परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

भरोसाको त्यान्द्रो चुटेको बेला

बुढ्यौली कविता शृङ्खला - २२

भयो  बृद्धावस्था तन वदन यो जर्जर भयो

बसे गोडा आँखा मन बहुत नै खण्डित छ यो

रुघाखोकी चाप्दो सकल जिउको आश सकियो

भरोसाको त्यान्द्रो किन शिव हरे च्वाट्ट चुडियो ।१

 

बुढ्यौलीले च्याप्दा कर पद दुखे आँत सुकिगो

निराशाको धागो अझ कसिनगो बेस्कन गढ्यो

छिमेकीले बोल्दा चस चस गरी घोच्न सुरु भो

भरोसाको त्यान्द्रो किन शिव हरे च्वाट्ट चुडियो ।२

 

छुटे मेला जात्रा शिखरतक चढ्ने मन पनि

छुटे साथी सारा अडिग नहुने यो मन पनि

भुईचालो जाँदा घर सहित कान्छो सुत गयो

भरोसाको त्यान्द्रो किन शिव हरे च्वाट्ट चुडियो ।३

 

यता बाढी पस्दा घर बगर जस्तै सब भयो

मरे गाई भैंसी बहर सँगमा खेत पुरियो

अन्य आकर्षणहरू

को सुन्छ मर्का यहाँ ?

पानी दिएँ आखिर

बुढ्यौली, पुत्र मोह र पीडित आमा

अचम्मको जीवन लाग्न थाल्यो

चस्मा हरायो 

यता आमा मुर्छा गहन दिलमा घाउ हुन गो

भरोसाको त्यान्द्रो किन शिव हरे च्वाट्ट चुडियो ।४

 

लडेका छन् जम्मै पद र धनका भक्षक बने

कुनैले सोच्दैनन् अब त कसरी देश रहने

घरै बस्दा  जेठो इलम नभई दिक्क हुन गो

उता खाडी जाने तरखर गरी ठिक्क जुन भो ।५

 

ठुलो आशा बोकी ऋण घर र बारी पनि गरी

उडेको जेठोले अलिअलि छिटै भेज्दछु भनी

निखन्ला भन्दैथ्यौ असुर खल यो कोभिड पस्यो

भरोसाको त्यान्द्रो किन शिव हरे च्वाट्ट चुडियो ।६

छन्द : शिखरिणी

Facebook Comments