परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

त्यस बखतको पत्रकारिता

सन्दर्भ : मणिराज उपाध्याय पाँचौं स्मृति

बार्षिक पात्रोमा पुस २७ गते म र मेरो परिवारका लागि विशेष दिन । दैनिक समाजका सम्पादक मेरा पिताजी मणिराज उपाध्यायको स्मृति दिवस । हिजोअस्ति जस्तो लागे पनि समयचक्रले पाँचवटा पात्रो फेरि सकेछ, उहाँ बित्नुभएको । पिताजी र मबीच पिता र पुत्रको मात्र नभइ अरु थप सम्बन्ध पनि थिए । पेशागत रुपमा उहाँ दैनिक समाजको सम्पादक-प्रकाशक र म व्यवस्थापक । आज उहाँ भौतिक रुपमा मेरा साथ नरहे पनि उहाँले सुनाउनु भएका धेरै सुमधुर स्मरणहरु मेरा मनमा ताजै छन् । आज म पिताजीमा श्रद्धा सुमन अर्पण गर्न आजभन्दा साठी वर्ष पहिलेको सम्झदै गर्व लाग्ने पत्रकारिता सम्बन्धी एउटा प्रसङ्ग तपाईलाई सुनाउने जमर्को गर्दैछु ।

भारतीय पक्षलाई नेपालको तठस्त परराष्ट्र नीति मन परेको थिएन । उनीहरु मौका मौकामा नेपालप्रति विष बमन गरिनै रहेका थिए । चीनले सगरमाथा दावी गर्‍यो भनी नेपाललाई भड्काउन भारतीयहरु प्रयासरत थिए । पत्रकार सम्मेलनमा यसबारे भारतीय मिडियाका प्रतिनिधिहरुले प्रश्न गरे। चीनका प्रधानमन्त्री चाउएनले स्पष्ट शव्दमा जवाफ दिए- ‘नक्सा अनुसार नेपाल तर्फको चुचुरो पानी ढलो अनुसार नेपालको सगरमाथा हो भने चीनतिरको चुचुरो पानीढलो अनुसार चीनको चोमोलोङ्गमा हो।’ त्यस पछि पनि अनेकौं तरिकाले घुमाएर पत्रकार सम्मेलनमा त्यही प्रश्न मात्र दोहोरिन थाल्यो ।

घटनाबाटै कुरा शुरु गरौं । प्रधानमन्त्रीका हैसियतले नेपालको प्रतिनिधित्व गरी चीनको राजकीय भ्रमण गर्ने पहिलो प्रधानमन्त्री टंक प्रसाद आचार्य हुनुहुन्थ्यो । उहाँले २०१३ साल असोजमा चीनको भ्रमण गर्नुभयो । उहाँकै निम्तोमा २०१३ साल माघ १६ गते चीनका प्रधानमन्त्री चाउएन लाई र उपप्रधानमन्त्री मार्शल होलुङ्गले पहिलो पटक नेपालको चार दिने भ्रमण गर्नु भएको थियो । चीनका प्रधानमन्त्री चाउ एनको आतिथ्यको व्यवस्था सितल निवास (हालको राट्रपति भवन) मा मिलाइएको थियो । भ्रमणको अन्तिम दिन विहान दुवै देशका प्रधानमन्त्रीले पत्रकार सम्मेलन गर्नुभएको थियो । दुवै देशका प्रधानमन्त्रीले सिंहदरवार स्टेट हलमा संयुक्त वक्तत्वमा हस्ताक्षर गर्दै पञ्चशीलका आधारमा सम्पन्न सन्धीले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाएको, दुवै देशको विकासलाई फाइदा गरेको भन्दै यस्तै किसिमको पारस्पारिक आदान प्रदानले भविश्यमा अझ फाइदा पुग्ने विश्वास व्यक्त गरेका थिए।

सम्बत् २०१५ सालको आम निर्वाचन पछि नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला २०१६ सालमा चीन भ्रमणमा जानुभयो । उहाँको निमन्त्रणामा चीनका प्रधानमन्त्री चाउ एनलाई दोस्रो पटक नेपालको तीन दिने भ्रमणमा २०१७ साल वैशाख १४ गते आउने कार्यक्रम तय भयो।

