परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

आज मन लागिरहेछ !

चट्याङ-प्रहार

आज कसैको प्रशंसा गर्न मन लागिरहेछ,

कसको प्रशंसा गरौँ ?

प्रशंसा गर्न लायक कोही देख्दिनँ यहाँ,

म आफ्नैबाट सुरु गरौँ ? 

 

आज कसैलाई गाली गर्न मन लागिरहेछ,

कसलाई गाली गरौँ ?

तपाईं अगाडि हुँदै हुनुहुन्छ,

तपाईंबाटै सुरु गरौँ ? 

 

आज देश र जनताको लागि केही त्याग गर्न मन लागिरहेछ,

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

म जे पनि त्याग गर्न तयार छु, भन्नुहोस के के त्याग गरौँ ?

यता शौचालय कता छ हँ ? म त्यहाँ गएर धेरै त्याग गरौँ ? 

 

आज देश र जनताको लागि रगत बगाउन तयार छु म,

ओ मित्र, अलि यता आउनुहोस् त, 

तपाईंलाई एक महान् सहिद बनाउँ ?

 

आज मलाई पनि यो देशको ठूलो मान्छे  बन्न रहर लागिरहेछ, 

लेराऊ त बन्दुक, खुकुरी, तरबार, बम के के छ 

म आजैदेखि ठूलो मानिस बन्न शुरु गरौँ !

Facebook Comments