परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

चुनाप भए पनि नभए पनि ओली र देउवा …!

फुटानी

सुनिस् झुम्री ! हाम्रो महान काम्रेड प्रचन्नले भनेको । लडाकु र घाइतेलाई आफूले सम्पूर्ण रुपले सहयोग गर्न खोजेको तर केपी ओलीले गर्न नदेको भनेर ‘क्लिएर’ कुरो गरे !

यो सोह्रै आना झुठ कुरा हो । आफु प्रधानमन्त्री हुँदा केही गर्न नसक्ने अरुलाई दोष दिने ! प्रचन्न दुई पटक प्रधानमन्त्री भए क्यार । त्यसबेला रोक्ने छेक्ने कोही थिएन । आफ्ना सन्तानलाई ठाउँमा पु¥याउँदैमा ठिक्क भैगो, कता लडाकु र घाइते हेर्नु ।

यो झुम्री पनि प्रचन्नलाई चाहिँ सत्तोसराप मात्र गर्छे । तँ कुरै बुझ्दिनस् । ओलीले त अहिले माया गरे जस्तो गर्दैछन् । प्रचन्नले जनयुद्ध ताका खुब माया गरेका थिए। जनसेनालाई जे गर्न पनि छुट थियो ।

नमस्कार है काका–काकी ! केको छलफल चल्दै छ कुन्नि !

ए भिरघरे आइस् ! लौ त तातो र रापिलो खालको खबर सुना त । हाम्रो काम्रेड प्रचन्न हर्ले काठमाडौंमा के–के गरे !

हुलहुज्जत गरे, ट्याक्सी जलाए, सडकमा चिया र साइकलमा तरकारी बेच्नेहर्को हुर्मत लिए, नष्ट गरी दिए ।

यस्तो कुरो होइन राजनीति कुरो सोधेको ! यस्तो काम हाम्रा काम्रेडहर्ले साधारण मानेर गर्छन् ।

तेरो काकाको कुरो सुनिस् भिरघरे ! यस्तो त साधारण अरे !

जे जानेको छ त्यही गर्ने हो नि काकी । अब हाम्रो काकाहर्ले जनयुद्ध भन्दै धन लुट्ने, बैंक लुट्ने, मान्छे मार्ने युद्ध गरे । अहिले पनि त्यही गर्दैछन् । तर, प्रचण्डले कुरो लुकाएका छैनन् । ‘साकाहारी आन्दोलनले भएन मांसाहारी आन्दोलन गर्नुपर्छ’ भनेर घोषणै गरेका छन् । अनि किन अचम्म मान्ने !

भिरघरेले कुरो अर्कोतिर बटा¥यो । काँग्रेस भर पनि यो भिरघरे पुरै ओलीको समर्थक बनेको छ । प्रतिगमनकारीको पक्ष लिएर महान काम्रेड प्रचन्नको विरोध गर्न यसलाई कसले लगायो कुन्नि !

हौ काका ! म कसैको पक्ष विपक्षमा होइन सत्यको पक्षमा हो । अहिले प्रतिनिधिसभा भङ्ग गरेर पुनः जनताको मत लिन जानु प्रतिगमन होइन, अग्रगमन हो । बरु जनता सामु जान्न भन्नु चैं प्रतिगमन हो । प्रधानमन्त्रीलाई काम गर्न नदिने, प्रधानमन्त्रीमा मलाई विराजमान गरा भन्ने, अनि मन गढन्ते आरोप लगाउने यस्ता चैं अग्रगामी हुदैनन् काका !

भतिजले ठिक भन्यो ! ‘सम्मृद्ध नेपाल सुखी नेपाली’ को नारा लिएर चुनावमा होमिएका ओलीलाई जनताले अत्यधिक मतले जिताएका हुन् । ‘भावि प्रधानमन्त्री’ भनेर चुनाव अगावै भनिएको थियो । पाँच वर्षे स्थायी सरकार बन्ने विश्वास पनि गरिएको थियो । तर, प्रचन्नले दिएनन् । दुनियाँले देखेको यही हो ।