नेपालका प्रधानमन्त्री कोइरालाले चीनबाट फर्कदाँ २०१६ साल चैत १५ गते काठमाडौं विमान स्थलमा चीन भ्रमणबारे पत्रकारहरुको प्रश्नको जवाफ “आफ्नो यात्रा सुखद रह्यो र म घर आईपुगेको छु” भन्नु हुँदै हिजोमात्र कलकत्तामा पत्रकार सम्मेलन गरेर आएको हुनाले नयाँ कुरा केही भन्नु छैन, म चाडै नै तपाईहरुलाई भेट्छु भन्नुभयो ।

नेपाल फर्कने क्रममा कलकत्तामा उहाँले दिनु भएको वक्तव्यमा चीनले नेपालको परम्परागत सीमालाई मान्यता दिएको कुरा बताउनु भएको थियो । त्यसताका विश्वको सबभन्द्या अल्गो चुचुरो माउन्ट एभरेष्ट (सगरमाथा) लाई लिएर विश्व प्रेस जगत मै एउटा चर्चा शुरु भएको थियो । माउण्ट एभरेष्ट चड्नेहरु नेपालको इजाजत लिएर जाने गरेका र तेन्जिङ शेर्पाले शिखर चुमेको कुरालाई लिएर विश्वभर हल्लीखल्ली नै थियो । यस्तैमा विश्वका केही प्रेसले एभरेष्टमाथि चीनले आफ्नो दावी प्रस्तुत गर्‍यो भनी समाचार छापेपछि यो प्रसङ्गले विश्व तरङ्गित भएको थियो ।

चीन भ्रमणबाट फर्केको एक हप्तापछि चैत २३ गते प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाले आफनो निवासमा प्रेस सम्मेलन गर्दै जानकारी पुनः दिनुभयो- चीनले सगरमाथा आफ्नो भन्छ । यसै कारण पनि चिनीया प्रधानमन्त्री चाउएनको दोस्रो नेपाल भ्रमणका बेला अन्तरराष्ट्रिय पत्रकारहरुको काठमाडौंमा ठूलै जमघट भएको थियो ।

भारत भ्रमणताका भारतका प्रधानमन्त्री नेहरु र चीनका प्रधानमन्त्री चाउ एनलाईबीच छ दिन सम्म लगातारको कुराकानी पछि पनि भारत र चीनबीच कुनै सम्झौता हुन सकेको थिएन । चीन र भारतबीच सम्बन्ध बिग्रिएको थियो ।

अन्य आकर्षणहरू

बोलाउँछु फोन गरेर

आन्दोलनको अपिल

माघी

नेपाल हुन्थ्यो कहाँ?

चाउ एनलाईको नेपाल भ्रमणको अन्तिम रात थियो । सिहंदरवार वेलाइती बैठकमा उहाँको पत्रकारहरुसित भेटभाटको कार्यक्रम राखिएको थियो । बेलुकी राजकीय भोजपछि आयोजित पत्रकार सम्मेलनमा विदाइ भोजमा जम्मा भएका मन्त्री तथा सचिवहरु पनि झुरुप्प भेला भएर गफगाफ गरिरहेका थिए ।

भारतीय पक्षलाई नेपालको तठस्त परराष्ट्र नीति मन परेको थिएन । उनीहरु मौका मौकामा नेपालप्रति विष बमन गरिनै रहेका थिए । चीनले सगरमाथा दावी गर्‍यो भनी नेपाललाई भड्काउन भारतीयहरु प्रयासरत थिए । पत्रकार सम्मेलनमा यसबारे भारतीय मिडियाका प्रतिनिधिहरुले प्रश्न गरे । चीनका प्रधानमन्त्री चाउएनले स्पष्ट शव्दमा जवाफ दिए- ‘नक्सा अनुसार नेपाल तर्फको चुचुरो पानी ढलो अनुसार नेपालको सगरमाथा हो भने चीनतिरको चुचुरो पानीढलो अनुसार चीनको चोमोलोङ्गमा हो ।’ त्यस पछि पनि अनेकौं तरिकाले घुमाएर पत्रकार सम्मेलनमा त्यही प्रश्न मात्र दोहोरिन थाल्यो ।

