परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सगरमाथा आरोही दानुरी शेर्पाको अन्त्यष्टि 

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही दानुरी शेर्पाको अन्त्यष्टि गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बिहीबार स्वयम्भूस्थित समाधिस्थलमा उहाँको पार्थिव सरिरमा राष्ट्रिय झण्डा ओढाएपछि बौद्ध परम्परा अनुसार अन्त्यष्टि गरिएको हो । दोलखास्थित गौरीशंकर गाउँपालिका वडा नम्बर ९ टाँसीनाम निवासी शेर्पाले प्रजातान्त्रिक युवा संघ, नेपालको झण्डा सगरमाथाको शिखरमा पहिलो पटक फहराएर नयाँ कीर्तिमान कायम गर्नु भएको थियो । पर्यटन व्यवसाय र समाज सेवाको क्षेत्रमा निरन्तर क्रियाशील शेर्पा २ पटक सगरमाथाको शिखर चुम्न सफल हुनु भएको थियो ।

यसैबीच, सञ्चारमन्त्री गुरुङले स्वर्गीय शेर्पाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नु भएको छ । गौरीशंकर गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष छिरिङ शर्पाले पनि उहाँको निधनप्रति दुुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नु भयो । फोक्सोमा समस्या देखिएपछि काठमाडौंको चावहिलस्थित हेल्पिङ हेन्ड अस्पतालमा भर्ना हुनु भएका शेर्पाको माघ ७ गते निधन भएको थियो । स्वर्गीय शेर्पाका श्रीमती र ३ जना छोराहरु छन ।

Facebook Comments