परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

चस्मा हरायो 

बुढ्यौली साहित्य शृङ्खला - २४

बाजे:-

नाति केटा लौ न मेरो चस्मा हरायो

दिउँसो नै रात जस्तो छाम्ने गरायो

भर्खरै त यतै थियो कता परेछ

यै कोटको खल्तीबाट फुत्त झरेछ ।१

 

खोजी देऊ लौ न बाबु दिन्छु मिठाई

राम्रोसँग खोज बाबु यतै छ कि कहीँ

टिभी हेर्न पात्रो हेर्न गाह्रो गरायो

राम्रो सँग खोज लौ न चस्मा हरायो ।२

 

नाति:-

बाजे पनि जता पायो फाल्नु हुन्छ चस्मा

खोलभित्र राख्न पर्ने जतन् गरी यसमा

कहिलेसम्म थियो बाजे कहिले हरायो

कता कता फाल्छौ बुढा चस्मा हरायो ।३

 

बाजे:-

खाना खान भित्र जाँदा यतै राखेको

यै कोटको खल्ती भित्र छुस्स राखेको

खोजी गर्दा साह्रै थाकें हत्तु गरायो

अन्य आकर्षणहरू

बा-आमा देवता हाम्रा

हाम्रो गणतन्त्र कस्तो होस् ?

बाल कविता – शान्ति गीत गाऊँ

काम केही हुँदैनन्

सन्तान यस्ता न दे

राम्रोसँग खोज बाबु चस्मा हरायो ।४

 

नाति:-

पर्ख बाजे तिम्रो चस्मा मैले खोज्दैछु

खाना खानु पुर्व  लाको कोट खोज्दैछु

कालो कोट ला’थ्यौ बाजे भान्साभन्दा पहिले

खैरो कोट लायौ बाजे शरीरमा अहिले ।५

 

कोट पनि बिर्सिएछौ कति कस्ता रङ्ग

राख्ने पनि ढङ्ग छैन न खोज्ने छ ढङ्ग

कोट रङ्ग चिन्दैनौ कि हाँस्ने गरायो

राम्रो सँग नराखेर छाम्ने गरायो ।६

 

बाजे:-

बूढो भए पछि सबै बिर्सिइने रैछ

भान्सा जानुपूर्व लाको कालो कोट रैछ

कस्ता सुद्धि भए मेरा होसै हरायो

हराएछ चस्मा भन्दै खोज्ने गरायो ।७

 

(मुक्त, गीतिका लय)

Facebook Comments