परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

हिमाली जिल्लामा तत्काल इन्टरनेट सेवा विस्तारमा जोड

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै हिमाली जिल्लाहरुमा तत्काल इन्टरनेट सेवा विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन दिनु भएको छ ।

मन्त्री गुरुङले टेलिकमका सबै सेवालाई गुणस्तरीय बनाउन पनि सचेत गराउनु भयो । नेपाल टेलिकमका पदाधिकारीलाई मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर टेलिकमको टावरलगायतका पूर्वाधारहरुलाई पूणर् क्षमताका साथ संचालन गर्नका लागि समयमै आवश्यक व्यवस्था मिलाउन आग्रह गर्नु भयो । सेवा विस्तारको क्रममा ठेकेदार कम्पनीले काम गर्न सकेन भनेर भन्नुपर्ने अवस्था नआउने गरी काम गर्नुपर्ने आवश्यक्ता पनि मन्त्री गुरुङले औंल्याउनुभयो । उहाँले व्यापारिक फाईदा नहेरी टेलिकमलगायतका सूचना प्रविधिको विकासमा तीव्रताका साथ काम गर्नुपर्नेमा उहाँको जोड थियो । “व्यापारमा फाईदा हुँदैन कि भनेर चुुप लागेर नबसौं,” ठेकेदार कम्पनीप्रति संकेत गर्दै मन्त्री गुरुङले भन्नुभयो,“ आफूले जिम्मा लिएको जिल्लामा समय अगावै काम सकौं ।” त्यसो हुन सकेमात्रै सम्माननीय प्रधानमन्त्री केपी शर्मा आलीको ‘डिजिटल नेपाल’ बनाउने परिकल्पना साकार हुने उल्लेख गर्दै मन्त्री गुरुङले देशमा भ्रष्टाचार र ढिलासुस्तीको अन्त्य गर्न सूचना प्रविधिको विकासमा ढिलाई गर्न नहुने स्पष्ट पार्नु भयो ।

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेपाल टेलिकमको सेवालाई गुणस्तरीय बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

Facebook Comments