नेताहरुलाई नेपाल आमाको काखमा फोहोर गर्न कहिलेसम्म दिइरहने?
एक भूपरिवेष्ठित राज्य, विकास र शिक्षाको सूचाङ्कमा पछि परेको साथै ठूला ठूला दुई अधिराज्य बीच अवस्थित कहिले पनि उपनिवेश नभएको सार्वभौम अधिराज्य नेपालको नर्सको हैसियतले वर्तमान अवस्थामा मनमा खेलिएको भावनाहरू लेख मार्फत पोख्न मन लाग्यो।
हरेक नेपाली स्वस्थ्य रहुन, जीवन शैली स्तरीय होस् र हरेकको मुहारमा विश्वास र भरोसा युक्त मुस्कान होस् भन्ने चाहना नेपाली हुनाले आउनु स्वाभाविक नै हो। अझ नर्स भएको नाताले यो मनमा आउनु स्वाभाविक नै हो ।
आज बजारको भाउ बढेर आकाश छोएको छ, कोरोनाको कारणले कतिले रोजगारी गुमाएका छन्, आयस्रोत टुटेको छ। कलकारखानाहरु घाटामा गएर धराशायी अवस्थामा पुगेका छन्। कोरोनाको खोप किन्न सकिने अवस्था छैन । कर्मचारीहरुलाई तलब दिन नसक्ने अवस्था राज्यको छ तर सत्तारुढा पार्टी को वैधानिक भनी होडबाजी गरिरहेछ। जनताहरू बिहान बेलुका छाक कसरी टार्ने, नानीबाबुको अध्ययन अध्यापन कसरी निरन्तरता दिने, कोरोनाबाट कसरी बचाउने भन्ने कुरामा नै चिन्तित छन तर नेताहरु पद र कुर्सीका लागि तथानाम गाली बेईज्जत एक अर्कालाई गर्दै छन् । यस्तो विषम परिस्थिति छ । भनाइ छ नि, आपत एक्लै आउँदैन, साथमा अरु पनि लिएर आउँछ भनेर। कोरोनाको महामारीले यही नै पुष्टि गर्दैछ। तर देश बनाउँछौं भन्ने नेताहरु यो विपदको बेला एक भएर आम जनतालाई कोरोना महामारीबाट सुरक्षित अनुभूति दिलाउनु पर्ने ठाउँमा आफैं आफैं झगडामा समय व्यतित गर्नु के न्यायसंगत हो र? सत्तास्वार्थको खेलमा अल्झिनु बुद्धिमानी हो र?
अनेकौं सुविधा दिएर अमेरिकामा नर्सिङ सेवा गर्ने अवसर मलाई एक जना नाम चलेका नेत्र विशेषज्ञद्वारा २०६० सालतिर प्रदान गर्नु भएको थियो। उहाँको नजरमा सायद हामी श्रीमान– श्रीमती दुवै नर्स भएको साथै घरमा आमा, मामा र दाजु सबैलाई नजिकबाट चिन्नु भएको र त्यसभन्दा पनि बढी आफैं मेडिकल सुपरिटेन्डेन्ट भएर हाम्रो काम नजिकबाट नियाल्नु भएकाले होला त्यो प्रस्ताव गर्नु भएको थियो। तर त्यो अवसर स्वीकार गरिएन। मेरो देशको माटो, देशप्रतिको मेरो कर्तव्य जस्ता कुराले मनमा घोच्यो । साथीहरूसंग के गरौँ भन्ने सुझाव पनि मागेँ। अहिलेको जमाना सबै रुपियाँ हो जाउ भन्ने सल्लाह कतिले दिए तर मनले मान्दै मानेन।
दुई हप्ता पछि उहाँ र मेरो मर्निङ्ग वाकमा भेटभयो, चित्त दुखाउँदै भन्नुभयो अरु अमेरिका भने पछि कत्ति खुसी हुँदै स्वीकार्दै अगी बढ्छ तर बाबु किन मान्दैनौ।
मैले उहाँलाई सम्मान गर्दै भने, तपाईले हाम्रो परिवारप्रति देखाउनु भएको सहृदयतलाई म नमन गर्दछु। मेरो पनि घर, समाज र राज्यप्रति उत्तरदायित्व छ, देश छोडेर कमाउनकै लागि अमेरिका जान सक्दिनँ भने। अहिले बृद्ध मेरो बुवालाई मेरो खाँचो छ भने।
म कुनै राजनीतिक पार्टीको नेता थिइनँ, मैले कसैलाई देश विकास गर्ने रोड म्याप यो नै हो भनेर प्रतिबद्धता जनाएको थिएन तर पनि मेरो घर, समाज र राज्यप्रति सोच आएको थियो।
