परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

यो देश नेपालमा

 कविता

जाने भो पहिचान नै मुलुकको नामर्दको चालमा

थाले हेलिन आज देश जनता गुज्रेर कङ्गालमा

जस्ले प्राण पखेरु आहुत गरे उत्सर्गको चालमा

सारा स्वप्न टुटे फुटे सहिदका यो देश नेपालमा॥१

 

कस्को निम्ति लडे भनेर मनुवा लागेन पत्तो रती

रोए सन्तति जोडले सहिदका भोग्दै गरीबी अति

झुक्यायो गणतन्त्रले जन हरे छन् त्रस्त बेहालमा

सारा स्वप्न टुटे फुटे सहिदका यो देश नेपालमा॥२

 

धोकाले परिवर्तनै किन यहाँ त्यो पश्चगामी भयो

सारा अङ्ग चुसेर राज्यसितकै सोसे बिरामी भयो

पार्नै देश जुधेर आतुर भए  हा! दैव  भङ्गालमा

सारा स्वप्न टुटे फुटे सहिदका यो देश नेपालमा॥३

 

नेता बस्दछ झूटको र गुटको लाएर खेती जहाँ

अन्य आकर्षणहरू

बुढा बुढी त देवता

फागु संस्कृति र पर्व

को लाउँछन् पार यो?

गुम्दै गए चेतना

हाम्रो प्रजातन्त्र यो

यात्रा चल्न सकेन है शिखरको सारा समेटी यहाँ

मान्छे छैन स्वतन्त्र मोहमदले फस्दै गए जालमा

सारा स्वप्न टुटे फुटे सहिदका यो देश नेपालमा॥४

 

लेखा शुद्ध भएन हो सहिदमा मुर्दा अनेकौँ घुसे

राखी स्वार्थ अनेक नै तरहले नेपाल खाए चुसे

मोतीमा जब काँच मिस्कट गरे गैबारको चालमा

सारा स्वप्न टुटे फुटे सहिदका यो देश नेपालमा॥५

 

बोक्ने वीर भएन देश सहजै आस्था धरी भालमा

डुब्छन् मानव आज कूटधनको दुर्गन्ध आहालमा

यस्तो रीत थिएन यो मुलुकमा पैले कुनै कालमा

सारा स्वप्न टुटे फुटे सहिदका यो देश नेपालमा॥६

(छन्द: शार्दूलविक्रीडित)

Facebook Comments