्नुभएको छ । त्यसलाई नबिर्सौं ।’

हामीलगायत जनसाँस्कृतिक आन्दोलनमा संलग्न रामेश–मञ्जुलमाथि पनि त्यस्तै आरोप लगाइएको थियो । मसँग कुराकानी भएपछि रामेश–मञ्जुललाई पनि कारबाही गरिएको बजारमा हल्ला थियो । हामी सबैले सोध्थ्यौं, ‘मेरो अपराध के हो, भन्नुस् न त ।’ हामीलाई कारबाही गर्नेहरुको जवाफ हुन्थ्यो, ‘तिमीहरुको अपराध केही पनि छैन, पार्टीभित्र गड्बड उत्पन्न ग¥यौ, अकण्टक लाइन पास नभएर समस्या, तिमीहरु सब गड्बडिया ।’ यो शब्द कसले सुरु गरेछ कुन्नी, उपल्लो पंक्तिमा । तर हामी एकअर्काबीच हँस्यौली गर्दा पनि ‘गड्बडिया कता हो ?’ भनी भन्थ्यौँ ।

चार दशक लाग्दा पनि कति पूर्वाग्रही एमाले वृत्तका मानिसहरु । हामी खेदिएकाहरुलाई भेट्दा ‘०३९ सालका अझै एकै है’ भनी छेड हान्न खोज्छन् । हुन पनि त्यस समयका कैयौँ पीडित अझै इमान र निष्ठाको पक्षमा छन् र बजारीकरणको लोभमा बदनाम भएका छैनन् र सुख–दुःख पर्दा मित्रता कायम नै राखेका छौँ । वास्तवमा त्यस घटनापछि इमान र क्रन्तिका लागि बलिदानी भावना भएका, हिजोका कोकेको जङ्गी आन्दोलनको प्रस्तावले आकर्षित भएर समाहित हुनपुगेका साथै संसदीय भासमा डुब्न नचाहनेहरु बिस्तारै पार्टीबाट आफैँ पर हुने वा निकालिने प्रक्रिया अघि बढ्यो । साँच्ची जगमा रहेका प्रारम्भिक अवस्थादेखि काम गरेका त्यस्ता निष्ठावान कार्यकर्ता बाहिरिएको एमाले समूह कस्तो भयो, सबैलाई थाहा नै छ । यसरी पार्टीको धार भुत्तिँदै गएको धेरैले अनुभव गर्न थाले र आ–आफ्नो क्षमता र चाखका विषयतिर लाग्दै गए ।

उक्त प्रकरणपछि मेरो मनै कुँडिएर आयो । नेतृत्वले देखाएको रवैयाले चित्तै फाटेर आयो । मैले सोचेँ, ‘पार्टीमा काठमाडौँका रैथाने अरुले योगदान नगरेका बेला एकोहोरो रुपमा लागेको म जस्तो मान्छेलाई किन यसरी पेलिँदै छ ? घरपरिवार सबै त्यागेर लाग्दा पनि, समर्पित रुपले लाग्दा पनि पार्टीमा त गजबको षड्यन्त्र हुँदोरहेछ । सीपी मैनाली मेरा कोही पनि होइनन् । म उहाँलाई चिनेर पार्टीमा लागेको पनि होइन ।’ हुन पनि मैले सीपी मैनालीलाई त एक पटक राधाकृष्ण मैनालीको फोटो एउटा पत्रिकाले छाप्दामात्र प्रष्ट चिनेको थिएँ । मैले आश्चर्य मानेको थिएँ, ‘देवी कमरेड त सीपी मैनाली पो हुनुहुँदो रहेछ, अब चाहिँ निश्चित ।’ हुनत पछि ‘नवजवान’ पत्रिकाको हामीले राजबन्दी अङ्क निकाल्दा कारागारमा रहेका उहाँलगायत अरु धेरैजना राजबन्दीका फोटा पनि छापेका थियौँ ।

(प्रा.डा. मुकेशकुमार चालिसेको हालै प्रकाशित किताव ‘मैले छिचोलेका कुइनेटा’ बाट साभार)

Facebook Comments