परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

बेजोड भयो, तर केही भएन !

फुटानी

काठमाडौंमा निकै जाडो छ । बुधवार २८ गतेको जनसागर ओराल्ने आदेश बमोजिम काठमाडौं आ’को, साच्चै काठमाडौं त भवसागर नै लाग्यो । मान्छे फेरि कति भेला भा’का हुन् । काभ्रे भुम्लुटारका एकजना सहभागी भन्दै थिए ओली, देउवा, प्रचन्न जस्ले बोलाए पनि आउने हामी नै हौं भनेर ।

खै अब राजनीति कुन तरिकाले अगाडि बढ्ने हो कसैलाई थाहा छैन । थपक्क हाम्रो प्रचन्न काम्रेडलाई प्रधानमन्त्री बनार देशको चावी बुझाउने हो भने नेपाली जनताले सप्पै कुरा पाउने थिए ।

होइन ए बिगार सिंह ठूले । कहिले आइस् काठमाडौं ? यही बुधबारको कर्मकाण्डमा भाग लिन त आको होलास् नि ! हैन !

हो हौ दाजु ! खान–बस्न नि पाइने घुम्न पनि पाइने भए पछि आइयो । भाडा पनि लागेन । अनि रमित पनि हेर्न पाइयो । तर, कचपचिएको राजनीति भने अलि बुझ्न सकिएन ।

नेताको गाली–गलौज सुन्न हाम्रो गाउँपालिकाबाट तीन गाडी त हामी काँग्रेस नै आयौं । तिमारु कतिसम्म तल झरेर गाली गलौज गर्छौ भन्ने सुन्नको लागि हाम्रो तरुणदलको युवाहरु पनि धेरै आयो ।

हौ दाजु हाम्रो प्रचन्नले त सिद्धान्त नीति, पद्धति र बिचारको कुरो मात्रै गरे । कसैलाई गाली गरेनन् । ओली जस्तो होइनन् नि हाम्रा नेता त !

भताभुङ्गे र भुस तिघ्रेको कुरा नगर बिगार सिंह । हाम्रो भिरघरे कताए गए छ ? उ पनि हामीसंगै आको हो । यही बस्छु भन्थ्यो । म त त्यसलाई भेट्न पो आको ! त्यसले धेरै कुरो बुझ्छ । उ त्यहाँ र छ ! ए भिरघरे ! हामी यता छौं !

ए ! काकाहरु नमस्कार है । म त आज नाइट बसमा घर फर्कने पो भन्दै छु । काकाहरु कहिले जाने ?

काम छैन अब संगै जाने नि ! अनि हौ भिरघरे यहाँ बस् त चाय खाँदै गफ गरौं । राजनीति कुरो के बुझिस् त !

के बुझ्नु काका ! ‘आमा मारुनी, वाउ मादले, छोराछोरी भाल्टाङभुल्टुङ देन लात्तले’ भन्ने बुझे ! प्रचन्नलाई प्रधानमन्त्री बन्ने हतारो, ओलीले बिचैमा लतारो, माधवलाई कर्मले पछारो । हाम्रो शेरबहादुर दाइको भाग्य खुलेको ।

कसरी शेरबहादुरको भाग्य खुल्यो भन्छस् भतिज । एकातिर ओली अर्कातिर प्रचन्न डुक्रिदै छन् ।

डुक्रिएर केही हुनेवाला छैन । ‘पहिला र दोस्र्राको खैलाबैला, तेस्राको लाभ’ भन्छन् नि हो त्यही हुँदै छ । अब प्रतिनिधिसभा स्थापना भए पनि प्रचन्नलाई कसैले प्रधानमन्त्री बन्न दिदैन । त्यो अवस्था आएमा ओली र प्रचन्न दुवैले गुहार्ने देउवालाई नै हो । देउवाले जताकालाई बोक्न सहज हुन्छ त्यतैकालाई बोक्छन् । अनि आफूलाई समर्थन गर्न लगाउँछन् ।

वाइयात कुरो गर्छ । अनि हाम्रो प्रचन्न चै कहिले ओलीको पछि–पछि अनि कहिले देउवाको पछि–पछि । यो हुनै सक्तैन ।

सबै माधव नेपाल हुदैनन् नि काका ! हाम्रो देउवा दाइले पनि प्रचन्नको त्यति विश्वास गर्दैनन् । बरु ओलीको विश्वास गर्छन् । कम्युनिष्टहर्ले नीति, सिद्धान्त, विचार, पद्धति छाडेपछि यिनार्को भगीरथ प्रयास सत्तामा जाने हुन्छ अनि आफूबाट भिन्न भएकाहर्लाई तहलगाउन पनि देउवा दाइको शरणमा पुग्छन् । चुनाव हुने भए पनि काँग्रेसको थालमा दूध र भात !

