परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

भोट दिउँ उल्लुलाई 

व्यक्तिगत लोभ र डरले दिएको भोटले मेरो प्रतिनिधित्व गर्दैन

मैले खसालेको त्यस्तो भोटलाई प्रजातन्त्रले टेर्दैन

मैले त्यस्तो भोट खसाल्न परुन्जेल

लोकतन्त्र होस् कि गणतन्त्र, केही फरक पर्दैन

 

व्यङ्ग्य

चट्याङमास्टर

हिजो कसैले मेरो ढोका ढक्ढक्यायो

खोल्दा घरमा नेता आयो

भैंसी जस्तो शरीर उसको, गलामा फूलको माला

अघिपछि डन उसका कोही भतिजा कोही साला

 

मलाई घरमा एक्लै देखी नेता मुस्कुरायो

मानौँ स्यालले वनमा एक्लो खरायो पायो   ।

मेरो पनि गयो सातो  – यो के दशा आयो ?

राहु ग्रह आकाशको भन्थे, यो त घरमै आयो

 

मैले हात जोड्नुअघि नेताले नै हात जोड्यो

मैले सलाम गर्नुअघि उसैले पो सलाम ठोक्यो

न सुनेको कहिल्यै न देखेको, बिपरित हुँदै आयो

अड्कल काटेँ– कि चुनाव आयो, कि यो बहुलायो ।

 

मैले, पुरानै पाठ कण्ठ थियो, सुनाएँ–

स्वागत छ, सवारी होस्, लौ पाल्नुहोस्

मेरो जे छ यहाँ सबै मनमाफिक तपाइँकै हो,

जे चाहियो अर्पण छ, खुसीसाथ लैजानुहोस् ।

यो सुनेर नेताजीले दुईटा दाँत देखाए

त्यो देखेर सब डनहरूका पूरै बत्तिसी उदाए ।

 

अनि नेता उवाच– के तपाईंलाई थाहा छ ?

मैले डाइरेक्ट लुट्न छोडिदिएँ

इन्डाइरेक्ट यो मोड लिएँ

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

चुनावमा उम्मेदवारी दिएको छु

अहिले म लुट्न होइन, मात्र भोट माग्न आएको छु ।

 

आखिर कुरो एउटै हो,

सोझै लुटे पनि भोट मार्फत् लुटे पनि

नोक्सान त मेरै हो !

 

उनले थपे, – कति लुट्नु गाउँका झुपडीहरू ?

कति भुकाउनु गाउँका कुकुरहरू ?

योभन्दा त इन्डाइरेक्ट देशै लुटेर

टिभीमा पत्रकारहरूबीच देखिन्छु बरु ।

 

नेताको कुरा मलाई राम्रो लाग्यो

आफ्नो सुरक्षाको आस जाग्यो

सोचेँ, यसलाई त जसरी पनि जिताउनै पर्छ

यसलाई गाउँबाट भगाउनै पर्छ

 

ऊ सुहाउँदो चुनाव चिन्ह पनि रहेछ

उल्लु छापमा मत खसाउनै पर्ने भएछ  ।

पूर्वमा उल्लु लक्ष्मीको बाहन,

पश्चिममा उल्लु विद्वान गहन

 

उल्लु राति देख्ने दिउँसो नदेख्ने

३६० डिग्रीमा टाउको चारैतिर घुम्ने

अरुले देखेको ऊ नदेख्ने

उसले देखेको अरु नदेख्ने

 

नेताका लागि भोट माग्न मन लाग्यो मलाई

घरघर ढोकाढोका चहारेँ रोई कराई–

भोट दिउँ यो उल्लुलाई

जिताउँ–जिताउँ हाम्रो उल्लुलाई !

Facebook Comments