परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

मनमोहन अधिकारीसंगको त्यो जम्काभेट

भरखर आइएस्सी सकेको जोस थियो । म २०४६ देखि २०४८ सालसम्म हेटौडाको दुई वर्षे बसाई पछि संखुवासभा घर फर्कने क्रममा थिएँ । अहिले जस्तो यातायातको सुविधा थिएन । रात्रीबस चढेर बिराटनगरसम्म पुगँे । तिनताका पूर्वी पहाडी भेगमा धनकुटासम्म मोटर बाटो थियो । संखुवासभा पूर्वका अरु धेरै पहाडी जिल्ला जस्तै संखुवासभा पनि परम्परागत यातायातमा निर्भर थियो ।  संखुवासभा के मानेमा चाँहि अलि माग्यमानी थियो भने तत्कालीन शाही नेपाल वायुसेवा निगमको विराटनगरबाट तुम्लिीङ्गटार हप्तामा तीन चार दिन उडान हुन्थ्यो । निजी हवाइजहाज कम्पनी नेपालमा शुरु हुने कल्पनासम्म पनि कसैले गर्दैनथ्ये।

घर जान त पाइने भयो, त्यसै दङ्ग थिएँ । तर मलाई अब एउटा धोको वा डाहा थियो। त्यो अधिकारी एमएम नामधारी प्राणी को हो भन्ने। विमानस्थलमा मेरो ध्यान उहाँकै खोजिमा थियो । प्रायः सबै यात्रुहरु आए तर एमएम अधिाकारी त अझै आउनु भएन । अन्ततः फुलेका फ्रेन्च कट दारीवाला एक जना अग्ला मान्छे खैरो सफारी सुट र कालो भादगाउँले टोपीमा देखा पर्नुभयो । पुरानो राजदुत मोटरसाइकलमा कसैले ढोकैनेर उहाँलाई छाडेर गयो । कालो चस्मा र हातमा सानो सुटकेस बोकेका ती व्यक्तित्व त आदरणीय श्री मनमोहन अधिकारी पो हुँनुहुँदो रहेछ । विद्यार्थी राजनीतिमा पनि धेरथोर चासो राख्ने भएकाले वामराजनीतिका एक शिखर पुरुष मनमोहन अधिकारीको नाम नसुन्ने कुरै थिएन ।

विद्यार्थी भएर बस्दाका समानको गुण्टा र बाकस सहित पैदल घर फर्किन पनि कठिन थियो । उपाय खोज्न म सोझै तत्कालीन प्रमुख जिल्ला अधिकारीको कार्यालय गएँ। जहाँ हरेक हवाइ उडानमा एउटा वा दुइटा आकस्मिक प्रयोजन र भिआइपीका लागि सरकारी सिट भनेर जगेडा राख्ने चलन थियो । उडान हुनु केही समय अघि ती सिटहरु वितरण गर्ने परिपाटी थियो । मेरो अन्तिम आशा पनि त्यही मात्र थियो । हस्याङ्ग-फस्याङ्ग गर्दै त्यहाँ पुगेर आफ्नो नाम दर्ता गरेँ । सम्बन्धित कर्मचारीले एक र दुई नम्बरमा अरु नै नाम भएकोले मेरो टिकट पाउने सम्भावना अति कम भएको कुरा दर्शाए ।

मैले कसकस्को नाम छ भनी सोधेँ । उनले दुई जनाको नाममा अधिकारी एमएम मास्टर र मास्के डिबी मास्टर भएको बताए । युवा जोश, आइएस्सी पढेर घर फर्किँदै गर्दाको मेरो फुर्ति पनि गज्जवकै थियो । मैले उहाँहरु खै भनेर बखेडा झिकें । मास्के अङ्कल मात्र त्यहाँ देखा पर्नुभयो । तर एमएम अधिकारीको अतोपतो थिएन । मलाई निहुँ पुगी हाल्यो । हिड्दा पनि रुखका बुट्टा नाध्दै हिड्ने उमेरको जोश छँदै थियो । मैले आवाज कडा गर्दै लगे । एउटा सीट जसरी भएपनि मलाई चाहियो । कि त मान्छे उपस्थित गराउनु पर्‍यो । मेरो अर्को पनि तर्क थियो- आफू विधार्थी भएको । मैले विराटनगरमा बस्न खान मनग्य पैसा नभएको जिकिर समेत गरेँ ।