एउटा नागरिकलाई यस्तो अनुभूति आउने रहेछ तर देश बनाउँछु भनेर जीवन आहुती दिने हाम्रा राजनीतिज्ञहरुले यो कुरो किन बुझ्न सकेनन् भन्ने लागि रहेको छ हिजोआज। देउबा, प्रचण्ड, बाबुराम, माधव नेपाल, झलनाथ खनाल सबै प्रधानमन्त्री भएका नै हुन, के अहिलेका के पी ओलीले जस्तो राज्यको पक्षमा स्पष्ट कुरो राखेका थिए? राज्यको नक्शामा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर बनाएका थिए? हामी सबै प्रधानमन्त्री भै सकेका छौं, अब नयाँ अनुहार ल्याऔं भनेका थिए? तर कतिलाई यो सरकारको काम गराइ मन नपरेको हुन सक्दछ, कति गरिनु पर्ने ससानो काम पनि नगरिएको हुन सक्दछ, त्यसमा यो सरकारमा जाने पार्टीको के भूमिका रह्यो? आफु अध्यक्ष, प्रधानमन्त्री र राष्ट्रपति नपाएको झोंकमा सरकार नै गिराउने खेल सुरु नभएको भन्न मिल्ला र?
किन नेताले बुझ्न सकेनन्, उनीहरूको कुर्सी यानिकी सत्ताको छिनाझम्टीमा आम नेपालीहरुलाई यो कोरोना महामारी बीच नैराश्यता र अन्यौलतामा राखिदिने कारण कसरी बनाउन सकेका होलान?
आज बजारको भाउ बढेर आकाश छोएको छ, कोरोनाको कारणले कतिले रोजगारी गुमाएका छन्, आयस्रोत टुटेको छ। कलकारखानाहरु घाटामा गएर धराशायी अवस्थामा पुगेका छन्। कोरोनाको खोप किन्न सकिने अवस्था छैन । कर्मचारीहरुलाई तलब दिन नसक्ने अवस्था राज्यको छ तर सत्तारुढा पार्टी को वैधानिक भनी होडबाजी गरिरहेछ। जनताहरू बिहान बेलुका छाक कसरी टार्ने, नानीबाबुको अध्ययन अध्यापन कसरी निरन्तरता दिने, कोरोनाबाट कसरी बचाउने भन्ने कुरामा नै चिन्तित छन तर नेताहरु पद र कुर्सीका लागि तथानाम गाली बेईज्जत एक अर्कालाई गर्दै छन् । यस्तो विषम परिस्थिति छ । भनाइ छ नि, आपत एक्लै आउँदैन, साथमा अरु पनि लिएर आउँछ भनेर। कोरोनाको महामारीले यही नै पुष्टि गर्दैछ। तर देश बनाउँछौं भन्ने नेताहरु यो विपदको बेला एक भएर आम जनतालाई कोरोना महामारीबाट सुरक्षित अनुभूति दिलाउनु पर्ने ठाउँमा आफैं आफैं झगडामा समय व्यतित गर्नु के न्यायसंगत हो र? सत्तास्वार्थको खेलमा अल्झिनु बुद्धिमानी हो र?
पेशाले नर्स भए तापनि मनमा कुरा खेल्दैन भन्न पटक्कै स्वभाविक हुँदैन। मानवीय संवेदनासंग सरोकार राख्ने नर्स राज्य माथि विपद आउँदा उनीहरुको आफ्नैखाले अनुभूति हुँदोरहेछ । थुप्रैखाले प्रश्नहरु उठ्दा रहेछन् ।
के रमिता देखाएका हुन नेताहरुले हामी यहाँ छौ भनेर सडकमा?
किसानले उखुको पैसा पाएन भन्दा किन ती नेताहरु चुप छन्?
कोरोना विरुद्ध अग्रपङ्तीमा खटिएका स्वास्थ्यकर्मीहरुले तलब नपाउँदा किन चुप छन्? शिक्षकहरुले तलब नपाउँदा किन चुप?
त्यस्तै कैयो चेलीको अस्मितामाथि बलात्कार हुँदा किन चुप?
अहिले कोरोनाको महामारीको विषम परिस्थितिमा सत्ताको लुछाचुँडीले निम्त्याएको अर्को विपतप्रति नेताहरु किन जवाफदेही छैनन्?
