परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कोभिड प्रभावित श्रमजीवि पत्रकारलाई राहत प्याकेज ल्याइने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड प्रभावित श्रमजीवि पत्रकारहरुलाई राहत प्याकेज ल्याउने घोषणा गर्नु भएको छ ।

सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले त्यसका लागि आवश्यक सुझाव दिन नेपाल पत्रकार महासंघसहित सरोकारवाला निकायलाई आग्रह समेत गर्नु भयो । ‘कोभिड प्रभावित सञ्चार गृह र श्रमजीवि पत्रकारहरुलाई तत्काल राहत दिनका लागि आवश्यक सुझाव दिन म पत्रकार र पत्रकारहरुको संघ, संगठन सबैलाई आग्रह गर्दछु,’ मन्त्री गुरुङले भन्नुभयो, ‘सरोकारवाला निकायले दिएको सुझावको आधारमा सरकारले राहत कार्यक्रम ल्याउनेछ ।’

अन्य आकर्षणहरू

विध्वंसेको धमास !

आफैं न्यास्रिएको विचरा दशैं

माओवादीको कन्तविजोग!

बडा दशैं र नर्सिङ पेशा

प्रलाप भित्रका प्रचण्ड !

मन्त्री गुरुङले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे मन्त्रालयलाई सुुझाव दिन सरोकारवाला निकायलाई आग्रह समेत गर्नु भयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आईतबार काठमाडौंमा आयोजित ‘आम सञ्चार र श्रमजीवि पत्रकारः नीति, कार्यक्रम र बजेट’ विषयक छलफल कार्यक्रममा बोल्दै उहाँले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे समयमै सुुझाव दिन आग्रह गर्नु भएको हो । उहाँले पत्रकारहरुले आफ्नो आचारसंहिता पालना गर्ने कामलाई प्रभावकारी बनाउने उपायको विषयमा मन्त्रालयले सरोकारवाला निकायबाट सुुझावको अपेक्षा गरेको पनि स्पष्ट पार्नु भयो । उहाँले सरकार प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको बताउनु भयो ।

Facebook Comments