अन्य आकर्षणहरू

विध्वंसेको धमास !

माओवादीको कन्तविजोग!

प्रलाप भित्रका प्रचण्ड !

कुरो मनासिपै हो । तर, कम्युनिष्टहर्ले गर्ने गालीको स्वरुप फेरिएको देखेर मलाई चाहिँ गजबै लाग्यो। पहिला पहिला दलाल, दक्षिणपन्थी, सुुराकी, जासुस, गद्दार, रुसपन्थी, चीनपन्थी भनेर आरोप लगाउथे । अहिले एकले अर्कालाई भ्रष्टाचारी, परिवारवादी, हत्यारो, युद्धसर्दार, धुर्त–कपटी, प्रतिगमनकारी, ठेकेदारपन्थी भन्न थालेछन् ।

तिमारु काँग्रेसले जे भने पनि भयो । हाम्रो प्रचन्नलाई लगाको आरोप जति सप्पै तिमार्लाई कण्ठै छ। तिमारु काँग्रेस भए पनि ओलीका समर्थक हौ। हैन भने नयाँ नेपाल निर्माण गर्ने, उच्च छलाङ लगाउने, अग्रगमनको झण्डा फहराउने सप्पै कुरो प्रचन्नले नै गर्छु भनेको थियो। ओलीले नदेर न नभको हो ।

हावा गफ नगर काका ! म काँग्रेस भए पनि हाम्रो देउवा दाइ, प्रचन्न, माधव, झलनाथहरु भन्दा चै देशको विकास, स्वाधीनता, जनजीविकाको सवाल, र समृद्ध नेपाल र सुखी नेपालीको बारेमा सोच्ने ओली नै हुन् । अरु त प्रधानमन्त्री बन्ने, आफ्नालाई काखी च्याप्ने हुन् ।

यस्ता व्याख्याता धेरै आए । बरु भन अब अदालतले हाम्रो देउवा दाइको पक्षमा फैसला गर्ला ।

पुनरवहाली भएमा ओली पक्ष र प्रचन्न दुवै पक्ष गएर देउवा दाइलाई प्रधानमन्त्री बनी दिनु होस् भन्ने त हुन । देउवा दाइले पनि जता सहज हुन्छ त्यसैलाई साथमा लिएर सरकार गठन गर्छन् । चुनाप हुने भयो भने हाम्रो काँग्रेसले बहुमत ल्याउँछ । देउवाको नेतृत्वमा एकमना सरकार गठन गर्छौ।

नाप्पियो ! हाम्रो प्रचन्न हुँदाहुँदै देउवा कसरी प्रधानमन्त्री बन्छन् ? ओली र देउवालाई पछारेर पनि प्रचन्न प्रधानमन्त्री बनेरै छाड्छन् ।

ए बिगार सिंह भाइ ! भन त तेरो विचार ।

प्रचन्न त प्रधानमन्त्री बन्दैनन् होला हौ । देउवाकै भाग्य बलियो देखिन्छ । कम्युनिष्टहर्को जात्रा जनताले देखि सके । ओली र प्रचन्न मिलेर हाँडी फर्लक्कै फुटाइहाले । अब मकै भुट्ने भाँडो पनि उनारुसंग छैन । एकले अर्कालाई गाली गर्दैमा जनताले विश्वास गर्छन् भन्ने दिन गए दाइ ।

ठिक भन्यौ काका ! कम्युनिष्टहरु खुइलिएको कुखुरा जस्तो भए । जनताले पत्याए पछि यिनार्ले त्यही अनुसारको काम गर्नु पथ्र्यो सकेनन् । कि कसो बिगार सिंह काका !

कुरो त बेठिक हैन ! तर सप्पै बिगारेको ओलीले हो । हाम्रो प्रचन्नले भनेको थपक्क मानेको भए अहिले राष्ट्र र जनताको कायापलट हुने थियो ।

नचाहिएको कुरो ! प्रचन्न दुई पटक प्रधानमन्त्री बन्दा के काया पलट भयो ? अहिलेका जनता बाठा छन् । ढाँट र छलका कुरा पत्याउदैनन् ।

हौ छोड यस्ता कुरा । अब कुम्लो कुटुरो बोकेर हिड घरतिर । ‘काठमाडौंमा बेजेडा भयो तर केही भएन’ भन्ने नेकपाको सन्देश लिएर गाउँ जानु पर्छ ।

Facebook Comments