नेताहरुका मनमा रहेको सत्तालिप्सा एक्कासी उर्लेर आउँदा देशलाई खाल्टोमा हाल्न मिल्छ र?
मध्यावधि निर्वाचनमा जान संविधानले दिँदैन भन्दैमा जनतालाई बन्धकी राखेर गलत खेलको जालोमा देशलाई फसाउन मिल्छ र?
के जनतालाई थाहा छैन र क–कसले के के गरेका थिए भनेर?
अहिलेको समय बुद्धि पु¥याउने हो भने नेताहरुले जनताको विश्वास जित्न मिल्नु बाहेक अरु कुनै विकल्प छैन। यहाँ फेरि यो र त्यो पार्टी होइन, यो र त्यो धर्म होइन, यो र त्यो जाती होइन सबैलाई समेट्न सक्नु पर्दछ, सबै मिल्नु नै पर्दछ।
एक जुगमा एक चोटि एक दिन आउँछ, उथल पुथल हेरफेर उलटपुलट ल्याउँछ भनेर जनगीत गाउने र जनतालाई जागरुक बनाउने नेताहरु के कारणले एक अर्काको अस्तित्व स्वीकार्न चाहँदैनन् बुझिनसक्नु भएको छ । यहाँ प्रधानमन्त्री केपी ओली लगायत सबै नेताहरुले एक पटक राम्रोसंग सोच्नु जरुरी छ।
यस्तो बेला देशका सम्पूर्ण नर्सहरुले पनि सोच्नु पर्दछ, हामी फुट्नुमा होइन जुट्नमा समर्थन जनाउनु पर्दछ। जति हामी सेवामा समर्पित छौं त्यति नै पेशाले एक छौं भन्ने वचनबद्धता जनाउनु पर्दछ। साथै यो पेशामा यो र त्यो पार्टी भनिने छैन, यसले सही ग¥यो उसले गलत ग¥यो भन्ने होइन कसरी सबै मिलेर पेशागत हिसाबले एक हुने भन्ने अभियानलाई निरन्तरता दिनु पर्दछ।
नेताहरुलाई पाठ पढाउन पनि हामीहरूले एक भएरु काम गरेर देखाउनु पर्ने बेला आएको छ । अझै पनि नर्सहरूलाई स्वास्थ्य सेवा प्रणाली र संरचनाहरुमा नजरअन्दाज गरिएको छ। कुनै पनि निर्णय लिने आधिकारिक क्षेत्रमा स्थान दिइएको छैन। मन्त्रालयको स्वास्थ्य सचिवदेखि लिएर स्वास्थ्य निर्देशकसम्म नर्स पनि हुन पाउने ढोका खोलिनु पर्दछ। उच्चअध्ययन स्नाकोत्तर र विद्यावरिधी तहमा छात्रावृत्तिको व्यवस्था हुनु पर्दछ। अहिले प्रविणता तह र स्नातक तहसम्म मात्र त्यो व्यवस्था छ। त्यसैले हामी जुटौं, फुटको यो फोहरी राजनीतिको विरोध गरौँ। जुन सुकै पार्टीको सरकारमा आए पनि काम गर्ने वातावरण नधमिल्याऔं।
जनताले दिएको म्यान्डेटलाई सम्मान गर्दै काम गर्ने सहज वातावरण बनाउन तर्फ लागौं। आफूले पाए ठीक अरूले पाए बेठीक भन्ने रीति यानिकी आफु र आफ्नो छोरी, बुहारी, भाई भतिजाको लागि मात्र ओहदा ताक्ने प्रवृत्तिको विरोध गरौँ। सम्पूर्ण नेपालीहरु समान छन्, स्वास्थ्य उपभोग गर्ने अधिकार समान छ, स्वाथ्य र शिक्षा आम नागरिकका नैसर्गिक अधिकार हुन। त्यसको संरक्षण र प्रत्याभूतिका लागि काम गर्ने वातावरण तयार गरौँ। स्वास्थ्य शिक्षा, रोजगार आदिका क्षेत्रमा जति लगानी गरिएको छ त्यसको संरक्षण र सम्बद्र्धन गरौँ । उपयुक्त वातावरण तयार गरौँ।
त्यसैले म फेरि पनि भन्न चाहन्छु– अहिले फुटको क्रियाकलापमा नरमाऔं, जुटका लागि नयाँ सम्भावना खोजौं, नयाँ सोच अनुरूप अघि बढौं। यसैमा देश र जनताको कल्याण छ ।