परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

च्यातिएको रुपियाँ

कविता

रुपियाँ च्यातेर आधा टुक्रो सँगै राखेपछि
ऊ भन्छ, उसकै आधा नोट चल्छ
किनकि उससँग बायाँपट्टि लेखिएका
सुरक्षित नम्बर छन् ।

 

त्यही च्यातिएको रुपियाँको आधा टुक्रो
गोजीमा हाल्दै म भन्छु – मेरै नोट चल्छ
किनकि मसँग दायाँपट्टिका
सुरक्षित नोट नम्बर छन् ।

 

समकालीन साहित्य

अब हामी दुबैलाई
आआफ्नै च्यातिएको टुक्रा चलाउनुछ
अर्काको टुक्रालाई अमान्य घोषित गर्नुछ
हामी आफ्नै भागको टुक्रो चलाउन
जे गर्न पनि तयार छौँ ।

 

तर देख्नेहरू भन्छन्
छँदाखाँदाको रुपियाँ च्यात्नुहुन्नथ्यो
च्यातेपछि त नोटको क्षमता सक्किगो नि
उनीहरू सल्लाह दिन्छन् –
अब च्यातेका दुबै टुक्रा जोड न
अनि पो तिमीहरूको रुपियाँ चल्छ ।

 

हामीलाई भने त्यस्तो लाग्दैन
किनकि हामीलाई त
त्यो सिङ्गो रुपियाँ नै घाँणो थियो
चलाउनै गाह्रो भएको थियो
सिङ्गोे रुपियाँ कसले बोक्ने –
यसैमा तानातान थियो
सिङ्गो रुपियाँ कसले भजाउने –
यसैमा मारामार थियो ।

 

हामी आआफ्नै टुक्रामा खुशी भयौँ
किनकि च्यातिएकै सही
रुपियाँको टुक्रो अब आफ्नै गोजीमा छ ।
अरुले मूर्ख भनेर के फरक पर्छ
हामीले यसमै खुशी देख्यौ ।

 

र, आआफ्नै बाटो समात्यौँ 
यही हाे अग्रगमन भन्दै
नोटको अर्को टुक्रो बोक्नेलाई
प्रतिगामी करार गदैँ !
Facebook Comments