अन्य आकर्षणहरू

नजिकै बसिरहेका दान ब. मास्के अङ्कलले मेरो हर्कत र बाध्यता अनि जायज तर्क ध्यानपूर्वक सुनिरहनु भएको थियो । आफू भोलि जाँदा पनि फरक नपर्ने हुदाँ आफ्नो नाम काटेर मेरो नाम दुई नम्बरमा सार्न अनुमति दिनुभयो । उहाँ विद्यालय निरिक्षकका रुपमा कार्यरत भएको मलाइ थाहा थियो । सायद त्यसैले होला, विद्यार्थीको पिडा बुझ्नुभयो । उहाँको विराटनगरमा घर पनि थियो क्यारे । उहाँले हाम्रा आपा (वुवा) लाई पनि राम्ररी चिन्नुहुँदो रहेछ । म हर्षविभोर भएँ । मास्के अङ्कललाई धन्यवाद दिएँ । टिकट पक्का भएको निस्सा समातेर हतारिदै म बिराटनगर विमानस्थलतर्फ हानिएँ ।

घर जान त पाइने भयो, त्यसै दङ्ग थिएँ । तर मलाई अब एउटा धोको वा डाहा थियो । त्यो अधिकारी एमएम नामधारी प्राणी को हो भन्ने । विमानस्थलमा मेरो ध्यान उहाँकै खोजिमा थियो । प्रायः सबै यात्रुहरु आए तर एमएम अधिाकारी त अझै आउनु भएन । अन्ततः फुलेका फ्रेन्च कट दारीवाला एक जना अग्ला मान्छे खैरो सफारी सुट र कालो भादगाउँले टोपीमा देखा पर्नुभयो । पुरानो राजदुत मोटरसाइकलमा कसैले ढोकैनेर उहाँलाई छाडेर गयो । कालो चस्मा र हातमा सानो सुटकेस बोकेका ती व्यक्तित्व त आदरणीय श्री मनमोहन अधिकारी पो हुँनुहुँदो रहेछ । विद्यार्थी राजनीतिमा पनि धेरथोर चासो राख्ने भएकाले वामराजनीतिका एक शिखर पुरुष मनमोहन अधिकारीको नाम नसुन्ने कुरै थिएन । उहाँ कुनै विशेषः कार्यक्रममा मेरै गृह जिल्ला संखुवासभा जान लाग्नु भएको रहेछ । यो कुराको मलाई पत्तो सुँइको थिएन । त्यसको केही वर्षमै उहाँ नेपालका ३१ औं प्रधानमन्त्री समेत हुनुभयो ।

हामी एउटै विमानमा आमने सामने बसेर उड्यौ । करिब २०-२२ मिनेटको यात्रापछि विमान तुम्लिङ्गटारमा अवतरण भयो । ढोका नखुल्दै बाहिरतिर हेरेँ । जनसागर उहाँको स्वागतमा लामबद्ध रहेछन् । जिल्लाका बरिष्ठ सरकारी कर्मचारीहरु, प्रहरी, प्रशासक, नेतागण र सर्वसाधारणको भीडमा मेरा बुवा, आपन्तजन र साथीसङ्गीहरु फूलमाला सहित उभिएका थिए । संखुवासभाबासीले उहाँको बाजागाजा सहित भब्य स्वागत गरे । म पनि विमानबाट उहाँको पछि पछि निस्केँ । मलाई कताकता लाज लागे जस्तो भयो । विहान विराटनगरमा टिकट लिन गरेको हर्कत सम्झेर कताकता पश्चाताप पनि भयो । तर त्यही हर्कतले गर्दा २०-२२ मिनेट नै सही म मनमोहन अधिकारीको समिपमा बस्न पाएँ, त्यो पनि आकाशमा । बोल्नेको पिठो बिक्ने हाम्रो देशमा बोल्दा म घर आउन त पाएँ पाएँ, नेता मनमोहनको सामिप्य पनि पाएँ ।

दूर्भाग्य, आजका नेता र उसवेलाका नेतामा आकास पाताल फरक छ । अहिले स्थानयीय पालिकामै आलिसान अफिस र सवारी साधन छन् । उहाँलाई आदर्श मान्नेहरुले उहाँले चढेको त्यो मोटरसाइकल र जीवनशैली सिके हुन्थ्यो । तर आज लगनका बेलामा हगन भएको छ । संसारमा कोरोनाको नयाँ नयाँ भेराइटी आउँदैछ । यस्तो बेलामा हाम्रा नेताहरु पार्टी फुटाउने, बैठक बस्ने र कारबाही गर्ने अनि देशभर प्रदर्शन गर्ने जात्रामा जुटेका छन् । यही भिडका कारण महामारी फैलिएर भोलि मानिसहरु भकाभक मर्न थाले भने त्यसको जिम्मा यिनीहरुले लिनु पर्छ कि पर्दैन भन्ने प्रश्न उठिरहेछ । नेता सादगी र जिम्मेवार भएनन भने के के हुँदोरहेछ भन्ने कुराले नेता मनमोहनको स्मरण गरायो । शायद अहिलेका मासिनका लागि नेता सादगी हुन्थ्ये भन्ने कुरा दन्त्यकथा जस्तो लाग्न सक्छ । हिजोआजका नेताका हर्कत हेर्दा मनमोहन जस्ता सरल नेताप्रति मेरो श्रद्धा अझ बढ्दै गएको छ ।

Facebook Comments