यो नक्साङ्कन कस्ले गरेको र कस्ले सगरमाथा चीनको हो भनी प्रचार भयो, कुन चुचुरोको कुरा गरेको भनी भारतीय पत्रकारहरुले जिकिर गरिरहे पछि दोभाषे मार्फत जवाफ दिइरहेका चाउएनले सोझै ठेट अंग्रेजी भाषामै जवाफ दिन थाल्नुभयो- ‘तिम्रै देश भारतको सरकारले मान्यता दिएको मात्र नभइ भारतको छाप सहित सार्वजनिक रुपमा जारी गरेको नक्सामा देखाइएको चुचुरोको म कुरा गर्दैछु ।’ चाउएनलाईले यस्तो जवाफ दिने वित्तिकै भारतीय पत्रकार, विदेशी संवाद समितिका प्रतिनिधिहरु हाँप र झाप गर्दै दौडिए ।

कारण सञ्चार प्रविधिको अवस्था त्यसबेला दयनीय थियो । पत्रकारहरु समाचार तयार पारिसकेपछि त्यसलाई विदेश पठाउन भारतीय दुतावासमा पुगेर लाइनमा बस्नुपर्दथ्यो । त्यसवेला समाचार पढाउने माध्यम टेलेक्स मात्र थियो, त्यो पनि भारतीय दुतावासमा मात्र । यहाँबाट त्यो समाचार पहिला भारतको बम्बईमा पढाइन्थ्यो र त्यहाँबाट अनेत्र विश्वमा । त्यसैले समाचार पहिला कस्ले पढाउने भन्ने बारेमा समाचार एजेन्सीहरुबीच होड चल्थ्यो । जसले पहिला भारतीय एम्बेसीमा पुगेर समाचार पठाउन सक्यो उसैले बाजी माथ्र्यो ।

चाउ एनलाईको सगरमाथा सम्बन्धी भनाइ पहिला पठाउने होडमा पत्रकारहरु सिंहदरवारको भर्‍याङ हुँदै दौडादौड गरे । रात्री भोज सकेर चाउएनलाईको विदाइ गर्न तल बसेका मन्त्री, सचिव र कर्मचारीहरु पत्रकार दौडिदाको काठको भर्‍याङको गडगडाहट सुनेपछि बार नाघेर खुल्ला चौरतर्फ भागाभाग गरे । पत्रकार दौडिदाको भर्‍याङको आवाजले गर्दा मन्त्री सचिवहरुलाई भुकम्प गएको भन्नठानेर उनीहरु पनि भागाभाग गरेका रहेछन् ।

जमाना त्यस्तो थियो, पत्रकारहरु विना सुविधा पनि जोश र इमान्दारीका साथ कार्य गर्दथे । नेपालमा मिडिया एजेन्सीमा पहिलो पटक २०१८ सालको अन्त्यतिर मन्त्रपरिषद्को निणर्य गराएर तत्कालीन विविसी संवाददाता केदारमान सिंहले टेलेक्स मेसिन राख्ने अनुमति पाउनु भएको थियो । त्यस पछि चिनिया समाचार एजेन्सी सिन्ह्वा र रसियन समाचार एजेन्सी तासले यो सुविधा प्रयोगमा ल्याएका थिए ।

अहिले प्रकाशको गतिमा हिड्ने (इलेक्ट्रोनिक सन्देश) इन्टरनेटको जमानामा पत्रकारले गरेका कार्य हेर्दा पत्रकार हुँ भन्न पनि लज्जा वोध हुन्छ । त्यस बेला समाचार सङ्कलन र प्रवाह गर्न खटिएका पत्रकारका प्रयास र लगनशीलता सम्झिदा भने गज्जवको गर्व महशुस हुन्छ ।

Facebook Comments