नकरा झुम्री ! बढी वाठी हुन्छे । नेपालमा प्रचन्नलाई बाहेक अरुलाई जनताले नै मान्दैनन् । ओली को होर ! जनताले भोट दिए भन्दैमा हुन्छ ? विकास निर्माणका काम ग¥यो भन्दैमा हुन्छ ? बालबालिका, घाइते, अपाङ्ग, बृद्ध–बुद्धा र असहायहरुलाई यथोचित सहयोग ग¥यो भन्दैमा हुन्छ । प्रचन्नले भनेको सर्लक्क मान्नु पर्दैन।

हो काका ! देउवा र ओलीले प्रचन्नले भनेको नमान्दा यस्तो भ’को हो । नत्र यो मुलुक अर्कै मुलुक हुने थियो । अब चुनापमा होमिनु पर्छ काका । त्यसपछि प्रधानमन्त्री को बन्छ र समाप्त को हुन्छ जनताको मतले निर्णय गर्छ । जनताले प्रचन्नलाई मनपराए भने उनै प्रधानमन्त्री बन्छन् । मन पराएनन् भने उनको राजनीति सकियो ।

त्यस्तो हुँदैन भिरघरे । प्रतिनिधिसभा पुनस्र्थापना हुन्छ । त्यसपछि काम्रेड सांसद किनेर भएपनि प्रचन्न प्रधानमन्त्री । फैसला यो कहिले हुन्छ कुन्नि छिटो गर्दिए हुन्थ्यो ।

कुराले चिउरा भिज्दैन काका । अब पुनस्र्थापना भए पनि चुनाप भए पनि हाम्रो देउवा दाइ र ओली नै प्रधानमन्त्री हो । तिमार्को त पत्तासाफ हुन्छ । त्यसैले प्रचन्न–माधवहरु चुनावबाट तर्किन खोज्दै छन् ।

हँसायो भिरघरेले । जनताका महान नेता, प्रचण्डपथका प्रबद्र्धक, जनसेनाका सुप्रिमो, नेपाली राजनीतिका आकास पुरुष यस्ता व्यक्तिलाई जनताले हराउँछन् भनेर कल्पना गर्नु पनि लाज लाग्नु पर्ने ।

ए बुढा, त्यसो हो भने प्रचन्नलाई फुन गरेर चुनापमा जानुपर्छ भनन त । को कति पानीमा छ नतिजा आई हाल्छ नि ।

झुम्री कुरै बुझ्दिन । ओलीले गराउने चुनापमा भाग लिएपछि नैतिकरुपमा हारेको ठहरिँदैन ! फेरि अर्को तिर धाँधली गरे भने के गर्ने ?

काका ! मतपत्र चपाउने र च्यात्ने काममा माओवादीले बाहेक नेपालमा अरुले गर्न सक्तैन । त्यसमा ढुक्क भए हुन्छ । अर्को कुरा चितवन भनेको काँग्रेसी गढ हो । त्यहाँ कांग्रेसले छोरीलाई भोट दिएर, एमालेले बाउलाई भोट दिएर गल्ती भएको छ । अब त्यस्तो गल्ति जनताले सच्याउने छन् । अनि तिमार्को भोट कति छ हाम्राले देखाउने छन् ।

गजडीको गफ जस्तो कुरो नगर भतिज ! नारायणी नदीमा धेरै पानी बगी सक्यो, गैंडाले धेरै घाँस चरीसक्यो । अब चितवनका जनता ओली र देउवालाई पत्याउदैनन्। प्रचन्न कामरेड भनेपछि हुरुक्क हुन्छन् ।

त्यो त चुनापले बताउँछ । यदि भ्रष्टाचारीको फाइल खोलेन भने प्रचन्न पनि चुनापमा उठ्छन् । तर, जनसेनाका लडाकुहरु आफ्नो रकम पाउनु पर्ने माग राख्दै उफ्रिन थालेर पो बिताए त । नौ नौ अरव कसरी पचाए काका ।

फेरि काँको भ्रष्टाचारको कुरा गर्छ यो भिरघरे । त्यो त देउवा र ओलीले ल’गाको आरोप हो । प्रचन्नले भ्रष्टाचारै गरेका रहेछ भने पनि क्रान्तिकै नाममा गरेका होलान्।

लु यो वाइयात कुरो सुनेर बस्तिन । लागें म घरतिर ।

जै नेपाल !

Facebook Comments